×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

PRIME CA
laxmi sunrise bank

रोपाइँ छाडेरै निर्वाचनमा

झापा – बीस वर्षपछि बुधबार हुन लागेको दोस्रो चरणको स्थानीय निर्वाचन पूर्वका गाउँमा यसरी लागेको छ, मानौं- कुनै भव्य उत्सव आयोजना भइरहेको छ । राजपालाई मनाउने प्रयासमा यसअघि कहिल्यै नभएको तिथि मध्यअसारमा तोकिएको चुनावले रोपाइँमा असर पुर्‍याएको छ तर किसानलाई यसको कुनै परवाह छैन । आजको अन्नपूर्ण पोस्टमा खबर छ ।
यसअघि तीन कार्यकाल स्थानीय निर्वाचन नभई जनप्रतिनिधिविहीन बस्नुपरेको तोडमा मतदाता यसपालि सचेत देखिएका छन्- उनीहरूले उपलब्धमध्ये सर्वोत्तम छनोटका लागि तयारी गरिरहेको छनक गाउँका चियापसल, चोक र चौतारामा बुझ्न सकिन्छ । चुनावका कारण व्यापार, व्यवसाय पनि प्रभावित भएका छन् ।
काठमाडौंलगायत बाहिरबाट मतदान गर्नै भनेर स्थानीय गाउँमा ओइरिरहेका छन् । मौनअवधि सुरु भइसकेपछि गाउँ उत्रिएका मतदाता उम्मेदवारको विशेषता थाहा पाउन खासखुस गरिरहेका छन् । प्रदेश नम्बर एकको सुदूर पूर्वी जिल्ला झापाका कतिपय ठाउँमा रोपाइँको काम सुरु हुनै सकेको छैन, रोपाइँ भएकै ठाउँमा पनि स्थानीय चुनावको चर्चाले खेतीपाती ओझेल पारेको छ ।
स्थानीय निर्वाचनको दिन बुधबार किसानले मतदान गर्न जानुपर्ने भएका कारण रोपाइँ राखेका छैनन् पनि । विर्तामोड नगरपालिका-१० स्थित विराटपोखरनजिक स्थानीय प्रमिला महतो, प्रतिमा राजवंशी, मालती महतोलगायत १५ जना किसान मंगलबार धान रोप्दै थिए तर चर्चा त्यहाँ पनि चुनावकै थियो । उनीहरूलाई मेलो कसरी सिध्याउने भन्ने हतारो पनि थियो । मतदानका लागि जान बुधबारको मेलो पनि मंगलबार नै सक्नुपर्ने चटारो उनीहरूलाई थियो ।
बल्लतल्ल आएको स्थानीय तह निर्वाचनका लागि भोट हाल्न उनीहरू आतुर देखिए । बुधबारका लागि उनीहरूले कुनै काम राखेका छैनन् । धान रोप्दै गरेकी मालती महतोले अन्नपूर्णसँग हाँस्दै भन्नुभयो, ‘सबै काम छाडेर भए पनि भोट हाल्न जाने हो । जसरी पनि आफ्ना प्रतिनिधि छान्नु छ ।’ २० वर्षसम्म स्थानीय जनप्रतिनिधिको अभावमा टालटुले काम मात्र व्यहोरेका उनीहरूलाई अब छानिएर आउनेहरू विकास निर्माणलाई गति दिनुपर्छ भन्ने लागेको छ । खानेपानी, बिजुली, सडकलगायत नागरिकका माग अब सुनुवाइ हुन्छ भन्ने आशामा उनीहरू छन् । धान रोप्दै गरेकी प्रमिला महतोले भन्नुभयो, ‘हामीलाई आशा छ, अब जनताका काम हुन्छन् । तर, प्रतिनिधि छानिएकाहरूले जनतालाई विर्सनु भएन ।’
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: