×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

laxmi sunrise bank

रिभ्यू ओप्पो एफथ्री : यसकारण किन्नुहोस् ओप्पो, यसकारण नकिन्नुहोस् ओप्पो !

  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौँ – अप्पो एफथ्री, अहिले जसको चर्चा छ बजारमा । कुल ३३९०० पर्ने यो मोबाइललाई ‘सेल्फी एक्स्पर्ट’ को रुपमा भड्किलो विज्ञापन गरिएको छ । तर तपाईं राम्रो सेल्फी खिच्न्कै लागि ओप्पो किन्दै हुनुहुन्छ भने तपाईंलाई धोका हुन सक्छ । किनकि बाहिर प्रचार गरिएजस्तो सेल्फी अप्पोले खिच्दैन । आखिर के के छन् ओप्पोका राम्रा र नराम्रा पक्षहरु ? २०७४ साल जेठ ०६ गते न्यूरोडस्थित दी टेक्नो स्टोरबाट ओप्पो मोबाइल किनेर चलाईरहेका अर्थ सरोकार सम्बाददाताले ओप्पोका ३ राम्रा पक्ष र ११ नराम्रा पक्षहरु केलाएका छन् । हेरौं ओप्पोको रिभ्यू :
ओप्पोका राम्रा पक्षहरु :
१. ओप्पो अहिले खुब ब्रान्डेड मानिएको मोबाइल हो । ओप्पो मोबाइल बोक्नुको छुट्टै सान छ । किनकि ३३९०० तिरेर मोबाइल सबैले किन्न सक्ने कुरा हुँदैन ।
२.झट्ट हेर्दा मोबाइलको लुक्स निकै राम्रो छ । देखाउनकै लागि ग्याजेटका सोखिनहरुका लागि ओप्पो निकै राम्रो ब्राण्ड हुन सक्छ ।
३.अगाडी दुइथरी क्यामरा छन् । सेल्फी खिच्दा वाइड एंगलपनि खिच्न मिल्छ ।
ओप्पोका नराम्रा पक्षहरु 
१. सेल्फी एक्स्पर्ट भन्ने मात्र रहेछ । यो मोबाइलले गतिलो सेल्फी खिच्दैन । लाइट मिलेको ठाउँमा मात्र सेल्फी राम्रो आउँछ । अलिकति बेलुका वा थोरै लाइट भएको ठाउँमा सेल्फी झुर खिच्छ ओप्पोले ।
२. फोन तात्ने निकै समस्या छ । फोनमा कुरा गरिरहनेहरुलाई यो फोन उपयुक्त छैन । हामीले यो समस्या ओप्पोका प्रतिनिधिहरुलाई सुनाउँदा फोन तातिनु सामान्य भएको बताएका छन् ।
३. ब्याट्री सोचेजस्तो टिक्दैन । कुनै कुनै फोनमा निकै कमजोर ब्याट्री हुन्छ । लामो समय चार्ज टिक्नुपर्ने, मोबाइलमा भिडियो हेर्नुपर्ने वा फेसबुक, वा युट्युब धेरै हेर्नेका लागि यो फोन उपयुक्त हुँदैन ।
४. मोबाइलमा घरी घरी ह्यांग हुने समस्या छ ।
५. मोबाइल घरी घरी आफैं अफ हुने समस्या छ ।
६. ओप्पो एफथ्रीको लागि छुट्टै टेम्पर ग्लास नेपाली बजारमा केहि दिनपछी मात्र आउंदैछ । फोन स्क्र्याच हुने बितिकै फोन हेर्दै नराम्रो देखिन्छ । यसको खास कुनै अरु विकल्प पनि छैन ।
७.भिडियो खिच्दा कहिलेकाहीं अडियो नै नआउने समस्या पनि छ ओप्पोमा । यो सेटिङ बिग्रेर भन्दापनि फोनमा भएको समस्या हो ।
यो पनि पढ्नुहोस् !

Hamro Parto AD
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: