×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

laxmi sunrise bank

तयार भयो माओवादीबाट मन्त्री बन्नेको नाम र मन्त्रालय (नामावलीसहित)

काठमाडौँ । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा प्रधानमन्त्री बनेको झण्डै तीन सोता बितेको छ । देउवा नेतृत्वको सरकारमा अहिले माओवादी केन्द्र प्रमुख सत्तासाझेदारी दलको भूमिकामा छ भने विजयकुमार गच्छदार नेतृत्वको नेपाल लोकतान्त्रिक फोरम पनि सरकारमा सम्मिलित छ ।
देउवा सरकारमा माओवादीबाट कृष्णबहादुर महराले उपप्रधानमन्त्रीसहित परराष्ट्र मन्त्रालयको जिम्मवारी लिँदै नेतृत्व गरेका छन् भने उनीसँगै जनार्दन शर्मा गृहमन्त्री र प्रभु शाह सहरी विकास मन्त्रालयको जिम्मेवारीमा छन् । 
त्यसैगरी विजयकुमार गच्छदार देउवा सरकारमा संघीय मामिला तथा स्थानीय विकास मन्त्रालयसहित उपप्रधानमन्त्रीको जिम्मेवारीमा छन् ।
देउवाले प्रधानमन्त्री पदको सपथ ग्रहणसँगै पहिलो चरणमा मन्त्रिमण्डल विस्तार गरेपछि आसन्न दोस्रो चरणको निर्वाचनपछि मात्रै मन्त्रिमण्डल विस्तार गर्ने सत्तारुढ दलको तयारी छ । त्यससँगै अन्य कुन कुन दललाई सरकारममा ल्याउने भन्ने विषयमा पनि छलफल भइरहेको प्रधानमन्त्री निकट स्रोतको दावी छ । 
तर सर्वसाधारण र आआफ्नो पार्टी पङ्तिभित्र अब कुन पार्टीबाट कोको मन्त्री बन्लान भन्ने चासो उत्तिकै छ । यिनै चासोको बीचमा प्रमुख सत्तासाझेदार दल नेकपा माओवादी केन्द्रले भने दोस्रो चरणको निर्वाचन लगत्तै सरकारमा पार्टीको तर्फबाट मन्त्री पठाउने भएको छ । पार्टीकी प्रवक्ता पम्फा भुसालले पार्टीले निर्वाचन लगत्तै मन्त्री पठाउने जनप्रहारसँग समेत बताइसकेकी छिन् । 
केही दिनयतादेखि पार्टी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको नीजि निवास लाजिम्पाटमा जारी अनौपचारिकरऔपचारिक छलफलले पार्टीको तर्फबाट ककसलाई मन्त्री बनाउने र कुन मन्त्रालयको जिम्मेवारी दिने भन्ने विषयमा लगभग टुंगो लगाएको छ ।
जनप्रहारलाई प्राप्त जानकारी अनुसार मोरङबाट निर्वाचित सांसद शिवकुमार मण्डललाई १ नम्बर प्रदेशको प्रतिनिधित्व गराउँदै आपूर्तिमन्त्री बनाउने भएको छ ।
त्यसैगरी रामेछापका सांसद श्यामकुमार श्रेष्ठलाई सामान्य प्रशासनमन्त्री बनाउने गरी छलफल अघि बढेको पनि स्रोतले बतायो । त्यसैगरी महेन्द्रबहादुर शाहीलाई ऊर्जामन्त्री बनाउने लाजिम्पाटको तयारी छ । यससँगै तनहुँकी आशा कोइरालालाई पनि मन्त्री बनाउने सहमति भएको छ । तर उनलाई कुन मन्त्रालय दिने भन्ने विषयमा कुनै सहमति भएको छैन । 
यता नारायणकाजी श्रेष्ठको समुहलाई स्वास्थ्य मन्त्रालय दिने तयारी थालेको छ । तर श्रेष्ठले भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय पाउनुपर्ने अडान राखेको छ । श्रेष्ठले कसलाई मन्त्री बनाउनलान् भन्ने विषयमा कुनै सहमति भएको छैन । तर श्रेष्ठले गिरिराजमणि पोखरेललाई पठाउने गरी तयारी गरेको बुझिएको छ । जनप्रहार साप्ताहिकमा खबर छ । 
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: