×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

laxmi sunrise bank

एक्सक्लुसिभ : आइक्यानका उपाध्यक्ष प्रकाशजंग थापा ‘पीआर होल्डर’ भएको खुलासा !

  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौँ –  हाल नेपाल चार्टड एकाउन्टेन्ट्स संस्था (आइक्यान)का उपाध्यक्ष रहेका प्रकाश जंग थापासँग अष्ट्रेलियाको पीआर रहेको खुलासा भएको छ । अष्ट्रेलियामा समेत उनको फर्म रहेको तथ्य बाहिर आएपछि उनीसँग अष्ट्रेलियाको पीआर रहेको खुलेको हो । लामो समय अस्ट्रेलिया बसेर २०१३ मा नेपाल फर्केका उनको अस्ट्रेलियामा पनि सिए फर्म रहेको प्रमाण फेला परेको छ । अस्ट्रेलियामा निजी फर्म दर्ता गर्न त्यहाँको स्थायी वासिन्दा (पिआर) स्वीकृति पाएको हुनुपर्छ। 
नियममा के छ ?
लालबाबु पण्डित सामान्य प्रशासन मन्त्री हुँदा उनले डिभी र पीआर धारीहरुलाई निजामति कर्मचारी हुन नपाउने नियमलाई पास गराएका थिए । उक्त नियमको अक्षरस पालना गर्ने हो भने थापा नेपालको सरकारी, अर्ध-सरकारी वा नियामक निकायमा बस्न पाइँदैन । यसअघि अर्थ सरोकार डटकमसँग कुराकानी गर्दै लालबाबु पण्डितले पीआर धारी आईक्यानको अध्यक्ष हुन नपाउने स्पष्ट पारेका थिए । ‘नेपाल सरकारको एक रुपैयाँमात्र लगानी भएको ठाउँमा पनि पीआरधारी बस्न पाउँदैन। ‘ अर्थ सरोकार डटकमसँग कुराकानी गर्दै उनले भनेका थिए ।
यता सामान्य प्रसासन मन्त्रालयका प्रवक्ता शिवराम न्यौपानेले मन्त्रालयलाई जानकारी भएसम्म नियम विपरित पीआर बोकेर नेपाल सरकार अन्तर्गतका विभिन्न निकायमा काम गर्नेहरुलाई कारवाहीको प्रक्रिया अगाडी बढाईने बताएका छन् ।  उनले विद्यमान नियमअनुसार पीआर बोकेका कुनैपनि राष्ट्र सेवक कर्मचारीहरु पाईएको खण्डमा तीनलाई तुरुन्त कारवाही प्रक्रिया अगाडी बढाईने बताएका छन् । उनले पीआर बोकेर कुनैपनि सरकारी निकायमा काम गरेको पाईए तुरुन्त कारवाही प्रक्रिया अगाडी बढाउन सकिने बताएका छन् । ‘हामीले जानकारी पाएसम्म अनुसन्धान गर्छौं । अनुसन्धानपछी कसैको पीआर भएको कुरा प्रमाणित भयो भने उसलाई कानुनत: कार्वाहि हुन्छ, त्यसमा कुनै शंका छैन ।’ अर्थ सरोकार डटकमसँग कुराकानी गर्दै उनले भने ।
के भन्छन् आइक्यानका उपाध्यक्ष प्रकाशजंग थापा ?
अर्थ सरोकारकर्मी सुरज प्याकुरेलसँग कुराकानी गर्दै आइक्यानका उपाध्यक्ष प्रकाश जंग थापाले आफुसँग पीआर नभएको दावी गरेका छन् । आफु यसअघि अष्ट्रेलियामा बसेको स्वीकार्दै उनले सन् २०१२ मानै आफु नेपाल आएर काम गरेकाले आफुसँग अष्ट्रेलियाको पीआर नभएको उनको दावी छ । ‘तपाईंसँग अहिलेचाहिं पीआर छ कि छैन ।’ भन्ने हाम्रो सीधा प्रश्नमा उनलेपनि सीधानै उत्तर दिए, ‘छैन’। ‘तपाईंसँग पीआर भएको भन्दै छानविनको मागसहित विभिन्न निकायमा उजुरी परेको छ नि ?’ भन्ने हाम्रो अर्को प्रश्नमा उनी भन्छन्, ‘आवश्यक परेपछि त्यसकोपनि जवाफ दिउंला । तर अहिले म नेपालमा छु र नेपालमै काम गरिरहेको छु ।’
Hamro Parto AD
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: