×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

laxmi sunrise bank

‘दलाल’ भए सीईओहरु : डिपोजिट लिन यो हदसम्मको बार्गेनिङ, कमिसनमात्र होइन, जिन्सी उपहारसमेत गरिन्छ अफर !

  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौँ – बैंकिङ क्षेत्रमा भएको तरलता अभावसँगै बैंकहरुमा गलत अभ्यास सुरु भएको छ । घुस दिएर होस् वा केहि प्रतिशत कमिसन दिएर डिपोजिट ल्याउने त पूरानै चलन हो । अहिले नेपाली बैंकिङ क्षेत्रमा जिन्सी उपहारको चलनपनि ह्वात्तै बढेको छ । मोटो रकम डिपोजिट ल्याउनेलाई महंगा घडी, ब्रान्डेड रक्सी र कहिले डिपोजिट ल्याउनेका श्रीमतीलाई गर-गहनासमेत उपहार दिने गरेको पाइएको छ । यस्तो चलन सामान्य बिकास बैंकदेखि चलेका वाणिज्य बैंकहरुसम्म छन् । आफुलाई कर्पोरेट अनुसाशनको राजा मान्नेदेखि बैंकिङ क्षेत्रमा पांच तारे बैंक भनेर चिनिने बैंकहरुमा समेत यस्तो चलनले तीब्रता पाउन थालेको छ ।
डिल गर्न सीईओनै आफैं जान्छन् !
बैंकिङ अनुशासनहिनताले यति सीमा नाघेको छ कि, यसरी डिपोजिट तान्नका लागि डिपोजिटकर्तालाई घुस दिन समेत कतिपय सीईओहरु आफैं जाने गरेका छन् । कतिपयले बैंकमानै आएर ‘डिल’ गर्ने गरेका छन् भने कतिपयले विभिन्न पाँच तारे होटलहरुमा यस्तो ‘डिल’ गर्ने गरेका छन् । यो अराजकताले यति सीमा नाघेको छ कि आजकल घुसबिना कुनैपनि ठूला डिपोजिटकर्ताले डिपोजिट त राख्दैनन् नै, कतिपयले त लाज नै पचाएर जिन्सी कमिसनको समेत बार्गेनिङ गर्ने गरेका छन् । ‘केहि साथीहरुले त खुलेरै जिन्सी उपहार के छ ? भनेरपनि ठट्टा गरेको शैलीमा अफ्ट्यारो पार्छन् ।’ एक वाणिज्य बैंकका सीईओ भन्छन्, ‘साथीहरुले बजार नमज्जासँग विगारे । के गर्नु अहिले त घुस दिनुपनि वाध्यता भएको छ ।’ उनका अनुसार यस्तो कुरामा बैंकहरुको नियामक संस्था नेपाल राष्ट्र बैंकले समेत नियमन गर्न सकेको छैन र यो तत्काल यो नियमन हुन सक्ने स्थितिपनि होइन ।
काठमाडौँमा मुख्य कार्यालय भएको अर्को एक विकास बैंकमा सीईओ भन्छन्, ‘घुस माग्नेभन्दापनि दिने बदमास हुन् । दिनेले दिएपछी लिनेले लिईहाल्छ नि ! सबैले दिन छाडे कसले माग्थ्यो र ? यहाँ त कसले बढी कमिसन दिने र कसले बढी घुस दिने भन्ने प्रतिष्पर्धा चल्ने गरेको छ।’ उनका अनुसार बैंकिङ क्षेत्रमा मौलाएको यस्तो गलत प्रवृतिको सिकार भने ऋणीहरु हुनेछन् । ‘टोटल कष्ट’ मा डिपोजिटकर्तालाई दिने घुसकोपनि हिसाव हुन्छ । यसको सीधा असर ब्याजदरमा पर्छ । ‘बैंकहरुमा अराजकता बढेकै हो । यसलाई अंकुस लगाउन सम्भवपनि अहिलेको स्थितिमा छैन । स्थिति साँच्चै नसोचेक बिग्रिएको छ । ‘
सीईओहरुको यस्तोसम्म ठट्टा !
हामीले यस विषयमा कुराकानी गर्न एक वाणिज्य बैंकका सीईओलाई फोन गर्दा केहि बेर रमाइलोनै भयो । हामीले, ‘सर हिजोआज त डिपोजिट लिन त घुसमात्र होइन घडी- रक्सीपनि दिनुपर्छ रे हो ?’ भन्ने प्रश्न दर्दा उनले केहि आक्रामक हुँदै भने, ‘कसले भन्यो तपाईंलाई यस्तो हावा कुरा ? पत्रकार भएपछि जे मन लाग्छ भन्ने ? रिसर्च नगर्ने ? आधा-आधी कुरा मात्र गर्ने ? घडी र रक्सी दिएर कसले डिपोजिट दिन्छ ? डिपोजिट लिन त तीनका बुढीलाई गहनापनि दिनुपर्या छ ! (लामो हाँसो) … 
केहि बेरको ठट्टापछि केहि भावुक हुँदै उनी अगाडी भन्छन्, ‘पहिला पहिला त टाई लगाएका गुण्डामात्र भन्थे, अहिले त दलाल नै भईयो । बरु गुण्डा हुँदानै इज्जत थियो ।’ उनका अनुसार केहि घराना वर्गले चलाएको बैंकले यस्तो गलत चलन चलाउँदा अरु बैंकहरुपनि मर्कामा परेका छन् । ‘हाम्रो त कुरै छाडौं, साना विकास बैंकको हालत के होला ?
Hamro Parto AD
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: