×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

laxmi sunrise bank

हकप्रद रिनाउन्समा किर्ते काण्ड ! एनबी बैंकमा यस्तो भयो !

दुई वर्षअघि मुक्तिनाथ विकास बैंकको हकप्रद निष्काशनको बेला बिक्री नभएको हकप्रद सेयर किर्ते रुपमा रिनाउन्स गराएर बैंक व्यवस्थापनकै मिलेमतोमा खाएको चर्चाले बजार तातेको थियो । यो घट्नाबारे नेप्से, ब्रोकरहरू र धितोपत्र बोर्डका अधिकारीहरूसमेत जानकारी भए पनि सबै ‘तै चूप मै चूप’ बने । त्यतिबेला गरिएको हकप्रदको रिनाउन्स घोटालामा करिब ७ करोड रुपैयाको घोटाला भएको पुष्टि नै भैसकेको छ ।
अहिले फेरि त्यस्तै घट्ना दोहोरिएको छ र पात्रहरू भने फरक छन् । 
नेपाल बंगलादेश बैंकले निष्काशन गरेको ८० प्रतिशत हकप्रद सेयरमा आवेदन नदिएका व्यक्तिहरूको नाममा नक्कली रिनाउन्स (हकप्रदको हक हस्तान्तरण) पत्र तयार पारेर बैंक व्यवस्थापनका उच्च अधिकारीहरूले घोटाला गरेको चर्चाले बजार गर्माएको छ । यो विषयमा धितोपत्र बोर्डमा समेत गुनासो पुगिसकेको छ, तर उसले कुनै चासो दिएको छैन । 
हकप्रदको हक हस्तान्तरण एउटा जटिल विषय हो । सर्वसाधारणलाई सेयर निष्काशन गरिनुअघि नै यसबारे टुंगो लगाइसक्नुपर्नेछ । तर, अहिले बिक्री प्रबन्धकको काम गर्ने मर्चेन्ट बैंकरहरूले भित्री चाँजो मिलाएर सबै काम गर्ने गरेका छन् । पहिले सेयर निष्काशनको समयमा नै हकप्रदको हक हस्तान्तरणको एउटा फाराम भरे पुग्ने भए पनि नियम परिवर्तन भएर अहिले धितोपत्र बोर्डलाई १ प्रतिशत शुल्क बुझाएर मात्र हकप्रदको हक हस्तान्तरण हुने गर्दछ । यो सबै प्रक्रिया सार्वजनिक निष्काशनको ३ दिनअघि नै हुनुपर्ने व्यवस्था छ । तर, धितोपत्र बोर्डलाई यस्तो भित्रीरुपमा कागज मिलाएर अर्काको हकप्रद खाइदिने धन्दाबारे अहिलेसम्म थाहा नभएको अवस्था छ ।
धितोपत्र बोर्डमा हकप्रदको हक हस्तान्तरणवापत्को कूल रकमको एक प्रतिशत शुल्क बुझाउनुपर्ने नियम भएका
कसले आफ्नो हक कसलाई दिएको भन्ने रेकर्ड त्यहा पुग्छ । तर, बोर्डले सो रेकर्डबारे कुनै चासो दिने गरेको छैन । यसअघि मुक्तिनाथको केसमा भएजस्तै अहिले एनबी बैंकको केसमा पनि त्यस्तै भएको छ । यी दुई बैंकमा अलिक ठूलो हिस्सामा किर्ते काम देखिएकाले मात्र चर्चा भएको हो । तर, केही महिनाअघि कृषि विकास बैंकको करिब ६ लाख कित्ता हकप्रद यस्तै किर्ते कागजातको भरमा अनाधिकृत व्यक्तिहरूले हकप्रद भरेर खाइदिएको विषयमा भने कोही बोलेको छैन । 
कृषि विकास बैंकको करिब २६ लाख कित्ता साधारण सेयर बिक्री नभएर लिलामीमा आउनुपर्नेमा भित्रभित्रै मिलाएर पछि पुग–नपुग १८ लाख कित्ता सेयरमात्र लिलाम गरिएको थियो । यसमा भएको करिब तिसौं करोडको चलखेलबारे धितोपत्र बोर्डले अझै चासो दिएको छैन । धितोपत्र बोर्डमा हकप्रदको हक हस्तान्तरणकोबिवरण जाने भएपछि कसको सेयर कसलाई हस्तान्तरण भएको र उसले कति कित्ता पाएको हो भन्नेबारेमा सार्वजनिक सूचना निष्काशन गर्नु जरुरी छ । कुनै सेयर प्रमणपत्र हराएकोमा सम्बन्धित व्यक्तिलाई नै नक्कल प्रमाणपत्र दिनसमेत पत्रिकामा सचू ना निकाल्नुपर्ने वाहियात नियम भएको मुलुकमा आफ्नो मुकुलमा आफ्नो बाहेक अर्कालाई दिने विषयमा भने सजिलो प्रावधान राखिएको छ । जसले गर्दा मर्चेन्ट बैंक र सम्बन्धित कम्पनी मिलेको खण्डमा जति पनि अर्काको सेयरको हक खाइदिन सकिने अवस्था छ । आफ्नो सेयरको हक आफुले थाहा नपाएको अवस्थामा अरुले भरेर खाइदिएको हुनसक्ने भए पनि उसले कहिल्यै थाहा नपाउने अवस्था रहेका कारण अन्याले छ । धीतोपत्र बोर्ड, राष्ट्र बैंक वा अन्य नियामक निकायकै अधिकारीहरूको नाममा रहेको सेयर र हकपद्र भर्न बिर्सेको अवस्थामा अरुले किर्ते कागजका आधारमा भररे खाइदिएको भए पनि थाहा नहुने अवस्था छ ।
हक हस्तान्तरणको सुविधाको गलत प्रयोग गर्न अरु कसैले सक्दैनन् । बिक्री प्रबन्धक र सम्बन्धित कम्पनीको मिलेमतो नभई यो सम्भव पनि छैन । यसर्थ, धितोपत्र बोर्डले यसअघि आएका सबै गुनासोहरूमाथि छानवीन गर्नु
जरुरी छ । विवादमा आएका कम्पनीहरूको हकप्रद निष्काशनमा कुन सेयरधनीले कसलाई आफ्नो हक हस्तान्तरण गरेर दिएको भन्ने विवरण सार्वजनिक गरिदिएमा सम्बन्धित सेयरधनीले पुष्टि गर्न सकिने अवस्था रहन्छ।
एनबी बैंकमा यस्तो भयो
नेपाल बगंलादशे बैंकले बैसाख ७ देि ख जठे १० सम्म बिक्री खुला गरेको ३ अर्ब २० करोड ९४ लाख ६ हजार ८ सय रुपैया“ बराबरको ३ करोड २० लाख ९४ हजार ६८ कित्ता हकप्रदमा अर्काको सेयर सम्बन्धित सेयरधनीलाई थाहै नदिई अर्कैले खाइदिएको भेटिएको छ । बैंकले १० बराबर ८ अर्थात ८० प्रतिशतका दरले निष्काशन तथा बिक्री गरेको हकप्रदमा करिब ९५ प्रतिशत बराबरको दाबी (आवेदन) परेको थियो । जसअनुसार बैंकले करिब १६ लाख कित्ता हकपद्र लिलाम बढाबढमा बिक्री गर्नुपर्नेमा ,मात्रै ९ लाख कित्ता हकप्रद लिलाम बढाबढमार्फत् बिक्री गर्ने सम्भावना बढेको छ । ९ लाख अवितरित हकप्रदमध्ये ४ लाख कित्ता संस्थापक र ५ लाख कित्ता साधारणतर्फको हकप्रद लिलाम बढाबढमार्फत् बिक्री गर्न लागेको हो । यसअघि बैंकले १६ लाख कित्ता अवितरित हकप्रद लिलाम बढाबढमा बिक्री गर्ने अपेक्षा गरिएको थियो । 
प्राप्त सूचनाअनुसार बैंकमा पहुँच हुनेहरूको नाममा करिब ७ लाख कित्ता हकप्रद हस्तान्तरण गरिएको छ । धितोपत्र निष्काशन तथा बाडफाट निर्दिेशका, २०७४ मा भएको व्यवस्था अनुसार संगठित संस्थाको सञ्चालक वा आधारभूत सेयर धनीले लिनुपर्ने हकपद्र सेयर वापतको हक अरु कसैलाई हस्तान्तरण गर्नुपर्ने भएमा दरखास्त खुला हुनुभन्दा कम्तीमा तीन दिन अगावै हक हस्तान्तरण गरी हक हस्तान्तरण गरिएको व्यहोरासहित निष्काशन बैङ्कमा रकम जम्मा गरिसक्नु पर्नेछ ।’
प्राप्त जानकारी अनुसार बैंकले हकप्रद भर्ना छुटेका तथा हकपद्र भर्न बिर्सेका लगानीकर्ताको भागको हकप्रद भित्री कागज मिलाई बैंकमा पहुँच भएकाहरुको नाममा करिव ७ लाख कित्ता सेयरको हकप्रद किर्ते हस्तान्तरण गरेको पाइएको छ । बिजपाटीबाट साभार गरिएको यो समाचार सेयर बजार साप्ताहिकमा छ । 
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: