×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

laxmi sunrise bank

सिभिलका नयाँ सीईओको ‘किस्सा’, मेगाले दिएको गाडीमा र्याल चुहाउँदा प्रहरीमा यस्तो उजुरी !

सिभिल बैंकका नवनियुक्त प्रमुख कार्यकारी अधिकृत गोविन्द गुरुङ विवाद नै विवादमा मुछिएको व्यक्ति भएकोखुलेको छ । विभिन्न बैंकमा काम गर्ने दौरानमा धेरैपटक विवादमा तानिएका कारण गुरुङको आचरणमा समेत समस्या देखिएको छ । सिभिल बैंकमा प्रवेश गर्नुअघि गुरुङ मेगा बैंकमा डेपुटी जनरल म्यानेजरको रुपमा कार्यरत रहेका थिए । उक्त पदमा कार्यरत रहँदा मेगाले गुरुङलाई कार्यालय प्रयोजनकालागि गाडीसमेतकोसुविधा दिएको थियो । त्यहाँ केही समय काम गरेपछि गुरुङ मेगा बैंक छाडेर सिभिल बैंकमा आए । तर उक्त समय गुरुङले मेगा बैंकले आफूलाई कार्यालय प्रयोजनका लागि दिएको गाडी पनि सँगै लिएर आए । उक्त गाडी फिर्ता गर्न मेगाले गुरुङलाई धेरै नै ताकेता गर्यो । तर गुरुङले गाडी फिर्ता गरेनन् । 
गाडी फिर्ता गर्न दबाब दिँदै मेगाले गुरुङविरुद्ध गाडी फिर्ता गराइपाऊँ भन्दैप्रहरीसमक्ष उजुरी गर्यो । उक्त उजुरीपश्चात मात्र गुरुङले गाडी फिर्ता गरे । मेगामा काम गर्नुअघि भने गुरुङ ग्लोबल आईएमई बैंकमा काम गरेका थिए । त्यहाँ कार्यरत रहँदा पनि गुरुङले बदमासी गरेका थिए । त्यतिखेर ग्लोबलमा रत्नराज बज्राचार्य प्रमुख कार्यकारी अधिकृतको पदमा रहेका थिए । सोही बदमासीउपर कारबाही गर्नका लागि गठन गरिएको समितिले गुरुङलाई कारबाही गर्न प्रमुख कार्यकारी बज्राचार्यलाई निर्देशन दिएको थियो । सोपश्चात गुरुङ ग्लोबल
छाडेर मेगा बैंकमा आएका थिए । अहिले गुरुङ सिभिल बैंकमा प्रमुख कार्यकारीको रुपमा रहेका छन् । 
आफू सिभिलमा उच्च पदमा रहेको भन्दै गुरुङले मेगा र ग्लोबल आईएमई बैंकबाट समेत विगतमा आफूलाई साथ दिएका र आफ्नो निर्देशन मान्ने कर्मचारीहरुलाई आकर्षक पारिश्रमिक दिने आश्वासन दिँदै तान्न थालेका छन्। सोही विषयमा कुरा गर्दा मेगा बैंकका मानव संसाधन प्रमुख राजेन्द्र सुवेदीले माथिल्लो लेभलमा कुनै पनि कर्मचारीहरुले बैंक नछाडेको बताए । ‘तल्लो तहका कर्मचारीहरु भने आउने जाने क्रम चलिरहन्छ,’ उनले भने ।
जहाँसम्म मेगा छाडेर सिभिल गएको कुरा छ, आफूलाई यसको बारेमा खासै जानकारी नभएको बताए । गुरुङले मेगामा काम गरेको भए पनि मेगाको उनको पकडमा कुनै पनि कर्मचारी नभएको समेत दाबी गरेका छन् । यता सिभिल बैंक स्रोतले भने गुरुङले पछिल्लो समय बैंकको ठूला र राम्रा शाखाहरुमा आफ्नो विश्वासयोग्य कर्मचारी
पठाउनथालेका छन् । सोही क्रममा उनले पछिल्लो समय विराटनगरमा आफ्नो अनुकूलका कर्मचारीहरु सरुवा गरेको दाबीसमेत स्रोतले गरेको छ । गुरुङको सीईओ नियुक्ति गरेकोलगायतका विषयमा फरक मत राख्दै यसअघि सिभिल बैंकका सेयरधनीहरुले बैंकसमेत घेराउ गरेका थिए । उनीहरुले गोविन्द गुरुङलाई सञ्चालक समितिको प्रमुख कार्यकारी अधिकृतका रुपमा नियुक्त गरेकोमा विमति जनाएको थियो । तर गुरुङमा प्रमुख कार्यकारीमा हुनपर्ने बैंक तथा वित्तीय संस्थासम्बन्धी ज्ञान नै नभएका कारण देखाउँदै सेयरधनीहरुले उनलाई सीईओ नबनाउन माग गर्दै कार्यालयसमेत घेराउ गरेका थिए । आर्थिक दैनिकमा खबर छ । 
यो पनि पढ्नुहोस् : 

Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: