×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

PRIME CA
laxmi sunrise bank

बिजुली चोरीदेखि कर छलीसम्मका मारुतीका ३ कर्तुत ! देश लुट्ने उद्योगलाई उन्मुक्तिको प्रयास !

  • सुरज प्याकुरेल / अर्थ सरोकार डटकम 
काठमाडौँ – बिजुली चोरीदेखि कर छली प्रकरणमा परेको मारुती सिमेन्टलाई पैसा र पावरका आडमा उन्मुक्ति दिने प्रयास भइरहेको खुलासा भएको छ । देशमा लोडसेडीङ अन्त्य गर्ने अभियान चलीरहँदा मारुती सिमेन्टले बिजुली चोरी गरिरहेको प्रमाण विद्युत प्राधिकरणले फेला पारेको थियो भने करछलीको आशंकामा मारुती सिमेन्ट उद्योगमा आन्तरिक राजश्व कार्यालयले छापा मारेको थियो । 
बिजुली चोरी प्रकरणमा के भयो, के हुँदैछ ?
बिजुली चोरको लिष्टमा परेको मारुती सिमेन्ट उद्योगलाई उन्मुक्ति दिने प्रयास भएको छ । मारुती सिमेन्ट उद्योगको लगानीकर्ता नन्द किशोर राठीको पहुँचकै भरमा सिमेन्ट उद्योगलाइ बिजुली चोरी प्रकरणमा उन्मुक्ति दिन खोजिएको स्रोतको दावी छ । यसअघि मारुती सिमेन्ट उद्योगसहित श्री बाबा जुट मिल्स, रघुपति जुट मिल्स, कमला रोलिङ मिल्स, शिवम् प्लाष्टिक इण्डष्ट्रिज, हुलास वायर इण्डष्ट्रिज, रिलायन्स स्पिनिङ मिल्स, पशुपति सिमप्याक, मैनावती स्टील इण्डष्ट्रिज, अरिहन्त मल्टिफाईबर्स, अरिहन्त पोलिप्याक, रिलायन्स स्पिनिङ मिल्स, निगाले सिमेन्ट उद्योग,लगायतले चोरीको बिजुली प्रयोग गरेको भन्दै नेपाल विद्युत प्राधिकरणले कारवाहीको प्रक्रिया अगाडी बढाएको थियो । तर यस विषयमा कुनैपनि कारवाही अगाडी नबढेको पाइएको छ । १० करोड रुपैयाँ भन्दा बढीको बिजुली बिगत लामो समयदेखि चोरी देशनै डुबाउने खेलमा सिमेन्ट उद्योग लागेको भएपनि अहिलेसम्म कुनैपनि कारवाही नभएको सरोकारवालाहरुको गुनासो छ ।
यता नेपाल विद्युत प्राधिकरणका प्रबन्ध निर्देशक कुलमान घिसीङले भने बिजुली चोरी जस्तो जघन्य अपराध गर्नेलाई कुनैपनि हालतमा नछोडिने दावी गरेका छन् । अर्थ सरोकार डटकमसँग संक्षिप्त कुराकानी गर्दै उनले बिजुली चोर्ने उद्योगहरुलाई कारवाही प्रक्रिया अगाडी बढीसकेको र पछिल्लो अपडेट लिएर जानकारी दिने बताएका छन् ।
यो पनि पढ्नुहोस् :
कर छली प्रकरणपनि मिलाउने प्रयासमा मारुती !
यता मारुती सिमेन्टले राजश्व छली गर्ने गरेको समाचार अर्थ सरोकार डटकमले ब्रेकगरेपछि सिमेन्ट उद्योग र उद्योगको कार्यालयमा एकै पटक राजस्व अनुसन्धानले छापा मारेर कम्प्युटरसहित आवश्यक कागजात नियन्त्रणमा लिएको थियो । मारुती सिमेन्ट उत्पादन हुँदै आएको मारुती सिमेन्ट उद्योग मिर्चैया सिराहा र विराटनगर उपमहानगरपालिका शिवमन्दिर छेउमा रहेको मारुती सिमेन्टको कार्यालयमा एकै पटक राजस्व अनुसन्धान क्षेत्रीय कार्यालय इटहरी सुनसरीको टोलीले छापा मारेको थियो । राजस्व अनुसन्धान विभागको निर्देशनअनुसार सिराहामा रहेको उद्योगमा राजस्व अनुसन्धान सुनसरीका अनुसन्धान अधिकृत देवराज भुषालले नेतृत्व गरेका थिए भने विराटनगरमा अर्का अनुसन्धान अधिकृत रवीन्द्र प्याकुरेलले नेतृत्व गरेको टोलीबाट एकै साथ छापा मारेर आवश्यक कागजातसहित कम्प्युटर समेत नियन्त्रणमा लिएको हो । 
यो प्रकरणमा पनि राजनीतिक पहुँचकै आधारमा मारुती सिमेन्टले केस मिलाउन खोजेको आरोप सरोकारवालाहरुको छ । यता आन्तरिक राजश्व विभागले भने कर छलीको आशंकामा मारुती सिमेन्टको कागजात जफत गरिएको र सो प्रक्रिया अगाडी बढिसकेको बताएको छ । ‘प्रक्रिया अगाडी बढीसकेको छ । छानविन जारी छ । सम्पूर्ण तथ्यको अनुसन्धान भएपछि हामी त्यसको प्रतिवेदन सार्वजनिक गर्छौं ।’ राजस्व अनुसन्धान सुनसरीका अनुसन्धान अधिकृत देवराज भुषालले अर्थ सरोकार डटकमसँग भने ।


यो पनि पढ्नुहोस् :

कामदारको मृयु भएको केस कहाँ पुगेर टुंगियो ?

गत फेब्रुअरी महिनामा शनिबार दिउँसो सिन्धुलीको ककुरठाकुर गाउँ विकास समितिमा चुनढुंगा खानीबाट ढुंगा निकाल्ने क्रममा स्थानीय एक जनाको ज्यान गएपनि सम्बन्धित निकायले वेवास्था गरेको भन्दै स्थानीयले धर्ना दिएका थिए । उनीहरुले मारुती सिमेन्टलाई ‘ज्यानमारा’को संज्ञा दिंदै सिमेन्टका विरुद्ध नारावाजी समेत गरेका थिए । चुनढुंगा खानीबाट ढुंगा निकाल्ने क्रममा खसेको ढुंगाले ककुठाकुर गाउ विकास समितिका ४७ वर्षिय खड्ग बहादुर थापा मगरको ज्यान गएको थियो । मृतक खड्गबहादुर बर्षे धानको ब्याड राख्नकालागि कुलोमा पानी लाउन गएका थिए । मारुती सिमेन्ट कम्पनी चुनढुंगा निकाल्दा ढुंगाले लाग्दा थापामगरको ज्यान गएको कुरठाकुर गाउँ विकास समितिका प्राविधिक सहायक भिम कुमार राइले अर्थ सरोकार डटकमलाई जानकारी दिएका थिए । तर यो केस पनि मारुती सिमेन्टले पिडितलाइ उचित न्याय नदिइ मिलाएको स्थानीयको गुनासो छ । ‘ठुलाबढासँग कसको के लाग्दो रहेछ र ? मारुती सिमेन्ट उद्योगले दादागिरी देखाएर केसलाइ साम्य बनायो ।’ एक स्थानीयले अर्थ सरोकार डटकमसँग भने । 
मारुरी सिमेन्टका प्रतिनिधि भन्छन्, ‘केहि पनि थाहा छैन’ !
मारुती सिमेन्टले गरेका विभिन्न कर्तुतहरुबारे हामीले सिमेन्ट उद्योगकै प्रतिनिधिसँग बुझेका थियौं । मारुती सिमेन्टको काठमाडौँ कार्यालयका प्रतिनिधि राजु श्रेष्ठले आफुलाई यसबारे केहिपनि थाहा नभएको बताएका छन्।
‘मारुती सिमेन्ट उद्योगमा छापा मारेको बारे मलाइ त केहि थाहा भएन ।’ अर्थ सरोकार डटकमसँग कुराकानी गर्दै उनले भने, ‘हामी त पोजेटिभ न्यूजमात्र हेर्छौं । यस्तो कुरा केहि पनि थाहा हुँदैन ।’ सिमेन्ट उद्योगमा एक व्यक्तिको ज्यान गएको बारेपनि आफुलाई केहिपनि थाहा नभएको उनको भनाइ छ । ‘यो कहिलेको केस हो ? मलाइ त थाहा नै भएन ।’ उनले भने । बिजुली चोरी प्रकरणमा सिमेन्ट उद्योगलाई के कारवाही भयो भन्ने हाम्रो प्रश्नमा उनले भने, ‘हामीले बिजुली चोरेका छैनौं । कसले चोर्यो, त्यो थाहा भएन ।’ विद्युत प्राधिकरणले नै बिजुली चोरको लिष्टमा मारुतीलाई राखेको छ नि ? भन्ने हाम्रो प्रश्नमा उनले छोटो उत्तर दिए, ‘मलाइ त त्यसबारेमा केहिपनि थाहा भएन ।’ 
मारुती सिमेन्ट उद्योगका कर्तुतहरुबारे यी कुनै समाचार छुटे कि ?
    Hamro Parto AD
    NMB BANK
    TRITON COLLEGE

    प्रतिक्रिया दिनुहोस्

    सिफारिस: