×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

laxmi sunrise bank

बिग कर्पोरेट हाउसको ‘अन-प्रोफेसनल’ काम, एनसेलले यसरी गर्यो आफ्नै बदनाम !

  • अर्थ सरोकार सम्बाददाता 

काठमाडौँ – ‘बिग कर्पोरेट हाउस’ का रुपमा चिनिएको एनसेलले ध्यानाकर्षण तथा खण्डन पत्र पठाउँदा गलत तथ्यहरु प्रस्तुत गर्दा उल्टै आफ्नै बेइज्जत गरेको छ । एनसेलबारे विभिन्न संचारमाध्यममा आएको समाचार गलत भएको दावी गर्दै उसले विभिन्न संचार गृहमा पठाएको पत्र तथ्य नै नबुझी पठाएको देखिएपछी उसले आफ्नै बेइज्जत गरेको हो । अर्कोतर्फ सम्बन्धित समाचार माध्यमले लेख्दै नलेखेको कुरालाई पनि उठाएर उसले आफ्नै पोल खोल्ने काम गरेको छ । कर्पोरेट कम्युनिकेसन एक्सपर्ट भन्दै मिलन शर्माको नामबाट विभिन्न संचारमाध्यममा आएको पत्रमा भएका गल्तीहरु यसप्रकार छन् :
१.  एनसेलले युनाइटेड पोष्टबाट अर्थ सरोकार डटकमले समाचार साभार गरेको उल्लेख गरेको छ । जवकी अर्थ सरोकार डटकमले कुनैपनि समाचार उक्त पत्रिकाबाट साभार गरेको छैन ।  यसरी लामो समयदेखि एनसेलका कर्तुतहरुबारे लेख्दै आएको अर्थ सरोकार डटकमलाई बदनाम बनाउने एनसेलको बदनियत त छैन ? भन्ने आशंका जन्माएको छ । यसरी कम्युनिकेसन एक्स्पर्टको हवाला दिने एनसेलका कर्मचारीले एक पटक समाचार राम्रोसँग पढ्दै नपढेको र हचुवाका भरमा खण्डन पत्र तयार गरेको देखिन्छ । हामी एनसेलले उल्लेख गरेको पत्रिकाबाट एनसेल सम्बन्धि कुनै समाचार साभार गरेको देखाउन चुनौती दिन्छौं। 
२. एनसेलले अर्थ सरोकार डटकमलाई पठाएको आफ्नो खण्डनपत्रमा लेखेको छ, ‘ एनसेलका लेखा प्रबन्धक विष्णु भण्डारीले स्वेच्छाले जागिर छाडेर जाँदा ‘उनले करको विषय मिलाउन नसकेको र त्यसैका कारण निकालिएको’ भन्ने मनगढन्त आरोप लगाइएकोमा एनसेल खेद प्रकट गर्दछ । उक्त आरोप पूर्णतः असत्य हो ।’
जवकी विष्णु भण्डारीलाई निकालिएको बारे अर्थ सरोकार डटकमले कुनैपनि समाचार प्रकाशित गरेको छैन । लेखिंदै नलेखिएको कुरामा ‘असत्य’ भन्दै खण्डन आउनुले एनसेलले कतै ‘यो समाचार छुटेछ, यस्तो पनि हो है’ भन्ने खोजेको त होइन भन्ने कुरालाई बढावा दिएको छ । अनलाइनका समाचारहरु हेर्दै नहेरी खण्डनपत्र पठाएको एनसेल यहाँपनि चुकेको छ ।
३. एनसेलले युनाइटेड पोष्ट साप्ताहिक र अर्थ सरोकार डटकमलाई उल्लेख गर्दै एनसेल सम्बन्धि गलत समाचार लेखिएको यो पहिलोपटक होइन भन्ने उल्लेख गरेको छ । कम्युनिकेसन एक्स्पर्टलाई यो थाहा थिएन ? ‘गलत समाचारलाई त खण्डन गर्नुपर्छ भनेर ?’ अर्थ सरोकार डटकमले एनसेलबारे दर्जनौं न्यूजस्टोरी प्रकाशित गरिसकेको सत्य हो । ती मध्ये कुनै समाचार गलत थिए भन्ने किन तत्काल खण्डन गरिएन । कुन कुन गलत समाचार छापिए त ? किन त्यसलाई तत्काल खण्डन गरिएन । अहिले सन्जु कोइरालाको समाचार आएपछी मात्र समाचार खण्डन गर्नुको अर्थ के हो ? पाठकले यसलाई जुनसुकै कोणबाटपनि हेर्न सक्छन् ।
४. एनसेलले यतिसम्म आफ्नो बदनाम गरेको छ कि, कमुनिकेसन एक्स्पर्टलाई प्रेस काउन्सिलबारेपनि खास जानकारी रहेनछ । प्रेस काउन्सिल नेपालको नामलाई जवरजस्त विगारेर उसले ‘नेपाल प्रेस काउन्सिल’ लेखेको छ । 
र हाम्रो भन्नु !
समाचार पढ्दै नपढी अरुको सारेको हवाला दिनु, लेख्दै नलेखेको समाचारलाई गलत भनेर खण्डन गर्नु, प्रेस काउन्सिल नेपालको नाम नै बिगारेर पत्र पठाउनु, कर नातिरुन्जेल कुनैपनि समाचार गलत भएको भन्दै खण्डन नआउनु र कर तिरेपछि पहिलाका सनाचारपनि गलत थिए भनेर कुनै एक मिडिया विशेषलाई विना आधार लान्छना लगाउनुलाई हामीले एनसेलको ‘अनप्रोफेसनल’ कामको संज्ञा दिएका छौँ । यस्ता कारणले कम्युनिकेसन एक्स्पर्टका रुपमा काम गरेका एनसेलका कर्मचारी कतिको एक्स्पर्ट  रहेछन् भन्ने पनि पाठकले बुझे नै होलान् । 
हामी अनुसन्धानमा विश्वास गर्छौं । कुनै कम्पनीप्रति नभएको लान्छना लगाउने गलत प्रवृतिबाट हामी टाढा छौं । हामी त एनसेललाई आग्रह गर्छौं, ‘ हामीले भेट्टाएका तथ्य र तपाईंका कुरा एक साथ राखौं । जनतालाई सबै पक्षका कुरा सुनाउँ ।’ 
   
सम्बन्धित संस्थाले पठाएको खण्डनपत्र पत्रकार आचारसंहिता अनुसार प्रकाशित गर्नुपर्ने भएकाले हामीले यो पत्र प्रकाशित गरेका छौं । एनसेलभित्रका विकृतिहरु प्रति हामी निरन्तर फलोअपमा छौं । 
हामी अनुसन्धानमा विश्वास गर्छौं र हाम्रा कर्मचारीले मेहेनतका साथ बनाएको समाचारलाई बुझ्दै नबुझी कतैबाट सारिएको भन्ने जुन तथ्य एनसेलले लाद्न खोजेको छ, त्यो गलत छ । हाम्रा पाठकहरुले यहि रुपमा बुझिदिनुहुनेछ भन्ने विश्वास गरेका छौं ।    
एनसेल सम्बन्धी यी समाचार छुटे कि !
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: