×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

laxmi sunrise bank

शुशीला कार्की प्रकरणमासमेत नमरेको न्याय अझै जिउँदै छ भने भरतपुरमा पुन: मतदान नहोस् !

  • एसपी अनुराग 
न्यायालय अझै मरेको छैन । र त देशमा विधि छ भन्ने थोरै आश बाँकी छ । शुशीला कार्की प्रकरणमा न्याय मर्यो र देशमा न्यायकै अपमान भयो भन्ने विश्लेषण चलीरहंदा त्यहि नै पुष्टि भयो । न्यायालयले न्याय दियो र न्यायलाई फेरी बचायो ।
अहिले भरतपुरमा पुन: मतदानको निर्णयको हकमा पनि त्यस्तै हुनेछ । भरतपुर महानगर वडा नं. १९ मा पुनः मतदान गर्ने निर्वाचन आयोगको निर्णयविरुद्ध सर्बोच्च अदालतमा रिट दायर भएको छ । र यहाँपनि न्यायलयको कुरा छ भने पुन: मतदान हुँदैन । 
१९ नम्बर वडाका एमालेका सदस्य उम्मेदवार गुन्जमान विक र अधिवक्ता तुलसीराम पाण्डेले आइतबार रिट दर्ता गराएका छन् । रिटमा भरतपुरको पुनःमतदान गराउने निर्वाचन आयोगको निर्णय बदर गरी च्यातिएका ९० मतपत्र बदर मानेर मतगणना कार्य सूचारु गर्न गराउन उत्प्रेषणयुक्त परमादेश माग गरिएको छ । 
एउटा न्यायालयनै हो जसले जनताको मत जितेको हुन्छ । र अहिलेपनि जितेको छ । आशा गरौँ अवपनि जित्छ । राजनीतिक पूर्वाग्रहका साथ गरिएको भन्ने आरोप लागेको निर्णय निर्वाचन आयोगले फिर्ता लिनेछ । 
अहिले धेरै लेख्ने र बोल्ने समय होइन । न्यायालयमा मलाइ र हामी धेरैलाई विश्वास छ र सत्यको जीत हुनेछ ।  
(प्रस्तुत विचार लेखकका निजी विचार हुन्)
Hamro Parto AD
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: