×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

laxmi sunrise bank

‘खरदार हुँदा घुस खाएपछि जागिर चट् भएको थियो चुडामणिको ! त्यसपछि पुन: यसरी लोकसेवामा प्रवेश गरे…

  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौँ – अकुत सम्पत्ति कमाएको अभियोगमा अनुसन्धानका लागि भन्दै पक्राउ परेका आन्तरिक राजश्व विभागका महानिर्देशक चुडामणि शर्माका बारेमा विभिन्न किस्स्साहरु बाहिर आइरहेका बेला उनको सरकारी जागिर प्रवेशको कुराले पनि यतिबेला चर्चा पाएको छ । उनी निकटका केहि पात्रहरु अहिले धेरैका अगाडी खुल्न थालेका छन् । यसैबीच उनका निकै नजिकका मानिएका एक सरकारी उच्च अधिकारीले उनी पहिला खरदार हुँदा घुस खाएको प्रमाणित भएपछि जागिरबाट निकालिएको र पुन: लोकसेवा लडेर सरकारी जागिर प्रवेश गरेको तथ्यको खुलासा गरेका छन् ।
‘पहिला शर्माले खरदार भएर काम गर्थे । त्यतिबेला उनले घुस खाएको प्रमाणित भयो । र सरकारी जागिर खान नमिल्ने गरी भन्दै उनलाई बर्खास्त गरिएको थियो । तर उनले पुन: लोकसेवा पास गरेको खण्डमा भने छुट दिने भन्ने कुरा थियो । फेरी पढेर के जागिर खालान् र भन्ने धेरैको अनुमान थियो ।’ उनले भने, ‘तर शर्माले पुन: बढेरै जागिर खाए । सबैलाई रिझाउँन सक्ने उनले छिट्टै धेरै पैसा कमाए ।’
‘अहिलेपनि नेपाल सरकारले भेट्टाउनै नसक्ने गरी उनले आफ्नो पैसा ‘सेफ्ल्याण्ड’ गरिसकेका छन् । केहि दिनमै उनी फूल माला लगाएर घर फर्कनेछन् ।’ उनले भने ।
यो पनि पढ्नुहोस् :
Hamro Parto AD
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: