×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

laxmi sunrise bank

मओवादीका कुन नेताल कहाँबाट मतदान गर्दैछन् ?

काठमाडौं । असार १४ गते हुने दोश्रो चरणको स्थानीय तह निर्वाचन आउन अब एक दिन मात्र बाँकी छ । राजनीतिक दलका नेता कार्यकर्तामात्र होइन, सर्वसाधारण समेत मतदान गर्न आफ्नो गाउँ नगर पुगिरहेका छन् । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र वरिष्ठ नेता नारायणकाजी श्रेष्ठ, प्रवक्ता पम्फा भुसाल, हेडक्वार्टर सदस्यहरू अग्निप्रसाद सापकोटा, देव गुरुङ, गिरीराजमणी पोख्रेल लगायतका नेताले बैशाख ३१ गतेको पहिलो चरणको निर्वाचनमा मतदान गरिसकेका छन् । 
दोश्रो चरणको निर्वाचनमा माओवादी केन्द्रका नेता कृष्णबहादुर महरा, वर्षमान पुन अनन्त, जयपुरी घर्ती, मणि थापा, लेखराज भट्ट, गोपाल किराती लगायतका नेताले मतदान गर्नेछन् । देउवा सरकारका उपप्रधान मन्त्री एवं परराष्ट्रमन्त्री कृष्णबहादुर महराले रोल्पाको लिवाङ नगरपालिका वडा नम्बर १ दामरुकमा रहेको श्री तारा माध्यामिक विद्यालयबाट मतदान गर्नेछन् । चुनावी प्रचारका लागि दुई साता अगाडि नै प्रदेश नम्बर ५ का विभिन्न जिल्लाहरूमा पुगेका महरा १४ गते हुने चुनावमा मतदान गर्न शनिबार रोल्पा पुगेका छन् । १० स्थानीय तह रहेको रोल्पा जिल्लाको एक मात्र नगरपालिका लिवाङमा पूर्ण केसी (करेन्ट) र उपप्रमुखमा मनकुमारी घर्ती (कमला) ले उम्मेदवारी दिएका छन् । 
माओवादी केन्द्र रोल्पाका सचिव समेत रहेका केसी नातामा महराका छोरी ज्वाईँ हुन् भने जिल्ला सदस्य रहेकी घर्ती नेता वर्षमान पुन अनन्तकी बहिनी हुन् । चुनावी सभालाई सम्बोधन गर्न प्रदेश नम्बर ५ मा पुगेका रोल्पाली नेता वर्षमान पुन अनन्तले लिवाङकै वडा नम्बर ७ मा रहेको बालोदय माध्यामिक विद्यालय माडिचौरबाट मतदान गर्नेछन् । दाङका चुनावी सभा सकेर बाँकेको नेपालगञ्ज पुगेका नेता पुनले मतदानका लागि असार १३ गतेमात्र रोल्पा पुग्ने बताए । सभामुख ओनसरी घर्तीले पनि सोही केन्द्रबाट मतदान गर्ने्छिन् । माओवादी हेडक्वाटर कमिटीकी सदस्य जयपुरी घर्तीले रोल्पाकै दुईखोली गाउँपालिका वडा नम्बर २ मा रहेको राङसी माध्यामिक विद्यालयबाट मतदान गर्ने्छिन् । घर्ती एक महिनादेखि चुनाव प्रचारका लागि रोल्पामा छन् । दुईखोली गाउँपालिका प्रमुखमा कृष्णबहादुर महराका स्वकीय सचिव जितजङ डाँगीले उम्मेदवारी दिएका छन् । 
माओवादीका अर्का वरिष्ठ नेता टोपबहादुर रायमाझीले अर्घाखाँचीको सन्धीखर्क नगरपालिका वडा नम्बर ९ अर्घा रहिसचौरमा रहेको मतदानकेन्द्रबाट मतदान गर्नेछन् । त्यसको लागि नेता रायमाझी एकसाता अघि नै गृहजिल्ला अर्घाखाँची पुगिसकेका छन् । 
प्रदेश नम्बर ७ का संयोजक रहेका नेता लेखराज भट्टले कैलाली जिल्लाको गोदावरी नगरपालिका वडा नम्बर १मा रहेको घन्टेश्वर माध्यामिक विद्यालय अत्तरियाबाट मतदान गर्नेछन् । चुनावी प्रचारप्रसारमा जिल्लातिरै व्यस्त रहेको नेता भट्टले जानकारी दिए । प्रदेश नम्बर १ का संयोजक गोपाल किरातीले सोलुखुम्बुको सोताङ गाउँपालिकामा रहेको श्री हुलु निम्न माध्यामिक विद्यालयबाट मतदान गर्नेछन् । पूर्वका विभिन्न जिल्लामा भएका चुनावी सभालाई सम्बोधन गरेर नेता किराती शनिबार नै गृहजिल्ला सोलुखुम्बु पुगेका छन् । 
हेडक्वार्टर सदस्य नारायण शर्माले दाङको तुल्सीपुर उपमहानगरपालिका वडा नम्बर १७मा रहेको जनकल्याण उच्च माध्यामिक विद्यालय दुधरासबाट मतदान गर्नेछन् । शर्मा एकहप्ता अगाडि नै गृहजिल्ला दाङ पुगिसकेका छन् । नेता तिलक परियारले बाँकेको कोहलपुर नगरपालिका वडा नम्बर १२ मा रहेको ज्ञानज्योती माध्यामिक विद्यालयबाट मतदान गर्नेछन् । उनी एक महिनादेखि बाँकेमा चुनावी प्रचारमा छन् । कोहलपुरमा माओवादी केन्द्रका तर्फबाट अखिल क्रान्तिकारीका अध्यक्ष नरेन्द्र न्यौपाने प्रमुखको उम्मेदवार छन् । 
केही महिना अगाडि माओवादी केन्द्र प्रवेश गरी हेडक्वार्टर सदस्यमा बढुवा भएका नेता टंक राईले खोटाङको दिक्तेल नगरपालिकास्थित जाल्पा उच्च माध्यामिक विद्यालयबाट मतदान गर्ने नेता गोपाल किरातीले जानकारी दिए । नेता मणि थापाले प्युठान जिल्लाको प्युठान नगरपालिका वडा नम्बर ८मा रहेको गेजवाङ निम्न माध्यामिक विद्यालयबाट मतदान गर्नेछन् । थापा चुनावी प्रचारको लागि प्युठान पुगिसकेका छन् । 
पूर्व सामान्य प्रशासन मन्त्री रेखा शर्माले प्युठान नगरपालिका वडा नम्बर ७ बिजुवारमा रहेको स्वर्गद्वारी क्याम्पसबाट, पूर्व खेलकुद मन्त्री दलजीत श्रीपाइलीले रुकुमको भुमही गाउँपालिकाको महतबाट र पूर्व कृषिमन्त्री गौरीशंकर चौधरीले कैलालीको कैलारी गाउँपालिकामा रहेको विजयपुर माविबाट मतदान गर्नेछन् । जनप्रहार साप्ताहिकमा खबर छ । 
Hamro Parto AD
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: