×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

laxmi sunrise bank

नवलपरासीमा बोल्दै गरेको माइक छोडेर यसरी भागे महन्थ ठाकुर ! प्रहरी तीनछक्क !

नवलपरासी । -नवलपरासीको परासीस्थीत बुद्धचोकमा भाषण गरिरहेका राष्ट्रीय राष्ट्रीय जनता पार्टी (राजपा)का संयोजक महन्थ ठाकुर एकाएक कुलेलम ठोकेपछि प्रहरी तिनछक्क पर्यो । आइतबार राजपाले आयोजना गरेको विरोध सभामा प्रहरी र कार्यकर्ताबीच झडप हुँदा ठाकुर बोल्दै गरेको माक छोडेर भागेका हुन् ।
उक्त झडपमा चार राजपाका कार्यकर्ता र एक प्रहरी सहायक निरीक्षक गरी पाँच जना घाइते भएका छन् । राजपाले सदरमुकाम परासीमा आयोजना गरेको विरोध सभालाई ठाकुरले सम्बोधन गर्न थालेपछि झडप सुरु भएको त्यहाँबाट सन्दिप न्यौपानेले बताए । झडप लगत्तै ठाकुर आफ्ना सहयोगीहरुको सुरक्षामा सुरक्षित स्थानतर्फ हानिएका थिए ।
झडपका क्रममा प्रहरीले ११ राउन्ड रबरका गोली र ३ दर्जनअश्रुग्यास प्रहार गरेको बताइएको छ। प्रहरीले चलाएको रबरको गोली लागि राजपाका गेरमीका सुरेश गुप्ता, नर्सिह चौधरी र नर्सहीका भगवन्त गुप्ता घाइते भएका छन् । अर्का एक जनाको नाम खुल्न सकेको छैन । उनीहरुको परासी अस्पतालमा उपचार भइरहेको छ भने सबैको अवस्था सामान्य रहेको असपताल स्रोतले जनाएको छ ।
प्रहरीले राजपा केन्द्रीय सदस्य रामअवतार कोइरी, करमहुसेन अन्सारी, महातम गौड, नाथुसिंह थापा क्षेत्रिय सभापति रामपृत यादवसहित दर्जनभन्दा बढी नेता-कार्यकर्तालाई पक्राउ गरेको छ । सरकारसँगको बार्ता विफल भएपछि राजपाले जेठ २८ गते दोस्रो चरणको चुनावलार्इ असर पर्ने गरी आम हड्तालसहितका आन्दोलनका कार्यक्रम घोषणा गरेको थियो ।
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: