×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

laxmi sunrise bank

एनसीसीको भद्रगोलमा ‘थर्ड एंगल’ : आगो ताप्न घर जलाउंदै ! मनपरी ढंगले बैंक चलाउँदै !

  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौँ – ‘बिगार्ने आफ्नाले हो, दुश्मनले केहि बिगार्न सक्दैन’ भन्ने उखान एनसीसी बैंकमा चरितार्थ भएको छ । बैंक प्राय: एपेक्सको कुरालेमात्र बदनाम भईरहंदा एनसीसी बैंकको नेतृत्वनै अराजक गतिविधिमा लागेको खुलासा भएकोक छ । आफुहरुले ‘राइट सेयर’ भर्न नपाएको झोकमा साधारण सभा नै तुहाउने र राष्ट्र बैंकसँग निहुँ खोजेर आफ्नै विरुद्ध मुद्धा हाल्दै बैंक सिध्याउने खेलमा बैंकको नेतृत्व लागेको एउटा गुटको आरोप छ भने डीडीएनै फर्जी बनाएर बैंक सिध्याउने खेल भएको अर्को गुटको आरोप छ । तर एनसीसी बैंकमा दुवै गुटको कुरा सुन्ने हो भनेचाहिं आपसी झगडाले बैंक सिध्याउने खेल भएको स्पष्ट देखिन्छ । 
लक्ष्मीबहादुर श्रेष्ठ र जीतबहादुर श्रेष्ठको यस्तो हर्कत !
बैंकमा ‘राइट सेयर’ हाल्न तत्काल पैसा अपुग भएपछि त्यसैको झोकमा लक्ष्मीबहादुर श्रेष्ठ र जीतबहाफुर श्रेष्ठ अहिले बैंकको साधारण सभा तुहाएर मुद्धा मामिलामा लागेका छन् । एनसीसी बैंकको एक उच्च स्रोत भन्छ, ‘बैंकमा भएको अरु केहि होइन । एनसीसीको राइट भर्न अहिले पैसा नभएर लक्ष्मीबहादुर श्रेष्ठ र जीतबहादुर श्रेष्ठले निहुँ खोजेका हुन् । उनीहरु एकातर्फ मुद्धा मामिलामा लागेर बैंकको साधारणसभानै केहि पर सार्नें र यता पैसाको बन्दोबस्तपनि मिलाउने गरिरहेका छन् । हेर्दै जानुहोस् उनीहरुसँग पैसा भएपछी मुद्धा आफैं फिर्ता हुन्छ।’ 
उनका अनुसार अहिले एनसीसी बैंकका लक्ष्मीबहादुर श्रेष्ठ र जीतबहादुर श्रेष्ठको ग्रयाण्ड डिजाइनमा डीडीए गर्ने फर्म लगायतका लाई मुद्धा हालिएको छ र अदालतले सोहि मुद्धामा अन्तरिम आदेश दिंदै एपेक्स र एनसीसीको छुट्टाछुट्टै हिसाव किताव राख्न भनेको छ । खासगरी मर्जपूर्व गरिएको डीडीए रिर्पोट र हरिसिद्धी जग्गा बिक्री प्रक्रिया विरुद्ध मुद्धा परेको हो । आरोप-प्रयारोप यतिसम्म चल्ने गरेको छ कि, लक्ष्मीबहादुर श्रेष्ठले अदालतका न्यायधिशहरु प्रमोद कुमार श्रेष्ठ र रमेशकुमार खत्रीलाई प्रभावित पारेको एनसीसीका सेयर धनीहरुले कतिपय ठाउँमा खुलेआम भन्ने गरेका छन् । यता लक्ष्मीबहादुर श्रेष्ठको समूहले भने एपेक्सको खराव कर्जाले बैंकनै ध्वस्त बनाउन लागेको भन्दै उक्त बैंक मर्ज गर्ने डीडीए रिपोर्ट तयार गर्ने र बैंक विरुद्धनै मुद्धा हालेका छन्  
मुद्धा पीडीत गुटको यस्तो गुनासो !
यता मुद्धा परेको गुटको गुनासोपनि छुट्टै छ । एनसीसीका एक संचालक भन्छन्, ‘मर्ज हुनेबेलामा केहि लफडा निकालिएन । तर राइट भर्न पैसा नपुगेपछि लफडा निकालियो । डिडिए रिपोर्टले एपेक्स अरुभन्दा कमजोर देखाएकै छ । स्वाप रेसियोबारे मर्ज पूर्व पाँच वटै बैंकका विशेषसाधारणसभाले अनुमोदन गरेको थियो । मर्ज भएर एकिकृत कारोबार भएको ६ महिनापछि डीडीए रिपोर्ट नै गलत थियो वा स्वाप रेसियो नै मिलेन भन्नु गलत भन्नुलाई कसरी लिने ? यहाँ त निहुँ खोज्ने काम मात्र भएको छ । घर जलाएर आगो ताप्ने काम भएको छ ।’ 
नेपाल क्रेडिट एण्ड कमर्श बैंक, पीवाईसी एण्ड एशोसिएट्स चार्टर्ड एकाउण्टेन्स्, नेपाल राष्ट्र बैंकलाई विपक्षी बनाउँदै एनबी ग्रुप, एनवी इ्रन्भेष्टमेन्ट, एनबी मार्केटिङ, सांग्रिला इन्भेष्टमेन्ट र जेनिथ इन्भेष्टमेन्ट एण्ड सेक्युरिटीजले बैशाख २४ गते हालेको मुद्दाको सुनुवाई गर्दै न्यायधिश राजेन्द्र सुवेदीको एकल इजालासले एपेक्स बैंकको खाता छुट्टै राख्न आदेश दिएको थियो  । 

राष्ट्र बैंक र एनबी समूहको ‘सीत-युद्ध’ को चपेटामा एनसीसी ! अव के हुन्छ ?
यता एनसीसीका केहि अरु संचालकहरु एनबी समूह र राष्ट्र बैंकबीचको सीत युद्धको चपेटामा बैंक परेको बताउँछन् । ‘एनसीसी बैंकमा ३० प्रतिशत सेयर होल्ड गर्ने एनबी समूहलाई १० प्रतिशतभन्दा कम साइजमा ल्याउने र बैंक व्यवस्थापनमा एनबी समूहले गर्दै आएको अनप्रोफेसनल हस्तक्षेप सदाको लागि बन्द गर्ने भन्दै नेपाल राष्ट्र बैंकले पनि यो निर्णय करकापमै गरेको थियो । त्यो बेला उनीहरु बोलेनन् । अहिले निहुँ खोजीरहेका छन् ।’ एक संचालकले भने । 
एनसीसी बैंकका संचालकहरु एनबी समूह डीमर्जको खेलमा लागेको आरोप लगाउँछ । तर नेपालमा यससम्बन्धि कुनै कानुन तर्जुमा नभएकाले हालका लागि केहि भन्न सकिन्न । तर अदालतको आदेश सोहि अनुसार आयो भने अदालतको आदेशपनि मान्नुपर्ने देखिन्छ । यसले बैंकिङ क्षेत्रलाई नै अराजकतातर्फ लैजाने स्पष्ट छ ।
यो पनि पढ्नुहोस् :

Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: