×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

laxmi sunrise bank

एनएसीले नयाँ जहाज किन्ने भएपछि बैंकहरु तनावमा ! अरवौं रुपैयाँ एकैपटक विदेशीने भएपछि ब्याजदर १५% माथि पुग्ने अनुमान !

  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौँ – यसैपनि तरलता अभावको समस्या समाधान नभएको अवस्थामा विभिन्न बैंकहरुबाट अरवौं रुपैयाँ बाहिरिने भएपछी उक्त रकम होल्ड गरेर बसेका विभिन्न बैंकहरु तनावमा परेका छन् । कर्मचारी सञ्चय कोष र नागरिक लगानी कोषको रकम विभिन्न बैंकसँग छ । ठुलो रकम एउटै बैंकमा नराख्न नेपाल राष्ट्र बैंकको सर्कुलर आएपछि यी कोषको रकम अहिले विभिन्न ठुला बैंकहरुमा छ । यी बैंकहरुमा भएको उक्त रकमपनि बाहिरिने भएपछि अहिले बैंकहरु तनावमा परेका हुन् ।    
नेपाल वायुसेवा निगमले  यसअघि नै पोर्चुगिज हाई-फ्लाई र अमेरिकन कम्पनी एएआरसँग दुईवटा वाइडबडीको खरिद सम्झौता गरिसकेको छ । जसका लागि निगमले कर्मचारी सञ्चय कोष र नागरिक लगानी कोषसँग १२/१२ अर्ब रुपैयाँ ऋण लिन लागेको हो ।  यो नेपालको उड्ययन इतिहासमा नै यति ठूलो रकम खर्चेर एकैपटक विमान खरिद गर्न लागिएको यो पहिलोपटक हो ।
सुरुवातमा निगमले अब दुबै कोषबाट ४ अर्ब देखि ४ अर्ब २५ करोड रुपैयाँसम्मको पहिलो भुक्तानी लिनेछ । निगमले पहिलो विमान सन् २०१८ को अपि्रलसम्म आइसक्ने गरी सम्झौता गरेको छ भने दोस्रो विमान सन् २०१८ को मेसम्ममा आइपुग्ने छ । दुबै विमान २ सय ९ दशमलव ६ मिलियन अमेरिकन डलर २१ अर्ब ९० करोड रूपैयाँमा खरिद गर्ने गरी सम्झौता भएको छ ।
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: