×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

laxmi sunrise bank

जनता बैंकका सीईओले राजीनामा दिनुको कारण यस्तो पो ! दुई बर्षको कार्यकालमा अधिकांस समय विवादमा !

  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौँ – जनता बैंकका सीईओ कुमार लम्सालले पदबाट राजिनामा दिएका छन् । २०७४ साल जेठ २५ गते बिहीबारदेखि लागू हुनेगरी उनले राजीनामा दिएका हुन् । उनले दिएको राजीनामा स्वीकृत भइसकेको छ । उनले जनता बैंकमा करिव एक बर्ष काम गरे । ०७२ जेठ ११ गतेदेखि सीईओका रुपमा जनता बैंक भित्रिएका उनी २०७४ साल जेठ २४ गते बाहिरिएका छन् । २६ वर्ष बैंकिङ क्षेत्रमा अनुभव भएका उनले आफु अम्रिका जाने तयारीमा रहेकोले राजीनामा दिएको बताएका छन् ।

खास कारण यस्तो !
उनले आफु अमेरिका पढ्नका लागि जान लागेको भन्दै राजीनामा दिएका छन् । तर उनलाई नेपाल राष्ट्र बैंकले आफ्नो तलव घटाउन चर्को दवाव दिएपछि तलब घट्दा आफ्नो बेइज्जत हुने भन्दै बैंक छोड्ने निर्णय गरेको जनता बैंकको उच्च स्रोत बताउँछ । सीइओ लम्सालले गत वर्ष तलब र भत्तागरी ६६ लाख, सञ्चय कोषबापत ६ लाख ६० हजार, दशैंभत्ता ५ लाख ५० हजार र अन्य भत्तामा ११ लाख ७ हजार गरी बैंकबाट ८९ लाख १७ हजार रुपैयाँ लिएका थिए । तलव बढी भएको भन्दै नेपाल राष्ट्र बैंकले तलव घटाउन चर्को दवाव दिएपछी उनले राजीनामा दिएका हुन् । 

कार्यकाल भर अनेकथरी विवाद !
सीइओ लम्साल २ बर्षको कार्यकालभरी विवादमा तानिएका थिए । बैंकले प्रवाह गरेको खराव कर्जाका कारण होस् वा विभिन्न बैंकसँग मर्जर तोडिएपछी होस्, उनी प्राय विवादमा नै रहीरहे । लामो समय बैकिङ क्षेत्रमा कम गरेको भएपनि जनता बैंकमा आएर भने उनी असक्षम देखिएको जानकारहरु बताउँछन् । हेर्दा सोझो देखिएपनि निकै ‘मुडी’ स्वभावका उनी विभिन्न कारणले बैंकभित्रै विवाडित थिए ।
Hamro Parto AD
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: