×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

laxmi sunrise bank

अर्थ सरोकारमा छापिएको एउटा विश्लेषण, जसले लेखक र पाठकको विवाह गराईदियो…!

तस्विर : वालकृष्ण प्रजापति 
  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौँ – पत्रकारिता गर्दै जाँदा एउटा समाचार डेस्कमा अनेकौं ‘इस्यु’ आउँछन् । सधैंजसो अरुको समाचार बनाउने संचारगृह कहिलेकाहीं आफैं समाचारको पात्र बन्दो रहेछ । यसपटक हामीलाईपनि त्यस्तै भयो । अर्थ सरोकार डटकममा लेखिएको एउटा लेखले, लेखक र पाठकको विवाह भयो भन्ने सुन्दा कस्तो अनुभव हुँदो रहेछ भन्ने मनन गर्ने मौका पायौं हामीले । विवाहको केहि दिन अगाडी कार्ड पठाउँदै एक युवाले ‘हाम्रो विवाह अर्थ सरोकार डटकमकै कारण सम्भव भयो, जसरी पनि आउनुपर्छ भनेपछी हामी अचम्ममा पर्यौं । खास भएको त्यस्तै रहेछ । अर्थ सरोकार डटकममा छापिएको एउटा विश्लेशाणात्मक लेखले एक जोडी प्रेममा परेछन्, विवाह गरेछन् ।
कुरा सन्तोष राज बजगाईंको हो । सेयर बजारमा दखल राख्ने जो-कोहिले कतै न कतै सुनेको नाम हुनुपर्छ यो ।एउटा कुशल विश्लेषक । सेयर बजारको सानो लगानीकर्ता तर ‘स्मार्ट’ युवा । सानो उमेर तर ठूलो सोच । अहिले थ्री एस इन्भेष्टमेन्टका सीईओ । सेयर बजारसम्बन्धि तालिमका लागि डिमाण्डेड युवा । २५ बर्षको कलिलो उमेरमै ठुलो सफलता पाएका बजगाईंको सामान्य परिचय हो । अरु परिचय बनाउंदैछन् उनी । 
विवाह अधिकांसले गर्छन् । यो रिति र आवश्यकता दुवै हो सायद । सन्तोषलेपनि गरे । अर्थ सरोकारले किन उसको विवाहलाई पनि समाचारको रुप दिंदैछ ? यो प्रश्न हाम्रा पाठकहरुका लागि सामान्य हुनसक्छ । उत्तर सहज छ । किनकि यो फरक खालको विवाह हो, जहाँ अर्थ सरोकार डटकम आफैं जोडिएको छ । हो !, सन्तोषको विवाह- कहानी अलि फरक छ । जेठ २५ गते दोलखाकी मन्दिका काफ्लेसँग वैवाहिक जीवनमा बाँधिएका सन्तोषको प्रेम-कहानी अलि भिन्न छ । भिन्न यसकारण छ कि, उनलाई सेयर बजारले नाफामात्र दिएन, जीवनसाथीपनि दियो। लगानीकर्ताका हैसियतले अर्थ सरोकार डटकममा लेख लेखेका उनले त्यहि लेखका कारण जीवनसाथी पाए । 
तस्विर : वालकृष्ण प्रजापति 
यसरी बस्यो प्रेम !
सन्तोष राज बजगाईंले अर्थ सरोकारमा लेख लेखे । बजार बढीनै तल-माथि भएका बेला उनको त्यो लेख निकै ‘हिट’ भयो । धेरैले उनको विशलेषणात्मक क्षमताको तारिफ गरे । साना लगानीकर्तादेखि ठुला लगानीकर्तासम्मले उनको खुलेरै प्रशंसा गरे । ‘उनको फ्रेन्ड रिक्वोएष्ट आएको रहेछ, मैले लगानीकर्ता बुझेर ‘एसेप्ट’ गरें । केहि दिन कुरा भएन ।’ सन्तोष अगाडी सुनाउँछन्, ‘एक दिन रातको १२ बजे तिर फेसबुकमा एउटा पोष्ट गरें । पहिलो लाइक उनको आयो । यति राती मेरो पोष्ट लाइक गर्ने को रहेछ भनेर बुझ्न खोजें ।’ 
‘उनलाई ‘हेल्लो’ भनेर मेसेज पठाएँ । कुरा बढ्दै जाँदा उनले अर्थ सरोकार डटकममा मेरो लेख पढेकी रहिछिन् । त्यहि देखेर मलाइ फेसबुकमा एड गरेकी रहेछिन् ।’ सन्तोष सुनाउँदै गए, ‘कुरा हुँदै गयो । हामीले संचालन गरेको सेयर तालिममा पनि उनी आउन थालिन् । नजानिँदो पाराले प्रेम बस्यो । विवाह मङ्सिर तिर गर्ने भन्ने कुरा थियो । तर उनीपनि तयार, मपनि तयार किन पर्खनु भन्ने कुरा भयो । त्यसपछी आँटीयो, विवाह गरियो ।’ 
प्रेम गरियो तर एरेन्जजस्तो बनाइयो !
‘प्रस्ताव पहिला कसले राख्यो ?’ हाम्रो प्रश्नमा सन्तोष भन्छन्, ‘ठट्टा-ठट्टामा कुरा भयो । एक दिन उनीसँग कुराकानी गर्दै गर्दा नेपथ्यमा नारायण गोपालको गीत बज्दै थियो । मैले ठट्टा ठट्टामा प्रेम प्रस्ताव राखें । त्यति सिरियस प्रपोज गर्नु परेन । मेरो प्रस्तावको उत्तरका लागि उनले एक दिनको समय मागिन् । भोलिपल्ट उनले ‘एस’ भनेपछि सक्किगो नि !’ त्यसपछि घरमा कुरा राखें । हल्का एरेन्ज जस्तो बनाइयो । बुबाले उनको परिवारसँग कुरा गर्नुभयो । त्यसपछि विवाह सम्पन्न भयो ।’
‘प्रेम गरेको छोटो समयमा नै विवाह भएकाले खास धेरै क्षणहरु त अविश्मरणीय छैनन्, तर उनीसंगको हरेक पल सम्झनायोग्य छ ।’ सन्तोषले सुनाए, ‘जीवनमा यतिको राम्रो साथी पाएकोमा निकै खुसी छु ।’ अलि बढी नै ठट्टा गर्नुपर्ने सन्तोषले विवाहपूर्व नै फेसबुकमा मन्दिकाको तस्विर सार्वजनिक गरे । केहीको गालीपनि खाए । उनको सहज उत्तर थियो, ‘उनको ममाथि विश्वासपनि बढ्छ, उनको साथी छ भनेर अरु केटाहरुपनि पछी लाग्दैनन् भनेर त्यसो गरेको हुँ ।’ 
तस्विर : वालकृष्ण प्रजापति 
उनको यो ‘लजिक’ सुनेपछि हामीले मन्दिकाले शंका गर्छिन् कि क्या हो ? भनेर सोध्यौं । हाम्रो प्रश्नमा उनी भन्छन्, ‘मन्दिकाजस्तो विश्वास गर्ने केटिमान्छे सायदै हुन्छन् होला । आफ्नै भएर त्यस्तो लागेको पनि होला । ममाथि उनी पूर्ण विस्वास गर्छिन् ।’ कुरै कुरामा उनले पोल खोलीहाले, ‘केहि महिनाअघि थाइल्याण्ड जाँदा, घुमेरमात्र आउंछु, म मान्छे सबैको भएपनि श्रीमान् तिम्रो मात्र हुनेछु’ भनेर कसम खाएको थिएँ । उनीपनि मेरो विश्वासदेखि निकै खुसी छिन् ।’ 
मन्दिका लजाईरहिन् !
हुन त बेहुली हुँदा नलजाएको मान्छे, कहिले लजाओस् ! विवाहको पार्टीमा हामीले मन्दिकासँगपनि केहि कुरा गर्ने प्रयास गर्यौं । तर उनी लजाईमात्र रहिन् । सन्तोषले ‘उहाँ अर्थ सरोकारको दाइ’ भनेर परिचय गराउंदा उनी बढी नै लजाईन्, हाँसिनपनि । त्यसपछी उनीसँगको सम्बाद अगाडी बढ्न सकेन ।

वैवाहिक जोडीलाई हाम्रोपनि बधाई !
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: