×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

laxmi sunrise bank

अन्ततः फुट्ने नै भो कमल थापाको पार्टी, कुन नेता कता ?


अर्थ सरोकार सम्बाददाता
काठमाडौं – राप्रपा अध्यक्ष कमल थापा कांग्रेस सभापति शेरबहादुर देउवा नेतृत्वमा बन्न लागेको सरकारमा सहभागी हुन खुट्टा उचालेर बसेका छन् । उनी उपप्रधानसहित कुनै एक मन्त्रालय पाएमा मात्रै पनि सरकारमा सहभागी हुने छन् ।

तर, प्रधानन्यायाधीश प्रकरणमा आवेगमा आएर पार्टीले सरकार छाडेपछि बिग्रेको ग्रहदशा झनझन् बिग्रने संकेत देखापर्दै छ । सरकारमा सहभागी बन्न थापाले खुट्टो उचालेर बस्दा कांग्रेस–माओवादी भन्दैछन्, – उपप्रधान दिन सकिन्न, केही थान मन्त्री दिन सकिन्छ । यसले एकातिर थापाको सत्तारोहण रोकिने देखिँदैछ भने पार्टीमा नजानिदो रुपमा विभाजनको रेखा कोरिँदै छ ।

राप्रपा निकट स्रोतका अनुसार, कमल थापा यतिबेला आफैंले सरकारको नेतृत्व गरेर जानुपर्ने पक्षमा छन् । उनीबाहेकका नेताले नेतृत्व गरेर सहभागी जाउन् भन्ने चाहना थापामा छैन । उनी आफू पाए जाने, नत्र सरकारमै सहभागी नहुने अमिल्दो तर्क गरेर बसेका छन् । तर, उनको यस्तो चाहनामा पार्टीभित्रका अन्य नेता असहमत छन् ।

स्रोतका अनुसार, थापाबिनै सरकारको नेतृत्व गरेर पार्टी सरकारमा जानुपर्ने पक्षमा दीपक बोहरा छन् । दीपकको लाइनमा सुनिल थापा, रामकुमार सुब्बा, रेशम लामा, कमला शर्मा, सीता लुइँटेल, बिराज विष्टलगायतका नेता छन् ।चितवनमा पराजयपछि पूर्व भूमिसुधार मन्त्री बिक्रम पाण्डे पनि कमल थापासँग आगो छन् । अहिले यही समूह सरकारमा जानुपर्ने दबाब थापालाई दिइरहेका छन् । विश्वस्त स्रोतका अनुसार, यो समूहले सकेसम्म थापालाई मनाउने, नमाने पार्टी विभाजन गर्ने सोँच बनाएका छन् ।

यही समूहले केही हप्ताअघि छुट्टै भेला गरेर कमल थापालाई चुनौती दिएको थियो । राप्रपाका अधिकांश नेताहरूको बुझाइ माघ ७ गतेसम्म पार्टी कमजोर हुने र अहिले नै लाभको पद जसरी हुन्छ हासिल गर्नुपर्छ भन्ने छ । यही सोँचका कारण कमजोर बन्दै गएको राप्रपा थप कमजोर भएको जानकारहरू बताउँछन् । साँघु साप्ताहिकमा खबर छ ।

Hamro Parto AD
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: