×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

laxmi sunrise bank

रविनाको अन्त्येष्टि, ‘हत्यारालाई’ जन्मकैदको माग : कस्तो कारबाही हाला चालकलाई ?

काठमाडौं – छोरीको शव अस्पतालमा राखिरहँदा समस्या बढ्दै जाने निष्कर्षमा सूर्य चौधरी पुग्नुभयो । उहाँलाई लाग्यो, ‘छोरीको अन्त्येष्टि नगर्नु आफूसँगै परिवारको पीडा पनि थपिँदै जानु हो ।’छोरी दुर्घटनामा परी मारिएको पाँचौं दिन बिहीवार बिहान शिक्षण अस्पतालमा छोरीको शव बुझेर उहाँले अन्त्येष्टि गराउनुभयो । ‘सधैं उही साथ पाउन सकिन्न । दिनदिनै घरमा आउनेहरू घट्दै छन् । म पनि यही कुरामा अल्झेर बस्न सक्दिनँ । परिवार छ, पाल्नुपर्छ । काम नगर्दा खान पाइँदैन । आजको अन्नपूर्ण पोस्टमा खबर छ ।
कति दिन यही घटनाको पछाडि लाग्नु ? अस्पतालमा छोरीको शव छ भन्ने सोच्दा पनि भक्कानो छुटेर आउँथ्यो’, छोरीको अन्त्येष्टि गरेपछि सूर्यले थकित स्वरमा भन्नुभयो ।उहाँले आफ्नो एउटा अडान भने परिवर्तन गर्नुभएको छैन, ‘छोरीका हत्यारालाई कडाभन्दा कडा सजाय ।’गत सोमवार बिहान वीरगन्ज-काठमाडौं चल्ने रात्रिबसले बसुन्धरामा जेब्रा क्रसमा ठक्कर दिँदा सूर्यकी २३ वर्षीया छोरी रविनाको घटनास्थलमै निधन भएको थियो ।
स्कुल पढाउन घरबाट हिँडेकी छोरीको दुर्घटनाको खबर सुन्नेबित्तिकै सूर्यको होसहवास उडेको थियो । चार छोरी र श्रीमतीसाथ सुकेधारामा विगत १७÷१८ वर्षदेखि बस्दै आएका उहाँ गाडी मेकानिक हुनुहुन्छ । इटहरीबाट काठमाडौं सरेका सूर्यलाई काममा भान्जा ईश्वरले सघाउँदै आएका थिए । बीबीएस चौथो वर्षको परीक्षा दिएर बसेकी रविना परिवारको आशा थिइन् । ‘मलाई कुनै कुराको लोभ छैन । छोरीको हत्यारालाई कडाभन्दा कडा सजाय दिइनुपर्छ । मैले जन्मकैद नै माग गरेको छु । प्रहरीले पनि कडाभन्दा कडा सजाय गर्छु भनेको छ’, सूर्यले भन्नुभयो ।
त्यसो त तेस्रो पक्ष बिमाबापत सूर्यको परिवारले पाँच लाख रुपैयाँ पाउनेछ । ‘तर, पैसाले मेरो छोरीको जीवन आउँदैन । मेरो छोरीको हत्याराले जन्मकैद पाओस् ता कि भविष्यमा फेरि यस्तो घटना नदोहोरियोस्’, उहाँले भन्नुभयो । घटना भएको भोलिपल्ट मंगलवार यातायात व्यवसायी संघका प्रतिनिधि र पीडित पक्षबीच छलफल भएको थियो ।
छलफलमा पीडित पक्षले दोषीलाई कडाभन्दा कडा कारबाहीको माग राखेपछि व्यवसायी संघका प्रतिनिधि हिँडेका थिए । त्यसयता यी दुई पक्षबीच छलफल भएको छैन । ‘उहाँहरू (यातायात व्यवसायी)सँग कुरा गरिरहनु आवश्यक छैन । कानुनअनुसार हामीले न्याय पाउनुपर्‍यो’, सूर्य भन्नुहुन्छ । सूर्यले शुक्रवार आफूलाई प्रहरीले बोलाएको बताउनुभयो । रविनाको पोस्टमार्टम रिपोर्ट आइसकेको छ । रिपोर्टमा रविनाको करङ भाँच्चिएको र टाउकोबाट गाडीको चक्का कुदेको पाइएको छ ।
घटनाको अनुसन्धान महाराजगन्ज प्रहरी वृत्तले गरिरहेको छ । सवारी ज्यान मुद्दामा अनुसन्धान भइरहे पनि कुन दफा लगाउने भन्ने चाहिँ बृहत् अनुसन्धान र प्रमाणको संकलनपछि मात्र थाहा हुने अनुसन्धानमा खटिएका प्रहरी बताउँछन् ।प्रहरीले बसका चालक बाराको निजगढ स्थायी घर भएका २५ वर्षीय विनय तामाङलाई नियन्त्रणमा लिएर अनुसन्धान गरिरहेको छ ।
सवारी ज्यान मुद्दामा घटनाको प्रकृतिअनुसार विभिन्न सजायको व्यवस्था छ । लापरबाही ढंगले चलाएर ज्यान गएको हो भने चालकलाई २ वर्षदेखि १० वर्षसम्मको कैद सजाय हुने व्यवस्था छ । सावधानी अपनाउँदा अपनाउँदै ज्यान गएको हो भने चालकलाई एक वर्षसम्मको कैद वा २० हजार रुपैयाँसम्म जरिवाना हुने व्यवस्था छ । यसैगरी ज्यान मार्ने नियतले सवारी चलाएर ज्यान लिएको हो भने चालकलाई जन्मकैदसम्मको सजाय हुन्छ । मृतक रविनाका आफन्तको माग भने प्रष्ट छ, ‘अपराधीलाई हदैसम्मको कारबाही हुनुपर्छ ।’
रविनाको दुर्घटना गराउने चालकलाई अधिकतम सजाय २ देखि १० वर्षसम्मको कैद सजाय हुन सक्छ । यातायात व्यवसायी र पीडित पक्षबीच हुने सहमतिले गर्दा अधिकांश सवारी ज्यान मुद्दा ‘सावधानी अपनाउँदा अपनाउँदै ज्यान गएको’ दफा लगाएर अपराधीलाई उन्मुक्ति दिने विगतको प्रचलन रहेको पाइन्छ । यसमा प्रहरीको समेत मिलेमतो रहने गरेको पाइएको छ ।
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: