×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

PRIME CA
laxmi sunrise bank

अमृतचरणको आगमनपछि कैलाशलाई झड्कै झड्का, राम्रा कर्मचारीले बैंक छोडे, निक्षेपकर्ता धमाधम पैसा निकाल्दै !

  • अर्थ सरोकार इन्भेष्टिगेसन ब्यूरो 
काठमाडौँ – सबैभन्दा ठुलो कुरा भनेको विश्वास रहेछ । बैंक चलाउनेहरुमाथि नै विश्वास नभएपछी त्यसको परिणाम नराम्रै आउने रहेछ । यस्तै भएको छ कैलाश विकास बैंकमा पनि । एनसीसी बैंकलाई ध्वस्त बनाएको आरोप लागेका अमृतचरण श्रेष्ठ कैलाश बिकास बैंकको सीइओ बनेर काम थालेपछि बैंकको अवस्था नै धरापमा पर्दै गएको सरोकारवालाहरुले विश्लेषण गर्न थालेका छन् । उनी बैंकमा सीईओ भएर आएकै दिनदेखि बैंकका राम्रा कर्मचारीले जागिर छोदेनु र केहि समयपछाडी निक्षेपकर्ताले भकाभक पैसा निकाल्न थालेपछी बैंकको स्थिति धरापमा परेको हो ।

निक्षेपकर्ताले भकाभक पैसा निकाल्न थाले 
यसअघिपनि बैंकको पोखरास्थित साखाबाट लाखौँ रुपैयाँ घोटाला गरेर बैंकका ब्रान्च मेनेजर भागेपछि निक्षेपकर्ता आफ्नो रकमको अवस्था बुझ्न बैंकसम्म नै पुगेका थिए । यतिबेला अमृतचरण श्रेष्ठ बैंकमा सीईओ भएपछि यसअघि बैंकमा घोटाला नै घोटाला गरेका व्यक्ति बैंकमा सीईओ हुँदा आफ्नो निक्षेप जे पनि हुन सक्ने भन्दै उनीहरुले धमाधम निक्षेप निकाल्न लागेका हुन् । बैंकहरुसँग पैसा नभएका बेला वा तरलता अभाव भएका बेला कैलाशलाई आइपरेको यो परिस्थितले कैलाशको आगामी दिनहरु सहज छैनन् भन्ने विश्लेषण गरिएको छ । विशेष गरी साना निक्षेपकर्ताको ठुलो समूहले बैंकबाट आफ्नो रकम निकालिरहेको छ । 
‘पहिला एउटा फटाहाले झन्डै पैसा नै बोकेर भागेको, धन्न बचियो । अहिले फेरी बैंकमा आएको नयाँ सीईओ पहिला नै बैंक डुबाएको मान्छे रहेछ । आफुले रगत पसिना बगाएको पैसा त एक रुपैयाँको पनि माया हुन्छ । बैक यो मात्र छैन । अहिले पैसा निकालें, अव अर्को बैंकमा राख्छु ।’ बैंकबाट पैसा निकालेर फर्केकी एक निक्षेपकर्ताले अर्थ सरोकार डटकमसँग भनिन् । 
राम्रा कर्मचारीले धमाधम बैंक छोडेपछि समस्या नै समस्या ! किन सबैको तगारो बन्दैछन् अमृतचरण ?
यता बैंकका राम्रा कर्मचारीहरुले धमाधम बैंक छोडेपछी बैंकमा अर्को आपत आइपरेको छ । अमृतचरण श्रेष्ठसँग काम गर्न नसकिने भन्दै बैंकका राम्रा कर्मचारीहरुले बैंक छाडेपछि बैंकमा समस्या आइपरेको हो । बैंकको नयाँ सीईओ रहेका अमृतचरण श्रेष्ठ सबैको आँखाको तारो बनेपछि बैंकमा भित्र भित्रै अनेकौं समस्याहरु देखिन थालेका छन् । बैंकभित्र भित्रभित्रै कर्मचारीहरुलेसमेत सीईओका विपक्षमा समेत लविङ   गर्न थालिसकेका छन् ।एनसीसी बैंक डुबाएको दाग मेटाउन नसक्दा अमृतचरण श्रेष्ठलाई एनसीसी प्रकरण ठुलै भारी पर्ने भएको छ ।
अमृतचरण श्रेष्ठसँग अधिकांस व्यक्ति रुष्ट हुनुको पछाडी उनको कालो इतिहास रहेको जानकारहरु बताउँछन् ।एनसीसी र नबिल बैंकमा उनले गरेको गलत कार्य र एनसीसी बैंक डुबाउन लागिपरेपछि नेपाल राष्ट्र बैंकले उनलाई कारवाहीको तयारी गरेको थियो । तर तत्कालीन अवस्थामा सोर्स-फोर्सकै कारण नेपाल राष्ट्र बैंकको कारवाही बाट जोगिएका उनी उनको करियरमा लागेको एनसीसी डुबाएको दाग र नबिलमा घोटाला गरेको दाग निकै महँगो सावित हुने देखिएको छ ।  
यो पढ्नुहोस् :
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: