×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

laxmi sunrise bank

सुरेन्द्र भण्डारीले सम्हाले बाफिया विपरित चलेको बैंकको कमान ! राष्ट्र बैंकसँगको दलालीको पनि ‘अदृश्य भूमिका’ !

  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौँ – बैंक तथा वित्तीय संथा ऐन विपरित चलेको भन्ने आरोप लागेको कुमारी बैंक लिमिटेडले नयाँ सीईओ पाएको छ । यसअघि सिद्धार्थ बैंकमा सिईओ रहेका सुरेन्द्र भण्डारी सिद्धार्थमा कार्यकाल नसकिंदै कुमारी बैंक गएका हुन् । संचालक समितिले उनलाई ४ बर्षका लागि नियुक्त गरेको हो । 
फलामको च्यूरा चपाउनुजस्तै हुनेछ भण्डारीलाई !
एनसीसीसँगको मर्जर अन्तिम चरणमा पुगेर भाँडिएपछि कमजोर मानिएको कुमारी बैंकभित्र संचालकको विवाद छ । नाकाबन्दीका बेलामा समेत सोझा नेपालीलाई ठग्ने अनि अदालतले दोषी ठहरिएपनि बैंक तथा वित्तीय संस्था ऐन २०६३ विपरित बैंककै सञ्चालक पदमा रहिरहने कुमारी बैंकका अयोग्य संचालक नरेश दुगडलाई व्यवस्थापन गर्नु उनको मुख्य चुनौती हुनेछ । यसो त पछिल्लो समय नेपाल राष्ट्र बैंकले कुमारीलाई बढी पेल्न थालेपछि राष्ट्र बैंकसँग राम्रो ‘दोस्ती’ भएका भण्डारीलाई दलाली गर्नकै लागिपनि कुमारी भित्र्याईएको सरोकारवालाहरुको आरोप छ।  पूँजी वृद्धिमा फड्को मारेको जस्तो देखिएपनि भित्र भित्रै खोक्रो बनेको बैंकको कमान सम्हाल्न उनले राष्ट्र बैंकको राम्रै दलाली गर्नुपर्ने जानकारहरु बताउँछन् । बैंकभित्रभित्रै झाँगिएको कर्मचारीको लफडा, अदालतले दोषी ठहर गरेका संचालकको भित्री आदेशमा चल्नुपर्ने अवस्था, नेपाल राष्ट्र बैंकले बैंकका विभिन्न कुराहरुमा गर्ने हस्तक्षेपलाई मिलाएर लैजान उनलाई सजिलो पर्ने छैन । यता दुगड प्रकरणदेखि मर्जर भाँडीएको प्रकरणसम्म आइपुग्दा जनताको विश्वास गुमाएको बैंकको नेतृत्व गर्नसमेत उनलाई कम्ती गाह्रो छैन ।
यस कारण निर्वाह गर्नुपर्ने छ ‘दलाल’को भूमिका !
अयोग्य संचालकलाई जोगाउन कुमारी र राष्ट्र बैंकका कर्मचारीबीच मोटो रकमको खलेखेल भएको समाचार यसअघिपनि बाहिरिएको थियो । भण्डारीलेपनि उक्त कुरालाई निरन्तरता दिनुपर्ने देखिएको छ । नयाँ सीईओ आएपछि राष्ट्र बैंकसंगको नयाँ खालको सेटीङ मिलाउनुपर्ने भएकालेपनि उनका लागि यो कार्यकाल त्यति सजिलो छिन । यसो त राष्ट्र बैंकसंगको दलालीमा खप्पिस भएका कारणले कुमारीमा भित्रिएको भन्ने आरोप लागेका भण्डारी राष्ट्र बैंकसँग मिलिरहेको सेटीङ भत्किन नदिन विशेषगरी बैंकमा अयोग्य संचालक दुगडको भित्री आदेशमा बैंकमा ल्याइएको जानकारहरु बताउँछन् । 
बैंक तथा वित्तीय संस्था ऐन २०६३ को परिक्षेद १ : प्रारम्भिक अन्तर्गत सेक्सन १८ को ‘ठ’ नम्बर बुँदामा ‘चोरी, ठगी, किर्ते, जालसाजी, भ्रष्टाचार, नैतिक पतन देखिने कुनैपनि फौजदारी कसुर वा बैंकिङ्ग कसुर गरेको अभियोगमा नेपाल वा विदेशी मुलुकको अदालतबाट कसुरदार ठहर भई सजाय भुक्तान भएको दश वर्ष अवधि व्यतित नभएको’ हकमा संचालक समितिमा बस्न नपाइने भन्न स्पष्ट व्यवस्था छ भने सोहि सेक्सनको बुँदा नम्बर ‘ण’ मा ‘ अदालतको फैसला बमोजिम लागेको कैद, जरिवाना तिर्न बुझाउन बाँकी रहेको, सरकारी बाँकी तिर्न बुझाउन बाँकी रहेको’ हकमा संचालक समितिमा बस्न नपाइने भन्ने स्पष्ट व्यवस्था छ । दुगड ग्रुपका सञ्चालक समेत रहेका कुमारी बैंक लिमिटेडका सञ्चालक नरेश दुगड बाफियामा रहेको यहि परिक्षेद १ : प्रारम्भिक अन्तर्गत सेक्सन १८ को ‘ण’ नम्बर बुँदाअन्तर्गत सञ्चालक समितिमा बस्न ‘अयोग्य’ छन् । 
तर उनलाई कुमारी बैंक लिमिटेडले अझै संचालक समितिबाट हटाएको छैन । यसका लागि नेपाल राष्ट्र बैंकका केहि उच्च तहका कर्मचारीसमेतको मिलेमतो रहेको स्रोतको दावी छ । ‘दुगड समूहले आएर नेपाल राष्ट्र बैंकका उच्च अधिकारीहरुलाई पटक- पटक मोटो रकम खुवाउने गरेका छन् । त्यहि रकमको लोभमा परेर नेपाल राष्ट्र बैंकले कुमारी बैंकलाई कारवाही गर्न सकेको छैन । यता रकमसँगै राष्ट्र बैंकका उच्च तहका कर्मचारीहरुलाई दुगड समुहले विभिन्न खाले धम्की दिने समेत गरेको छ । ‘ के- कति चाहिन्छ दिन्छौं, तर नरेश दुगडलाइ कारवाही गरिए राम्रो हुँदैन’ भन्दै पटक पटक गुगड समूहबाट धम्की आउने गरेको छ । यतिमात्र होइन उक्त समूहले राजनीतिक पावर लगाएर पटक- पटक गभर्नरलाई यस विषयमा थर्काउने गरेका कारण पनि नेपाल राष्ट्र बैंक चुप छ । 
कुमारीमा कमब्याक किन ?
अझ खास कुरा त के छ भने सिद्धार्थ बैंकका सिईओ हुनुपूर्व भण्डारी कुमारी बैंकमानै थिए । सिद्धार्थसँग सहमति तोडेर उनी किन कुमारी गए भन्ने कुरा खोजीको विषय बनेको छ । सिद्धार्थ बैंक स्रोतले संचालक र भण्डारीबीचको विवादका कारण भण्डारीले बैंक छोडेको बताउँछन् भने यता भण्डारी भने सिद्धार्थसँग आफ्नो कुनैपनि मनमुटाव नभएको स्पष्ट पार्छन् । ‘मेरो कुनैपनि मनमुटाव छैन । मैले त्यहाँका साथीहरुसँग सल्लाह गरेर नै आएको हो ।’ भण्डारीले अर्थ सरोकार सम्बाददातासंगको कुराकानीमा भने ।
यो पनि पढ्नुहोस् :

Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: