×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

laxmi sunrise bank

अमृतचरणको आगमनपछी कैलाशमा असन्तुष्टीको ‘आगो’, आधा दर्जन बढी कर्मचारीले बैंक छोडे !

  • अर्थ सरोकार इन्भेष्टिगेसन ब्यूरो 
काठमाडौँ – गत मंगलबारदेखि अमृतचरण श्रेष्ठ कैलाश विकास बैंकको सीइओ बनेर काम थालेपछि बैंकमा बैंकका कर्मचारीले कैलाशको भविष्य अन्धकारमय भएको भन्दै बैंक छाड्न थालेका छन् । नेपाली बैंकिङ क्षेत्रमा बदनाम पात्रलाई बैंकको नेतृत्व दिएर सेयरहोल्डरहरुलाई धोका भएको र आफ्नो भविष्यपनि बैंकमा राम्रो नभएको भन्दै आधा दर्जन बढीले बैंक छाडेका हुन् ।

बैंकको एक साखामा ब्रान्च मेनेजर पदबाट राजीनामा दिएर अर्को एक बैंकमा गएका कैलाशका एक पूर्व कर्मचारी भन्छन्, ‘कैलाशमा सबैकुरा राम्रो थियो । तर संचालक समितिले बैंकिङ क्षेत्रमा निकै नै विवादमा तानिएका पात्रलाई बैंकको नेतृत्व दिने भएपछि हामी धेरैले अरु बैंकको विकल्प खोज्यौं । विकल्प पाउनेहरु हामीले बैंक छोड्यौं र कहिले छोड्ने तरखर गर्दैहुनुहुन्छ ।’ उनका अनुसार कर्मचारीलाई गर्ने व्यवहारदेखि बिगतमा एनसीसीमा श्रेष्ठले गरेको घोटालाबाट श्रेष्ठ निकै बदनाम भएकाले कुनैपनि बेला बैंकमा जुनसुकै खाले दुर्घटना हुने भन्दै कर्मचारीहरुले बैंक छाड्ने निर्णय गरेका हुन् ।

‘बैंक छाडेका केहि अरु नै बिकास बैंकमा जानु भएको छ भने केहि कर्मचारी पदमा ‘कम्प्रमाइज’ नै गरेर भएपनि अरु बैंकमा छिर्ने रस्साकस्सीमा छन् ।’ उनी अगाडी भन्छन्, ‘ केहि साथीहरुले बैंक छाड्ने निर्णय गर्दा अन्य ठाउँमा गएर के गर्नुहुन्छ ? फलानो बैंक राम्रो छैन’ भन्दै उनले भड्काउने प्रयास समेत गरेका थिए । तर को कति पानीमाथि छ भन्ने कुरा सबैले बुझेका छन् । अमृतचरण श्रेष्ठ आउनु भनेको बैंक २५ प्रतिशत डुबीसकेको हो । अव ७५ % डुबेको खबर सुन्नु नपरोस्, यति कामना गरौँ ।’  


किन रुष्ट भए कर्मचारी ?
अमृतचरण श्रेष्ठ कैलाशको सीइओ हुन लायक पात्र होइनन भन्ने अधिकांस कर्मचारीको बुझाइ छ । कैलाश बिकास बैंकका एक उपल्लो तहका कर्मचारी भन्छन्, ‘अमृतचरण श्रेष्ठ मनलाग्दी गर्ने सीइओका रुपमा परिचित छन् । त्यसैले उनीसँग काम गर्न हामी कसैलाईपनि ‘कम्फर्टटेबल’ लाग्दैन । अन्य बैंकमा अवसर पाउने साथीहरुले हिंडीसक्नुभयो । हामी विकल्प खोजीरहेका छौँ ।  उनका अनुसार तत्कालीन एनसीसी बैंकको सीइओ हुँदा लाखौँ रुपैयाँ घोटाला गरेको आरोपमा लागेका र पावरकै भरमा कारवाहीबाट जोगिएकालाइ बैंकमा ल्याएर संचालक समितिले ठुलो भूल गरेको छ । ‘अनुभव भनेर मात्र के गर्नु ?’ उनी प्रतिप्रश्न गर्दै अगाडी भन्छन्, ‘कुरा नियतको हो । र हामीले अमृतचरण श्रेष्ठको नियत नै ठिक देखेका छैनौं । बैंकका अधिकांस कर्मचारी अव बैंक डुब्ने भो भन्ने चिन्तामा छन् । कतिपय निक्षेपकर्ताले निक्षेपको चिन्ता लिइरहेका छन् । केहि समयअघि पोखरामा एउटा काण्ड घट्यो । यस्तो बेलामा पुन: गलत मान्छेलाई बैंकको तालाचावी दिएर बैंकको संचालक समितिले ‘ब्लंडर’ गरेको छ ।    


यस्तो छ अमृतचरण श्रेष्ठको कालो इतिहास 

श्रेष्ठ पहिला एनसीसी बैंकका सीइओ थिए । त्यसभन्दा अघि उनी नबिल बैंकका कार्यवाहक सीइओ थिए । नबिलमा कार्यवहाक सीइओ हुँदा उनले एक दाल उद्योगलाई ८ करोड रुपैयाँ ऋण दिएका थिए । तर नबिल बैंकमा नयाँ सीइओ नियुक्त भएको र आफुलाई उक्त कुरा चित्त नबुझेको बहानामा उनले उक्त पदबाट राजीनामा दिए । बदनियत ढंगले कर्जा प्रवाह गरेका उनलाई जसरीपनि ८ करोड ऋण दिंदाको कमिसन पचाउनु थियो र उनले बैंक छाडे । त्यसपछि उनी एनसीसी बैंक गए । तर उनी एनसीसीमा गएपनि उनी नबिल बैंकमा हुँदा उक्त दाल उद्योगलाई दिएको कर्जा विवादमा तानियो । नबिल बैंकले नै श्रेष्ठलाई शंकाको घेरामा राख्दै राष्ट्र बैंक गुहारेपछी श्रेष्ठ फेरि फन्दामा परे । राष्ट्र बैंकको कारवाहीबाट जोगिन उनले उक्त कर्जा एनसीसी बैंकमा सारे। तत्कालका लागि उनी कारवाहीबाट त बचे तर एनसीसी बैंकमा पनि त्यहि कर्जा बिष बन्यो । 
एनसीसी बैंकको सञ्चालक समितिले सीइओलाई ४ करोड रुपैयाँसम्म कर्जा दिन पाउने र बाँकीका लागि सञ्चालक समितिबाट निर्णय गराउनुपर्ने अधिकार तोकिएको भएपनि उक्त निर्णयको बर्खिलाप गर्दै श्रेष्ठले तत्कालीन अध्यक्ष पृथ्वीराज लिगलको सहमति लिएर सो उद्योगलाई ८ करोड रुपैयाँ कर्जा दिन सफल भए । एनसीसी बैंकका सञ्चालकहरुबीच चरम विवादको फाइदा उठाएर उनले आफ्नो स्वार्थ्य पूरा गरे । यो प्रकरण एनसीसीभित्र निकै विवादित बनेपाही कर्जा सञ्चालक समितिबाट उक्त कर्जा अनुमोदन भएन । त्यसपछि श्रेष्ठका खराव दिन सुरु भए । उनी विरुद्ध राष्ट्र बैंकमा उजुरी पर्‍यो भने उक्त काण्डबारे राष्ट्र बैंकले छानविन थाल्यो । छानविन प्रक्रियामा उनले व्यक्तिगत फाइदाका लागि उक्त ऋण दिएको देखियो । कर्जा असुल्न मौका दिएपनि त्यसमा श्रेष्ठ सफल भएनन् र उनीविरुद्ध कारवाहीको प्रक्रिया अगाडी बढ्यो ।


यो पढ्नुहोस् :

Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: