×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

PRIME CA
laxmi sunrise bank

‘कर फछ्र्यौट आयोग’माथि सरकारबाहेक कुनै आयोगले छानविन गर्न पाउँदैन’ : पूर्वअर्थमन्त्री रामशरण महत

  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौँ – पूर्व अर्थमन्त्री डा. रामशरण महतले ‘कर फछ्र्यौट आयोग’माथि सरकारबाहेक कुनै आयोगले छानविन गर्न  नपाउने बताएका छन् । आर्थिक पत्रकार मञ्च नेपालले आज यहाँ आयोजना गरेको ‘कर फछ्र्यौट आयोग : समस्या कि समाधान ?’ विषयक अन्तक्र्रियामा टेलिफोनमार्फत बोल्दै उनले यस्तो बताएका हुन् । 
डा महतले कर फछ्र्यौट आयोग आफैमा संवैधानिक आयोग भएकाले सरकारले बाहेक अरू कुनै निकायले आयोगमाथि छानबिन गर्न नपाउने स्पष्ट पारे । ‘कर फछ्र्यौट आयोगले गरेको निर्णयलाई अर्को निकायले अनुपयुक्त हो भन्न मिल्दैन ।’ उनले भने । 
यता कर फछ्र्यौट आयोगका पूर्व अध्यक्ष चण्डी श्रेष्ठले कर फछ्र्यौट आयोग समाधानको महत्वपूर्ण निकाय भएको भन्दै आयोगले गरेका निर्णय उल्टाउन नमिल्ने बताए । उनले करदाता र कर प्रतिनिधिबीच भएका विवादहरू बढाउनु उचित नभएको धारणा राखेका थिए । 
यता आन्तरिक राजस्व विभागका पूर्व महानिर्देशक अरबिन्दकुमार श्रेष्ठले भने नेपालमा कर फछ्र्यौट आयोगको आवश्यकता नरहेको बताए । उनले देशमा थुप्रै आयोग बनेकाभए पनि विवादमा ल्याउने काम गरेको भन्दै कर अधिकृत र करदाताबीचको सम्बन्धभन्दा बाहिर रहेर आयोगले कुनै काम गर्न नपाउने बताए । 
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: