×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

laxmi sunrise bank

माओवादीको क्रेज घटाउन भारतले सम्झौताविपरित बढायो नेपाल आउने बिजुलीको मूल्य, कुलमान तनावमा !

  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौँ – नेपालमा लोडसेडीङ घटाएर हाइहाइ भएका कुलमान घिसीङको नाम जोडेर माओवादीको समेत हाइहाइ भएको भन्दै भारतले नेपाल आयात गर्ने बिजुलीको मूल्य करिब २२ प्रतिशत बढाएको छ । बिहारबाट लागू हुनेगरी नेपाल आउने १ सय ३५ मेघावाट बिजुलीको मुल्य भारतले २२ प्रतिशतले बढाएको हो । नेपालले बिहारको कुशाह–कटैया, गण्डक–रामनगर, नानपारालगायत नाकाबाट बिजुली किनिरहेको छ ।
‘नेपालमा लोडसेडीङ घट्दा धेरैलाई चिन्ता छ । कुलामनको अभियानविरुद्ध खुलेरै केहि माफियाहरु लागेका थिए । आखिर शक्तिको कुरा न हो । उनीहरुको शक्ति पुग्यो, भारतले मान्यो । स्रोतले अर्थ सरोकार डटकमसँग भन्यो । अझ भारतले पूर्व जानकारी नै नदिइ यसरी बिजुलीको भाउ बढाएको हो ।  
‘प्रत्येक वर्ष बिजुलीको मुल्य ५ प्रतिशतले बढ्ने दुई देशबिच सम्झौता छ । प्राधिकरणले बिहार, उत्तर प्रदेशलगायत नाकाबाट प्रतियुनिट ८.८८ रुपैयाँ (५.५५ भारु) मा बिजुली किन्ने गरेको छ । ५ प्रतिशत बढ्ने नियमले ४४ पैसामात्र बढ्नुपथ्र्यो । जसअनुसार प्रतियुनिट ५.८२ भारु (९.३२ रुपैयाँ) तिरे पुग्थ्यो । तर, अब प्रतियुनिट ११.२८ रुपैयाँ तिर्नुपर्ने भएको छ । भारतले एकै पटक १.२३ भारु (१.९६ रुपैयाँ) बढाएको छ ।’ नेपाल विद्युत प्राधिकरणका प्रवक्ता प्रबल अधिकारीले अर्थ सरोकार डटकमसँग भने ।
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: