×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

एनसेल- शर्मा कनेक्सन, ‘भाई एनसेलमा फकाउने, दाजु राजश्वमा मिलाउने’ !

अर्थ सरोकार सम्बाददाता

प्रकाशित मिति : २१ जेष्ठ २०७४, आईतवार

PRIME CA
laxmi sunrise bank

एनसेल- शर्मा कनेक्सन, ‘भाई एनसेलमा फकाउने, दाजु राजश्वमा मिलाउने’ !

  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौँ – एनसेल कर प्रकरण लामो समयदेखि विवादमा छ । तर जति नै विवादमा परेपनि आन्तरिक राजश्व बिभागमा चुडामणि शर्मा  महानिर्देशक हुन्जेल जहिलेपनि बल एनसेलकै कोर्टमा पर्यो । यतिसम्मकि जतिसुकै विवादमा परेपनि एनसेलले तिर्नुपर्ने ३२ अर्व कर तिरेको छैन । एनसेल प्रकरण जतिनै बहसमा आएपनि एनसेलले नै बाजी मार्नुको पछाडी एउटा अचम्मको किस्सा लुकेको रहेछ ।
शर्मा निकट एक विश्वस्त स्रोतले दिएको जानकारी अनुसार  चुडामणि शर्माका भाई एनसेलका प्रशासन प्रमुख हुन् । कर सम्बन्धि कुनैपनि लफडामा चुडामणि शर्मा र एनसेलमा प्रशासन प्रमुख रहेका उनका भाई मिलेर ‘सेटीङ’ हुन्थ्यो । यतिसम्मकी उनका भाई र चुडामणि शर्माकै सेटीङमा एनसेलले भ्याटमा समेत मिनाहा पाएको थियो । स्रोत भन्छ, ‘एनसेलको प्रशासन प्रमुखमा चुडामणिका भाई राख्नुमा एनसेलको पनि आफ्नै इन्ट्रेष्ट थियो । एनसेल कर सम्बधि कुनै लफडा आइपरे सुल्झाउन सहयोग हुन्छ भन्ने कुरामा ढुक्क थियो र अहिलेसम्म उसले यो कुरामा बाजीपनि मारिरहेको छ ।’
उनका अनुसार एनसेल प्रकरणमा चुडामणि शर्माका भाई सुलसुलेको काम गर्थे । एनसेलको कुरा दाजु चुडामणि शर्मा र दाजुको कुरा एनसेलसम्म ल्याएर दिने र मिलाउने सबैको व्यवस्था गर्थे, चुडामणिका भाई ।  त्यसपछि भाइले ल्याएको जानकारी अनुसार शर्मा हुड्नै उक्त कुरा राजनीतिक तहमा पुग्थ्यो । र राजनीतिक तहमा पुगेको कुरा पुन: एनसेलमा पनि उनीमार्फत नै आउंथ्यो ।  
अहिले चुडामणि शर्मालाइ अख्तियारले पक्राउ गरेपछि एनसेल ठुलो रनभुल्लमा छ । सबै कुरा मिलाउंदै आएको व्यक्तिलाई अख्तियारले समातेपछी एनसेल अव के गर्ने भन्ने विषयमा चित्न्तित छ । स्रोतले दिएको गोप्य जानकारी अनुसार आज आइतबार यससम्बन्धमा छलफल गर्न एनसेलमा बैठक छ । हिजो शनिबार भएकाले एनसेलमा उक्त बैठक बस्न सकेको थिएन ।

चुडामणि शर्मा सँग सम्बन्धित यी सामाग्री छुटे कि ?
एनसेल सम्बन्धि यी कुनै समाचार छुटाउनु भयो कि ?
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: