×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

laxmi sunrise bank

यसकारण धोएर मात्र लगाउनुपर्छ नयाँ कपडा !

  • अर्थ सरोकार टिप्स 
काठमाडौँ – तपाईं हामीमध्ये धेरैले नयाँ कपडा किन्ने बितिकै लगाईहाल्ने गरेका छौँ । तर स्वास्थ्यका हिसावले त्यो गलत बानी भएको जानकारहरुको भनाइ छ । आखिर किन धोएर मात्र लगाउनुपर्छ नयाँ कपडा ? हेर्नुहोस् तलका बुंदाहरु :
१. कपडा उत्पादन गर्दा प्रयोग गरिने विभिन्न खालका रसायनहरुले छालामा असर गर्छ । यस्ता रसायनहरुले छालामा इन्फेक्सन गराउन सक्छन् ।
२. कपडा उत्पादन गर्दा मिसाइने रसायनलाई प्याकिङ गर्ने बेलामा एक पटक धोएपनि त्यो चमक ल्याउनका लागि मात्र हुने हुनाले कपडा किनेर ल्याएपछि धोएर मात्र लगाउनुपर्छ ।
३. कपडा गाडीमा लोड गर्दा, पसलमा राख्दापनि विभिन्न खाले फोहोर परेको हुन सक्छ । त्यसैले कपडा धोएर मात्र लगाउनुपर्छ ।
४. विक्रेताले समान बेच्दा प्रयोग गरेको हात सफा नै छ भन्न पनि सकिन्न । त्यसैलेपनि कपडा धोएर मात्र लगाउनुपर्छ । 
५. पसल या सोरुममा राखिएका कुनै पनि ड्रेस जोकोहीले ट्राई गरेको हुन सक्छ । त्यसकारण विभिन्न रोगबाट बच्न पनि कपडा धोएर मात्र लगाउनुपर्छ ।
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: