×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

laxmi sunrise bank

ओप्पोका कर्मचारीकै खुलासा : यस्तो छ मोबाइल तात्नु, ह्यांग हुनु, ब्याट्री नटिक्नु र फोटो राम्रो नखिच्नुको कारण !

  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौँ – विज्ञापनका आडमा प्रोपोगान्डा रचेर महँगो पैसामा सस्ता फोन बेचेको आरोप लागेको ओप्पो ब्राण्डको मोबाइलसम्बन्धि अन्य तथ्यहरुपनि सार्वजनिक हुन थालेका छन् । मोबाइलमा प्रचार गरिएजतिको पिक्सेलको क्यामरा नभएको, कमजोर प्रोसेसर रहेको लगायतका विभिन्न प्राविधिक कमजोरीहरुबारे ओप्पोको काफ्युरिगेसन निकै कमजोर भएको खुलासा भएको छ । 
ओप्पोले विज्ञापन गरेजस्तो गुणस्तर नपाइएपछी अर्थ सरोकार डटकमले ओप्पोले भ्रामक विज्ञापन बजाएर सोझा नेपाली ठगीरहेको तथ्य सहितको समाचार सार्वजनिक गरेपछि ओप्पोका कमजोरीहरु एक एक गरी सार्वजनिक हुन थालेका छन् । आफ्नो नाम नबताउने सर्तमा नेपालमा ओप्पो मोबाइलको वितरणको काम गरिरहेका विभिन्न कर्मचारीहरुले ओप्पोमा भनिएजस्तो ‘कन्फ्युरीगेसन’ नहुने स्वीकारेका छन् । ओप्पोको विरोधी ग्राहक बनेर उनीसँग कुरा गर्दा उनले हाम्रै कुरामा ‘सहि थाप्दै’ ओप्पोको प्रचारमा आएको कन्फ्युरीगेसन ‘फेक’ रहेको स्वीकारेका हुन् ।

यस्तो छ मोबाइल तात्नु, ह्यांग हुनु, ब्याट्री नटिक्नु र फोटो राम्रो नखिच्नुको कारण ! 
उनका अनुसार ओप्पो एफथ्रीमा जडित एमटीके प्रोसेसर सस्तो प्रोसेसर हो । यहि प्रोसेसरका कारण फोन तात्ने समस्या हुन्छ । यसरी तातेको फोनमा लामो समय कुरा गर्दा स्वास्थ्यमा समेत असर पुग्ने गरेको सल्लाह विभिन्न डाक्टरहरुले दिने गरेको उनको भनाइ छ । ‘MTK प्रोसेसर निकै सस्तो प्रोसेसर हो । यहि कारणले हो फोन तात्ने । बढी तात्ने फोन प्रयोग गर्नु स्वास्थ्यका लागिपनि राम्रो कुरा होइन ।’ उनले भने ।
उनका अनुसार ओप्पोमा भनिएजतिको क्यामराको मेगा पिक्सेलपनि फेक हो । ‘मेगा पिक्सेल बढी भएको हार्डवेर भएर मात्र हुँदैन । सफ्टवेरले पनि त्यसलाई सपोर्ट गर्नुपर्छ । ओप्पोमा भएको कन्फ्युरीगेसनमा त्यो सम्भव छैन । त्यसैले ओप्पोबाट राम्रो सेल्फी आउँछ वा ओप्पो सेल्फी एक्सपर्ट हो भन्ने कुरा हल्ला बाहेक केहिपनि होइन ।’ उनका अनुसार फोटो राम्रो खिच्ने भन्ने सुनिएकै कारण ओप्पो मोबाइल किन्नु मुर्खता हो । ‘मोबाइल बढी तात्ने समस्या ओप्पोमा सामान्य हो । यसको प्रोसेसरनै पैसा तिरेअनुसार निकै तल्लो स्तरको भएकोले मोबाइल तात्ने समस्या बढी छ । ओप्पोले राम्रो फोटो खिचेन भन्ने कुरा पनि सत्य हो । 
यसको क्यामरा र ओप्पोमा जडित सफ्टवेरको कम्बिनेसन मिलेको छैन । त्यसैले राम्रो फोटो नखिच्नु सामान्य हो । फोन ह्यंग हुन्छ भन्ने कुरा पनि सत्य हो । कमजोर प्रोसेसरका कारण यस्तो हुन्छ । ब्याट्री राम्रोसँग टिक्दैन भन्ने कुरापनि सहि हो । यो पनि मोबाइलमा जडित सफ्टवेर र प्रोसेसरको कम्बिनेसन नमिल्दा भएको हो ।’ उनले हामीलाई स-विस्तार सुनाए ।
यो पनि पढ्नुहोस् !
Hamro Parto AD
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: