×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

laxmi sunrise bank

पक्राउ परेका चुडामणि शर्माबारे पत्याउन गाह्रो ७ तथ्य: ‘रिमोट कन्ट्रोल घरदेखि पैसा राख्ने ठाउँको खोजीसम्म’

काठमाडौँ – गैरकानुनी रुपमा अकुत सम्पति कमाएको अभियोगमा पक्राउ परेका चुडामणि शर्मा पक्राउ भएसंगै उनकाबारे विभिन्न किस्साहरु बाहिरिएका छन् । उनलाई नजिकबाट चिन्नेहरुसँग कुराकानी गर्दा यस्ता केहि तथ्यहरु पनि सुनिन्छन् वा भेटिन्छन्, जुन औसत नेपालीलाइ पत्याउन गाह्रो हुन सक्छ । हेरौं उनी निकट एक उच्च अधिकारीले बताएका शर्माबारेका केहि किस्साहरु :
१. उनको बुढानिलकण्ठमा यस्तो घर छ, जहाँ कोठाहरुमा समेत नेपालमा विरलैमात्र प्रयोग भएका प्रविधिहरु जडित छन् । पुरै घर रिमोट कन्ट्रोलबाट चल्ने खालको छ । घरमा रहेका किचेनदेखि बाथरुम नेपालमा कतै नभएकाजस्ता छन् । विभिन्न देशहरुबाट ल्याईएका महंगा सामानले उनको घर सजिएको छ ।
२. उनले सम्पत्ति विवरणमा २३ करोड रुपैयाँको पुस्तक बेचेको उल्लेख गरेका छन् । कतिपय लोकसेवा तयारी गराउने कक्षाहरुले उनको नाम विकाउने भन्दै थोरै रकमका पुस्तकका लागिपनि करोडौ रुपैयाँ खर्च गर्ने गरेका छन् ।
३.खरदारबाट उनले सरकारी सेवा प्रवेश गरेका थिए । खरदार हुँदानै भ्रष्टाचार प्रकरणमा परेर उनलाई जागिरबाट बर्खास्त गरिएको थियो । पछी पुन: लोकसेवा लडेर उनले सरकारी जागिरमा प्रवेश गरेका थिए ।
४.उनी यतिसम्म बाठा छन् कि, उनले कमाएका सबैपैसालाइ ‘ह्वाइट’ बनाइसकेका छन् । उनीसँग कालोधनका रुपमा केहि छैन । सबै धन सेतो बनाइसकेका छन् । त्यसैले उनी कारवाहीमा पर्न सक्ने सम्भावना निकै कम छ ।
५. उनी निकै महंगा व्यक्ति हुन् । कुनै काम मिलाएको त परे जावस उनलाई भेट्ने अवसर मिलाइदिनेले समेत ३ लाख देखि ५ लाख सम्म लिने गरेका छन् । यो प्रकरणमा नेपालका एक सिएको नाम मुछिएको छ । यसकाबारे पनि अनुसन्धान भइरहेको बुझिएको छ ।
६. अर्थमन्त्रीका उनी निकै प्यारा व्यक्ति हुन् । ४ अर्थमन्त्री फेरिंदापनि उनको हेरफेर भएन । यसको कारण भनेको उनले सबैजसो मन्त्रीलाई आफ्नो बसमा पारेका छन् । उनले अर्थमन्त्रीलाई हरेकपटक मोटो रकम बुझाउने गरेका छन् र आफ्नो पदमा बस्ने गरेका छन् ।
७. पटक पटक आफ्ना साथीहरुलाई उनले पैसा कहाँ राख्ने होला भनेर सल्लाह माग्ने गरेका छन् । अख्तियारले भेट्टाउन नसक्ने अरवौं रुपैयाँ उनले लुकाईसकेका छन्।                      
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: