×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

laxmi sunrise bank

नेपाली सेनाको टोलीमाथी विद्रोही फौजद्धारा आक्रमण, ५ जनाको मृत्यु

काठमाडौं – अफ्रिकी मुलुक कंगोमा गस्तीमा रहेको नेपाली सेनाको टोलीमाथी विद्रोही समुहले आक्रमण गरेको छ । कंगोमा लामो समयदेखी आतंक मचाइरहेको नेगेटिभ फोर्स (माई माई) भन्ने विद्रोही समुहले सेनाको गस्ती टोलीमाथी आक्रमण गरेपछि सेनाले जवाफी हमला गर्दा ५ जना विद्रोहीको मृत्यु भएको छ ।
नेपाली सेनातर्फ दुई जना अमल्दार घाईते भएको सेनाले जनाएको छ । घाईते हुनेमा अमल्दार राम बहादुर कार्की र अर्जुन बहादुर भुजेल रहेका छन् । घाईतेहरुलाई आईसियुमा राखेर उपचार भइरहेको छ । दुवै जना घाईतेहरुको स्थिती खतरामुक्त रहेको छ ।
सहसेनानी लोकबहादुर वस्नेत नेतृत्वको टोलीमाथी विद्रोहीले आक्रमण गरेको थियो । सैनिक स्रोतकाअनुसार स्थानीय वासिन्दालाई ढालको रुपमा प्रयोग गरेर उनिहरुले सेनाको गस्तीलाई एम्बुसमा पारेको थियो । जवाफमा सेनाले कार्वाही गर्दा उनिहरु त्यहाँबाट भागेका थिए ।
सैनिक प्रवक्ता सहायकरथी झंकर बहादुर कडायतले कंगोमा दोहोरो भिडन्त भएको पुष्टी गरे । “कंगोमा सेनाको गस्तीमाथी आक्रमण भएको हो,अहिले अवस्था सामान्य भइसकेको छ ।” सैनिक प्रवक्ता सहायकरथी कडायतले भने ।
कंगोको कावसा भन्ने ठाउमा नेपाली सेनाको टोलीमाथी आक्रमण भएको थियो । विद्रोहीको गोली लागेर सेनाको युएन १३३९० नम्वरको एपीसीमा समेत क्षती पुगेको छ । घटनास्थल सेनाको नियन्त्रणमा आएको सेनाले जनाएको छ । सेनानी रामबहादुर लामाको कमाण्डमा २९ जना घटनास्थलमा बख्तरवन्द गाडीसहित परिचालन भएको छ । सेनाले घटनास्थलवाट एके ४७ नाल २ थान ,एके भरेको म्याग्जीन २ वटा र एके लिङ्कस १ थान बरामद गरेको छ। हाल कंगोमा नेपाली सेनाको शमशेर दल बटालियन कार्यरत छ । उक्त गणका गणपति प्रमुख सेनानी रत्न बहादुर गोदार रहेका छन् । -काठमाडौं टुडे
Hamro Parto AD
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: