×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

laxmi sunrise bank

निर्वाचन आयोगको आंकडामै शंका ! किन आउँदैन मत हाल्नेको यकिन विवरण ? (स्थलगत रिपोर्टपछीको LIVE कुराकानीसहित)

काठमाडौँ – स्थानीय तहको निर्वाचनका समयमा भोट हाल्ने मतदाताको संख्याबारे निर्वाचन आयोगले दिएको जानकारीमाथि विभिन्न सरोकारवालाहरुले शंका गरेका छन् । बैसाख ३१ गतेका दिन बिहान ११ बज्दै जाँदा ४० % मत खसेको बताउने आयोगले २ बज्दै जाँदा ६० प्रतिशत मत खरेको बताएको थियो । पुन: ७१ प्रतिशत मत खसेको बताएको आयोगले आफ्नो तथ्यांकलाइ नै मिलाएर फेरी ७३ प्रतिशत मत खसेको बतायो । यति प्रतिशत र उति प्रतिशत भनेपनि मतदाता यति थिए र यति मत हाले जनताले वा कहाँ कहाँका जनताले कति मत हाल्दा मतदान प्रतिशत त्यति भएको भन्ने स्पष्ट विवरण आयोगले दिएको छैन । 

यता विशेष गरी विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीनिकट हरुले भने ३५ प्रतिशत देखि ४० प्रतिशत सम्म मात्र मत खसेको दावी गरेका थिए । यसै प्रसङ्गमा हामीले सोहि मतदानको दिन यसबारेमा चर्चा गरेका थियौं । निर्वाचनकै समयमा अर्थ सरोकार डटकमका सम्पादक सुरज प्याकुरेलले पत्रकार कमल बुढासँग यहि बिषयमा गरेको कुराकानी हेर्नुहोस् :
Hamro Parto AD
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: