×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

laxmi sunrise bank

‘देशमारा’ शिवम् सिमेन्टको ठगी गर्ने अर्को ‘आइडिया’, नयाँ ‘स्किम’ पछाडी कर छल्ने यस्तो ‘बदनियत’ !

  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौँ – बिजुली चोरेर देशलाई अन्धकारतर्फ धकेल्ने काम गरेको, र नेपाललाई ‘उज्यालो नेपाल’ बनाउने कुलमान घिसीङको महाअभियानलाई असहयोग गरेपछि ‘देशमारा सिमेन्ट’ को उपमा पाएको शिवम् सिमेन्टले देश र जनता ठगी गर्न अर्को पासा थापेको छ । यसअघि जनतालाई बिग्रेको सिमेन्ट दिएर होस् वा गुणस्तरमा ‘कम्प्रमाइज’ गरेर होस्, ठगी गरिरहेको सिमेन्ट उद्योगले सिमेन्टप्रति जनताको विश्वास एकातर्फ घट्दै  गएको र अर्कोतर्फ देशलाई मारेर मोटाउने धन्दामा करछली गर्न आफ्ना विक्रेताहरुलाई सिकाउने ‘बदनियत’ साथ असार १४ देखि नयाँ स्किम ल्याएको छ ।

यो छुटाउनु भयो कि ?
शिवम् सिमेन्टले ल्याएको नयाँ स्किम अनुसार अबदेखि शिवम् सिमेन्टका प्रत्येक २० बोराको खरिदमा अर्को १ बोरा शिवम् सिमेन्ट सित्तैमा पाइने भएको छ । यसअघि शिवम् सिमेन्ट लिमिटेडले गत वर्षको दशैं, तिहार र छठ पर्वको अवसरमा पनि आफ्ना सम्पूर्ण ग्राहकहरुलाई चाडपर्वको शुभकामना व्यक्त गर्दै “चाँदी नै चाँदी” नामक योजना स्वरुप सम्मान व्यक्त गरेको थियो । सो योजना अन्तर्गत, चाडपर्वको अवसरमा शिवम् सिमेन्टले प्रत्येक ४० बोरा सिमेन्टको खरिदमा १० ग्राम “लक्ष्मी-गणेश”अकिंत चाँदीको सिक्का उपहार योजना लागू गरेको थियो । तर उक्त योजनाबाट कर छल्ने काम सम्भव नभएको भन्दै उद्योगकै मिलेमतोमा काम गरिरहेका विभिन्न विक्रेताहरुले गुनासो पोखेपछी उनीहरुकै अनुरोधमा झट्ट हेर्दा सित्तैमा सिमेन्ट दिएजस्तो पनि हुने र कर पनि चल्न पाइने ‘आइडिया’ दिएपछि शिवम् सिमेन्टले यस्तो अफर ल्याएको हो ।  

यस्तो छ शिवम् सिमेन्टको बदनियत !
शिवम् सिमेन्टमै कार्यरत एक लेखा विभागका कर्मचारीले दिएको जानकारी अनुसार, विक्रेताकै छलफलमा शिवम् सिमेन्टका ब्राण्ड मेनेजर केशव अर्यालले यस्तो अफरको डिजाइन गरेका हुन् । ‘यो अफर अनुसार २० बोरा सिमेन्ट दिंदा एक बोरा सिमेन्ट सित्तैमा आउनेछ । शिवम् सिमेन्टले आफ्ना विक्रेताहरुलाई सकेसम्म रिटेल ग्राहकहरुलाई भ्याट बिल नदिए हुन गरेका फाइदाहरु सिकाउने गरेको छ । यो २० बोरा सिमेन्ट किन्दा १ बोरा सिमेन्ट सित्तैमा दिने अफरपनि यसलाई ‘बोल्ने बाटो’ राख्ने आधारमात्र हो ।’ शिवम् सिमेन्टका कर्मचारीले अर्थ सरोकार डटकमसँग भने, ‘ सिमेन्टले सकेसम्म आफ्ना ग्राहकहरुलाई बिल नदिन आफ्ना विक्रेताहरुलाई सिकाएको छ । सयौं बोरा सिमेन्ट विक्री गर्दापनि आफ्ना ग्राहकहरुलाई भ्याट बिल नदिने शिवम् ले सिकाएको छ । यो ग्राहक र देश ठग्ने तर आफ्नो सिमेन्ट जवर्जस्ती राम्रो छ बह्नेरा रिटेल ग्राहकलाई भिडाउने शिवम् सिमेन्टको रणनीति हो । पछी करमा पनि ‘क्लियर’ देखियोस् भन्दै केहि विक्री देखाउन फेक बिल काट्ने, वा बिल बेच्ने काम गर्दापनि २० बोरामा १ बोराका दरले कम विक्री देखाएर कर छल्ने बाटोलाई ‘कानुनत:’ जस्तो देखाउने बदनियत उद्योगले राखेको छ ।

यस्तो छ ‘ठगी’ को क्यालकुलेसन 
शिवम् सिमेन्ट उद्योगले आफ्ना ग्राहकहरुलाई सकेसम्म बिल नदिन सिकाएको छ । अहिले नै पनि शिवम् सिमेन्ट बेच्ने विभिन्न ट्रेडर्स हाउसहरुमा छापा मार्ने हो भने भ्याट बिल भनेर फ्रोफोमा इन्भोइस भिडाउने, बिल नै जारी नगर्ने र गरेपनि कम मूल्यको बिजक जारी गर्ने गरिएको शिवम कै कर्मचारीको दावी छ ।   
शिवम् सिमेन्ट उद्योगका लेखा विभागका एक कर्मचारीले दिएको ठगीको क्यालकुलेसनको उदाहरण यस्तो छ :
‘क’ नामको कुनै एक ट्रेडर कम्पनीले शिवम् सिमेन्ट बेच्छमानौं ‘क’ भन्ने उक्त कम्पनीले २० बोरा भन्दा कम सिमेन्ट दिएर १०० बोरा सिमेन्ट बेच्यो । ग्राहकसँग १०० बोराकै पैसा उठायो । ग्राहकलाई बिल दिएन । एउटा ठगी यहाँ भइनै हाल्यो । पछी फेक बिल काट्दा वा बिल बेच्दापनि वा करले ‘टाइट’ नै गरेका कारण सबैको बिल देखाउनुपरेको अवस्थामा उसले ९५ बोरा सिमेन्ट विक्री भएको बिल देखाउँछ । ५ बोरा सिमेन्ट नि:शुल्क दिएको उल्लेख गर्छ । र ग्राहकसँग ५ बोरा सिमेन्ट वापत उठाएको भ्याटको रकम आफ्नो खल्तीमा हाल्छ । 
यसो गर्दा सरसर्ती हेर्दा लेखामा कुनैपनि गल्ती देखिंदैन । करले छापा नै मार्यो भनेपनि उसले ग्राहकलाई नदिई विभिन्न निर्माण सेवालाई बेचेको वा आफु खुसी बिल कसैका नाममा काटेको देखाउँदा कर छलीनै कानुनत: जस्तो देखिन्छ । हजारौं बोरा सिमेन्ट बेच्ने विक्रेताले यसरी खुलेआम कानुनत: नै देखिने जसरी भ्याट छल्छन् । शिवम् सिमेन्ट बेच्दा यसरी फाइदा हुने भएपछि विक्रेताले पनि सकेसम्म शिवम् सिमेन्ट नै बेच्ने गर्छ । देश र जनता ठगिएपनि कम्पनी र विक्रेता दुबैलाई फाइदा हुन्छ । 

शिवम् सिमेन्टले यो स्किममा बदनियत गरेपनि उसले ब्रान्डीङको राम्रो शैली अपनाएको पनि बिर्सनु हुँदैन ।

यसबारे बुझ्न् हामीले हामीले शिवम् सिमेन्टमा बदनियतका साथ यस्तो स्किम डिजाइन गरेको आरोप लागेका ब्राण्ड मेनेजर केशव अर्यालसँग सम्पर्क गरेका थियौं । तर उनलाई फोन गर्दा उनले हाम्रो फोन उठाएनन् ।


यस्तो ठगी सामान्य हो : लेखा विज्ञ 
हामीले शिवम् का कर्मचारीले दिएको जानकारीका बारेमा करमा अभ्यास गरिरहेका एक चार्टड एकाउन्टेन्टलाई सोधेका थियौं । उनले सिमेन्ट उद्योगले गर्ने गरेको यस्तो बदमासी लामो समयदेखि चलिरहेको दावी गरेका छन् । ‘यसरी कर छली गर्नु नौलो कुरा होइन । यस्ता खाले स्किम ल्याउन कतिपय सिमेन्ट उद्योगहरुलाई त करमा अभ्यास गर्नेहरुले नै आइडिया दिएका हुन्छन् ।’ उनले भने । उनका अनुसार शिवम् मात्र नभई अन्य सिमेन्टले पनि यसरी कर छल्ने गरेका छन् । ‘सिष्टममा कुन उद्योग चलेको छ र ? अहिलेपनि सिमेन्ट र डण्डी उद्योगमा छापा मार्ने हो भने अधिकांस चोखा छैनन् । ठेकेदार कम्पनीलाई बिल बेच्ने र प्रोफोमा इन्भोइसलाई भ्याट बिल भनेर ठगी गर्ने अधिकांस सिमेन्टका विक्रेता हुन् । जहाँसम्म शिवम् सिमेन्टको कुरा छ, उसले यो मामलामा ठगी गरीरहेको, र गर्ने कुरामा कुनै शंका नै छैन ।’             
Hamro Parto AD
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: