×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

laxmi sunrise bank

माअाेवादी केन्द्रबाट मन्त्री बनाउन प्रचण्डले तयार पारेकाे गाेप्य लिस्ट यस्ताे छ !

काठमाडौँ – माओवादीका तर्फबाटककसलार्इ मन्त्री बनाउने भनेर सूची बनाउने र मेटाउने क्रमले तीब्रता पाएको छ । यसैबीचमा माअाेवादी केन्द्रबाट ककसलार्इ मन्त्री बनाउने भन्नेबारे पार्टी अध्यक्ष प्रचण्डले तयार पारेकाे गाेप्य लिस्ट बाहिर अाएकाे छ । 
माओवादी केन्द्रले केही नेताहरुलार्इ मन्त्री र केहीलार्इ राज्यमन्त्रीमा पठाउने गरी लामै सूची तयार गरेकाे थाहा भएकाे छ । माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले पार्टीका शीर्ष नेतासँगको सल्लाहपछि सरकारमा जानेको नाम मन्त्रीका लागि छनोट गरेको उच्च स्रोतले जनाएको छ । 
प्रचण्ड सरकारमा नै मन्त्री बन्ने चर्चा चलेका कालिकोटका सांसद महेन्द्र शाही मन्त्रीका लागि पहिलो नंबरमा परेकाछन् । पूर्बका शिवकुमार मण्डल र रामेछापका श्यामकुमार श्रेष्ठलाई पनि मन्त्री बनाउने तयारी भएको छ । 
मण्डलले आपूर्ति र श्रेष्ठले सामान्य प्रशासन मन्त्रालयको जिम्मेवारी पाउने बुझिएको छ । शाहीलाई दिने मन्त्रालयको टुंगो लागेको छैन । उनले उर्जा वा स्वास्थ्य पाउने बुझिएको छ । सन्तकुमार थारु र मानबहादुर थारुमध्ये एकजना पनि मन्त्री बन्ने लाइनमा छन् । त्यसैगरी गिरिराजमणि पोख्रेल पनि नारायणकाजी श्रेष्ठ समूहबाट मन्त्री बन्ने पक्का रहेको बताइन्छ । 
सांसद रेखा शर्मा, टेकबहादुर बस्नेत, कृष्ण धिताल लगायतको पल्ला भारी नभएपछी मन्त्रीमा चर्चा चलेपनि लिस्टमा नाम नपरेको श्रोतको दाबी रहेको छ । राज्यमन्त्रीमा सृजना तरामु मगर, सीता नेपाली, सुरेन्द्रप्रसाद जैशवाल, लालेन्द्रकुमार मण्डलको चर्चा रहेको छ ।
Hamro Parto AD
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: