×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

laxmi sunrise bank

प्रधानसेनापति क्षेत्रीले टेलिभिजनबाट ‘माओ’लाई सम्झिएपछि

प्रधानसेनापति राजेन्द्र क्षेत्रीले संस्थागत विचार राख्ने क्रममा नेपाली जनता र सेनाबीचको सम्बन्धबारे उदाहरण दिदाँ माओत्सेतुङलाई सम्झिएका छन् । 
उनले जनता र सेनाबीचको सम्बन्ध माछा र पानीको जस्तो भएको बताएका छन् ।दोस्रो चरणको स्थानीय चुनाव मिति सन्निकट आइराख्दा सेनापतिले सुरक्षा चुनौतिबारेको जिज्ञासामा सेनापति क्षेत्रीले सो विचार व्यक्त गरेका हुन् । असार १४ को चुनावमा पहिलेको भन्दा सुरक्षा चुनौति जटिल रहेको औल्याउँदै जनताकै सहयोगमा सहज तुल्याउन सकिने बताए ।
सोही प्रसंगमा सेनापति क्षेत्रीले चिनियाँ कम्युनिस्ट तत्कालीन अध्यक्ष माओत्सेतुङले जनता र सेनाबीचको सम्बन्धबारे गरेका परिभाषालाई सम्झेका छन् । बिहीबार एक टेलिभिजनमा अन्तर्वार्ता दिँदै क्षेत्रीले भने ‘कमरेड माओले भनेझैं नेपाली सेना र नेपाली जनताको सम्बन्ध भनेको माछा र पानीको जस्तै हो ।’ क्षेत्रीले सेनालाई माछा र जनतालाई पानीको रुपमा परिभाषित गरे ।
प्रधानसेनापतिले माओत्सेतुङको भनाईलाई उदाहरण्को रुपमा पेश गर्दै आत्मसाथ गरेको विषयललाई महत्वकासाथ हेरिएको छ । कम्युनिस्टको दोहोलो काढ्दै उद्यत नेपाली कांग्रेसले सरकारले सरकारको नेतृत्व गरिरहेको बेला क्षेत्रीको उक्त भनाई आएको छ । अर्को प्रसंगमा जनताको साथ पाइएमा जस्तोसुकै सुरक्षा चुनौति हल गर्न सकिने उनको भनाई छ ।
त्यस्तै नेपाली सेनाले सामाजिक र विकाससम्बन्धी महत्वपूर्ण कार्य पूरा गर्दै आइरहेको उनले बताए । गाउँबस्ती पुगेको बेला मन्दिर र विद्यालय मर्मत, जनस्वास्थ्योपचारलगायत थुप्रै जनहित र सामाजिक सेवालाई फुर्सदको बेलामा निरन्तरता दिँदै आइरहेको उनको भनाई छ ।
सेनाले मध्यपश्चिम र पश्चिम क्षेत्रलाई लक्षित गर्दै छिट्टै ठूलो स्तरको अस्पताल संचालन गर्ने योजना तय गरेकाे पनि सुनाए । पहिलो चरणको स्थानीय चुनावमा ३५ हजार सेना मैदानमा खटिएको जानकारी पनि उनले दिए ।
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: