×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

laxmi sunrise bank

कसिलो मार्जिन ल्यान्डिङको मारमा सेयर बजार !

  • नरेन्द्र चुदाली
सेयर बजारमा पछिल्लो समय देखिएको घट्दो प्रवृत्ति तिब्र बन्दै गइरहेको छ । साताको पहिलो दिन आइतबार दोहोरो अंक ले गिरावट आएको बजारमा सोमबार पनि २० अंकको भारी गिरावट आएसङै लगानिकर्ता ले एकैदिनमा समग्र पूँजीकणको करिव २५ अर्ब गुमाए। सोमबारको प्रवृत्ति मंगलबार पुन: दोहिरियो । ४ अंकको गिरावट आएको बजारमा कारोबार रकम पनि अघिल्लो दिनको तुलानामा सुस्तायो । बिगतको नजिरलाइ हेर्दा देशमा चुनवको माहोल संगै पूँजी बजारमा पनि भारी मात्रामा वृद्धि आउने गरेको भएपनी यसपाली भने बजारमा चुनावको प्रभाव त्यति देखिएको छैन । पहिलो चरणको निर्वाचनमा केही उत्साहीत देखिएको पूँजी बजारमा दोश्रो चरणको निर्वाचन नजिकिदै गर्दा समेत रौनकता छाउन सकेको छैन ।
त्यसैगरि पूँजी बजारप्रति उदार नेपाली कांग्रेसको नेतृत्वमा सरकार बनेपनी पूँजी बजारप्रति राज्यको स्पस्ट दृस्ठिकोण नआउद यसप्रती लगानिकर्ताको आत्मबिस्वास माथी उठन सकेको छैन। सेयर बजारको लागि सिजन मानिने बर्तमान दिनहरुमा पनि बजार माथि जान नसक्नुमा प्रदेश २ मा निर्वाचन स्थगन पछिको राजनैतिक अन्यौलता मुख्य कारण रहेको चर्चा चलेपनी समग्र रुपमा राजनैतिक कारणले मात्र बजार नघटेको देखिन्छ। केही बर्ष अघि सम्म राजनीतिमा बढिनै प्रतिक्रिया जनाउने बजारको मनोबिज्ञान पछिल्लो समय केही संयम देखिन थालेको छ। 
त्यसैले पनि पछिल्लो समय घटेको बजारमा राजनीतिको रंग फिका मात्र रहेको अनुमान गर्न सकिन्छ।बजार घट्नुमा मुख्य कारण बैंकहरुले सेयर कर्जामा लिएको चर्को ब्याजदरलाइ लिन सकिन्छ । तरलता अभाव समाधान हुन सकिरहेको छैन भने राष्ट्र बैंकले पनि मार्जिन ल्यान्डिङ कर्जामा निकै कडाइ गरेपछी बैंकहरु पनि सेयर कर्जा प्रती उदार देखिएका छैनन। यसको प्रत्यक्ष असर बजारमा देखिएको छ । जसले गर्दा बिक्रि चाप बढेको छ भने कम्पनीहरुको मुल्यमा समेत गिरावट आइरहेको छ। त्यस्तै बैंकहरुले निक्षेपमा समेत आकर्षक ब्याज दिन थालेपछी केही लगानिकर्ताहरु सो तर्फ पनि आकर्षित देखिएका छ । बजारमा आइपिओ , हकप्रद लगायतका सार्बजनिक निश्काशनहरु आएकोले पनि त्यसको स्रोत जुटाउन लगानिकर्ताहरु दोश्रो बजारमा सेयर बेचिरहेको देखिन्छ । एनएमबी बैंकले सोमबार प्रकाशित गरेको व्याजदर मार्जिन ल्याण्डिङको व्याज १८.९५ प्रतिशत तोकिएको छ । 
केन्द्रीय बैंकले नै सेयर कर्जामा प्रवाह हुने कर्जालाई नेगेटिभ लिष्टमा राख्ने पोलिसि लिएपछि एनएमबी जस्तै अरु बैंकले पनि सेयरकर्जा प्रवाहमा निकै कडाई गरेको छन् । सेयर कर्जाको व्याज आकाशिएपछि बजारमा सेयरको बिक्री चाप बढेको छ र मूल्य निरन्तर घट्दै गएको छ । एनएमबी बैंकले घर जग्गा कर्जामा पनि १७ देखि १९ प्रतिशतसम्म व्याज लाग्ने जनाएको छ । लगानी योग्य पुँजीको अभावमा बैंकहरुले १५ प्रतिशतसम्म व्याज तिरेर निक्षेप लिएको छन् ।
असार मसान्त नजिकिदै गरेको र सुचिकृत कम्पनीहरुका पनि अन्तिम बित्तीय विवरणहरु आउने क्रममा रहेकोले लगानिकर्ताहरु पर्ख र हेर को स्थितिमा रहेको अनुमान गर्न सकिन्छ।तरलता अभावलाइ लाई समाधान गर्ने उद्देश्य स्वरुप बैकर्स एसोसिएसन ले केन्द्रिय बैंकलाई सिसिडी रेसियोमा नितिगत सहुलियत दिन आग्रह गरिसकेका छ्न। आर्थिक बर्ष को अन्त्यतिर बिकास खर्चमा आउने तिब्रता र चुनावी खर्चले तरलता अभावको समस्या केही सहज हुने पनि आशा गर्न सकिन्छ। समग्र रुपमा हेर्दा पूँजी बजारको यो प्रवृत्ति लामो समय नटिक्ने सम्भावना देखिन्छ ।
लेखक नरेन्द्र चुदालीका यी लेखहरु छुटाउनुभयो कि ?

Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: