×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

PRIME CA
laxmi sunrise bank

डिस्कोमा दिनहुँ झगडा, बाउनसरबाटै कुटिन्छन् ग्राहक !

काठमाडौं । नियमन गर्ने निकायको कमजोरीको कारण राजधानीको डिस्को थेकमा दिनहुँ जसो झगडा हुँदै आएको छ । सुरक्षाको लागी राखिएका बाउन्ंसरले नै रक्सीले मातिएका ग्राहकलाई मरणासन्न हुने गरी कुटपिट गर्दै आएका छन् । प्रहरीका हाकिम नै कुटिदै आएका यस्ता डिस्को थेकमा सामान्य बिबादमै ग्राहकलाई कुटपिट गर्ने गरेको स्रोतको दाबी छ । प्राय डिस्कोमा राखिएका युवती र बिलका कारण बाउन्सरहरुले ग्राहकलाई कुट्ने गर्छन ।
गत मंगलवार श्रीलंकामा क्यासिनो सञ्चालन गर्दै आएका बाबा भन्ने ज्ञानेन्द्रबहादुर श्रेष्ठलाई दरबारमार्गस्थित डेबाजु डिस्कोमा बिलको कारण बाउन्सरले कुटपिट गरेका थिए । खाएको भन्दा तिन गुणा बढी बिल वेटरले ल्याएपछि बिबाद सुरु भएको थियो । त्यहि बिलका कारणा बाबाको मुख फुट्ने गरी डिस्को सञ्चालकको आदेशमा बाउन्सरले कुटपिट गरेका थिए । गुण्डाका ट्याक र हतियार कारोबारीको आरोप लागेका राम गिरी लगाएत एक दर्जनको समुहले उक्त डिस्को ५ महिना अघि मात्र सञ्चालनमा ल्याएका हुन । राजधानीका गुण्डा नाईके दावा लामामाथी गोली प्रहारको आरोप लागेपछि गिरी भने अण्डरग्राउण्ड छन् । 
आफ्ना केही बिदेशी साथी लिएर डिस्को पुगेका बाबा बेइज्जत हुने डरले कुटाइ खाएपछि बिल तिरेर निस्केका थिए । बाबाले श्रीलंका मात्र नभए बंगालादेश र हाल लैनचैरस्थित मल्ल होटलमा होटलसहितको क्यासिनो सञ्चालनमा ल्याउदै छन् । क्यासिनो क्षेत्रमा उनि जमेका व्यापारीका रुपमा चिनिन्छन् ।
त्यस्तै, गत साता सिद्धिबहादुर गुरुङले सञ्चालनमा ल्याएको आलिसान गजलमा रक्सिले मातिएका युवाबीच झगडा हुदा स्टेजमा नाचिरहेका दुई युवती घाईते भएका थिए । बोतल र रक्सीको गिलासले झटारो हान्दा ति युवतीको टाउको काटेको थियो । तर घटना भने गुपचुप राख्ने प्रयास भयो । घटना हुदा दरबारमार्ग बृत्तका घुमुवा प्रहरी गजलमै रक्सि र हुक्काको तालमा थिए । सो गजलमा यस अघि डिएसपी राजकुमार सिलवालको समेत टाउको फुटेको थियो । गत साता नै दरबारमार्गस्थित भिक्ट्री डिस्कोमा दुई युवतीलाई बाउन्सरले कुटपिट गरेका छन् । सो घटना समेत सञ्चालक र प्रहरीको मिलोमतोमा गुपचुच राख्ने काम भयो । ठमेलमा सञ्चालन हुँदै आएका ओएमजी, फेसेज फायर जस्ता डिस्को थेकमा दिनहुँ जसो झगडा र लफडा हुने गरेको छ । तर पनि प्रहरीले यस्ता घटनालाई समान्य रुपमा लिदै आएको छ । जसको कारण डिस्को थेककमा कुनै दिन जघन्य अपराधका घटना नहोला भन्न सकिन्न । एक दशक अगाडी युवतीकै कारण डन राजु गोर्खालीले सुनधारास्थित बेबीलोन डिस्कोका सञ्चालकलाई खुकुरी प्रहार गरी हत्या गरेका थिए । 
उता सरकारले अझै डिस्को थेक र रात्रिकालिन व्यावसायीलाई व्यवस्थित गर्न सकेको छैन । डिस्को र डान्सबारका सञ्चालकहरुले साउण्ड प्रुफ गर्नुपर्ने भएपनि यसको अझै कार्यान्वयन हुन सकेको छैन । 
डिस्को सञ्चालकले साउण्ड प्रुफ, सिसिटिभी जडान र शुरक्षा गार्डको व्यवस्था गर्नुपर्ने भए पनि कैयन डिस्कोमा अहिलेसम्म साउण्ड प्रुफ र सिसिटिभी जडान भएको पाईदैन । रातको १२ बजेसम्म खुल्ला राख्ने नियम भएपनि प्रहरीको सेटिङमा बिहानको ५ बजेसम्म डिस्को र गजल सञ्चालन हुदै आएका छन् । जनप्रहार साप्ताहिकमा खबर छ । 
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: