×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

laxmi sunrise bank

नेपाली पूँजी बजार ‘एउटा फूल फुल्दैमा वसन्त आउदैन, एउटा माघले जाडो जाँदैन’

  • नवराज घिमिरे, लगानीकर्ता / विश्लेषक 
सेयर बजारवाट सम्पत्ति बनाउन र नाफा कमाउन अरुले गरेको गल्ती र आफैलेपनि विगतमा गरेको गल्तीवाट सिक्नुपर्छ । अरुले गरेको गल्ती तथा विगतमा आफुले गरेका गल्तीहरु दोहोर्याईएन भने सेयरवाट मनग्य पैसा बनाउन सकिन्छ । तर सेयर बजारका लगानीकर्ताले गल्तीहरु दोहोर्याइरहन्छन र पैसा वनाउन सक्दैनन् । 
सेयर बजार रातारात धनी बन्छु भनेर सपना देख्ने ठाँउ होइन । यदि हामी यस्तो प्रकारले बजारमा आएका हौं र आउदैछौं भने एकपटक सोचौ । सेयर बजार भनेको यस्तो ठाँउ हो जहाँ राम्रो कम्पनी छनोट गरेर लगानी गरिन्छ र उक्त लगानी कम्तिमा तिन देखी पाँच वर्षलाई गर्छु भनेर कम्मर कसेर प्रवेश गर्ने हो । यदि यहि सोचाइका साथ वजार प्रवेश गर्नु भएको हो भने अवस्यपनि तपाँइले सेयर वाट मनग्य पैसा बनाउन सक्नु हुनेछ घाटा खानु पर्ने स्थिती आउने छैन । 
हुन त यो वजारमा आशाको व्यापार गर्नेहरुको पनि कमीछैन । पस्न र निस्कन सजिलो भएकाले यो वजारमा छोटो समयमा ठूलै माछा हातपार्छु भनेर पस्नेहरुको संख्यापनि अत्याधिक हुने गर्छ । वढदो वजारमा प्रवेश गर्नेको संख्या गुणात्मक हुनेगर्छ र त उनि हरु भनि रहेका हुन्छन की अलिकती वढेपछी वेचेर निस्कन्छु भनेर किनियो आफुले किने देखि वजार घटेको घटेइ भयो । कति पाल्नु भनेर अस्ती मात्रै एउटा कम्पनी बेचियो आफुले बेचेदेखि त्यो कम्पनी वढेको वढेइ अहिले यति पुग्यो !! भन्नेको पनि कमी हुदैन । 
अनि त्यस्ता लगानीकर्ता यो वजारलाई दुस्मन ठानिरहेका हुन्छन । आफुले किनो घटछ अनि वेच्यो बढछ भनि रहेको पनि सुन्न पाईन्छ । आफुलाई मात्र त्यस्तो भएको झै गरि रहेका हुन्छन । म के भन्छु भने लगानिकर्ताको ठूलो सत्रु वजार नभएर लगानीकर्ता स्वयम हुन । किन भने लगानिकर्ताको निस्चित लगानीको योजना तथा निति नै हुदैन । धेरैले अर्काको देखासेखी गरि लगानी गरी रहेका हुन्छन । विना कुनै अध्ययनले गरिएको लगानी आफ्नो खुट्टामा आफैले वन्चरो हाने समान हुने गर्छ । 
गल्तिको परिणाम तत्कालका लागि सकरात्मक नभइ नकरात्मक हुन्छन । नोक्सानी गल्तीको परिणाम पनि हो । गल्ति लाई पाठको रुपमा लिने हो भने विगतका गल्तिहरु भविश्यको सफलताको आधार हुन सक्छन । किनकी अनुभवबाट निखारियर र गल्तिको विश्लेषण गरेर लगानी गरेमा ठूलो सफलता हात पार्ने ठाँउ सेयर वजार नै हो । वजार जहिले पनि ठिक हुने गर्छ तर हामिले लगानी गर्ने तरिका वेठिक हुने गर्छ र हामी वारम्वार पछुताउछौ । वजारको आफ्नै तरिका हुन्छ , वजार हाम्रो चाहना अनुसार चल्दैन । वजार अनुसार हामि चल्ने गर्नु पर्छ । 
यसै मेसोमा मलाइ एक जना वेलायतका लेखक पिटर लिन्चको याद आयो उनि भन्छन ‘राम्रा कंम्पनी छानेर लगानी गर्नुहोस, समय तपॉइका पक्षमा हुनेछ , जसले तपॉइलाइ धैर्य रहन पनि मद्दत गर्ने छ” । जव हामि राम्रो कम्पनीमा लगानी वढाउन थाल्छौ त्यस वेला वजार हाम्रो शत्रु नभै मित्र हुने गर्छ । वजार कसरी चल्छ भनेर ठम्याउन धेरै अनुभव सगाल्नु पर्छ । धेरै पैसा नोक्सानको रुपमा पनि लगानी भइ सकेको हुन्छ । 
सेयर वजार यस्तो पनि ठाँउ हो जहॉ क्षमताले भ्यायजति मात्र लगानी गर्नु पर्छ । सकि-नसकि महगो ब्याजको पैसा लगानी गर्दा वजार घटेको वेलामा अनावस्यक तनाव मात्र थपिने हुन्छ । हामिले नेप्सेको इन्डेक्स मात्र वढेको देखेर पनि हुदैन कहिलेकाहीँ इन्डेक्स २०/२५ अंकले वढेको हुन्छ तर आफुले किनेको सेयर जहॉको तहीँ हुने गर्छ । त्यसैले त भनिन्छ की ” एउटा फूल फुल्दैमा वसन्त आउदैन ” वसन्त आउन लाई धेरै फूलहरु फुल्नु पर्छ ।
हाम्रो अविवेकीपूर्ण निर्णयका कारण सेयर किन वेच गरिदिने व्रोकरलेपनि मनग्य पैसा कमाइ रहेका हुन्छन् । हामिले छिटो ठिलो सेयरमा लगानी नगरि त सुखै छैन किनकी यो वजारमा प्रवेश गर्न धेरै धनराशीको आवस्यक्ता पनि पर्दैन र वेचेर निस्किन्छु भन्दा पनि कुनै आईतवार कुरि रहनु पर्दैन ।अव छिट्टै वाट अनलाइन ट्रेडिड: पनि सुरु हुदैछ । अनलाइन ट्रेडिड: पश्चात वजारले ठूलै फडको नमार्ला भन्ने छैन । 
अहिले एक मिनेटमा दुई सय ४० वटामात्र कारोबार गर्ने क्षमताको सफ्टवेयर छ भने नयाँ आउने प्रणालीबाट एक मिनेटमा २० लाखवटा कारोबार एकै पटक गर्न सकिने छ । अव त वजार वढने नै हो , वढछ वढछ । त्यसैले आफु संग बचत खातामा रहेको रकमलाइ भोलि वाटनै राम्रो कम्पनी छनोट गरि लगानी गरौं यसैमा सवैको भलाइ छ ।

नवराज घिमिरेका यी विश्लेषण छुटे कि ?
Hamro Parto AD
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: