×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

laxmi sunrise bank

गौतमबुद्ध विमानस्थलमा सिभिल, सानीमा, हिमायालायन बैंक लगायतकाले दिंदैछन् जग्गाधनीलाई यस्तो ‘टर्चर’ !

  • आर्थिक दैनिक 
गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल भैरहवाको विकास र स्तरोन्नति कार्यको लागि जग्गाप्राप्ति (अधिग्रहण) गर्न सूचना प्रकाशित गरेसँगै अहिले मुआब्जा/क्षतिपूर्तिको लागि जग्गाधनीहरुले आयोजनासमक्ष निवेदनसहित लालपुर्जा दिन जाने क्रम बढेको छ ।
जग्गाधनीहरुले मुआब्जा पाउने भएसँगै एनएमबी बैंक, नेपाल इन्भेष्टमेण्ट बैंक, सानिमा बैंक, हिमालयन बैंक, सिभिल बैंकलगायत डेढ दर्जनभन्दा धेरै वित्तीय संस्थाले भने ती जग्गाधनीहरुलाई आफ्नो बैंकमा खाता खोल भन्दै अनावश्यक ‘टर्चर’ दिइरहेका छन् । ती संस्थाका कर्मचारीहरुले कुनै पनि बैंक तथा वित्तीय संस्थामा आफ्नो संस्थामा निःशुल्क खाता खोल्न दिने भन्दै जग्गाधनीहरुलाई हैरान पारेका हुन् ।
जुन बैंकमा ग्राहकले खाता खोल्न चाहन्छन्, सोही बैंकमा खोल्न पाउँछन् तर यहाँ बैंकका कर्मचारीहरुले ग्राहकलाई अनावश्यक दुःख दिइरहेका छन् । एक जग्गा धनीले भने, ‘अहिले हाम्रो ढुकुटी हाम्रो मर्जी । यसरी खाता खोल, के खोल भनेर दबाब दिने कहाँको अनुशासन र नियम हो ।
हामी हाम्रो इच्छाले बैंक खाता खोलेर रकम जम्मा गर्न सक्छौं र जानेका पनि छौं नजानेकालाई पनि हामी छरछिमेकी सिकाउँछौं ।’ उनीहरुले निर्माणाधीन विमानस्थलमै पुगेर यस्तो आग्रह गर्दै आए पनि यसले सर्वसाधारणलाई खाता खोल्नको लागि मानसिक रुपमा दबाब सृजना गरिएको छ । बैंकहरुले अचाक्ली गर्नथालेपछि यस्ता बैंकहरु तथा वित्तीय संस्थाहरुलाई आयोजनाले भित्र प्रवेश गर्नबाट रोक लगाउनुपर्ने धारणा राख्नथालेका छन् ।
यसरी ‘क’ वर्गका बैंक तथा वित्तीय संस्थाहरुले सामान्य काउण्टर राखेर सर्वसाधारणलाई खाता खोलाएको देख्दा केही ‘ख’ वर्गका क्षेत्रीयस्तरका स्थानीय विकास बैंकहरुको पनि उक्त क्षेत्रका सर्वसाधारणलाई खाता खोलाउन सफल भएका छन् तर ‘क’ वर्गका बैंकहरु र आयोजनाका केही कर्मचारीहरुले ‘ख’ वर्गका विकास बैंकहरु डुब्ने र नडुबे ‘क’ वर्गका बैंकहरुमा गाभिने हुँदा विकास बैंकहरुमा खाता खोले लगानी डुब्नसक्ने र ‘क’ वर्गमा जस्तो फाइदा नहुने गलत प्रचारप्रसार समेत गरेको केही विकास बैंकका कर्मचारी तथा वित्तीय संस्थाको बारेमा जानकार एक स्थानीय बुद्धिजीवीले बताए ।
उनले भने, ‘हाम्रो बैंक राम्रो छ भन्नु स्वाभाविक नै हो, यो एउटा संस्कारको रुपमा विकास भएको पनि छ तर फलानो नराम्रो भन्नु सोह्रै आना गलत हो, यस्ता गलत प्रचार गर्नेहरुलाई कारबाही गर्नुपर्छ ।’ उनले विमानस्थल परिषद्भित्र बसेर वित्तीय संस्थाहरुको बार्गेनिङ केन्द्र बनाउनु नै आयोजनाको ठूलो गल्ती भएको बताए । यसरी वित्तीय संस्थालाई भित्र प्रवेश गराउनु नै परे प्रक्रियागत रुपमा व्यवस्थित तरिकाले गराउनुपर्ने बताउँदै उनले एउटा सर्वसाधारणलाई खाता खोल्नको लागि दश जनाको एकोहोरो ‘टर्चर’ दिने काम गरिएको बताए । 
यता गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल आयोजनाका प्रमुख ओम शर्माले बैंकमा खाता खोलेर पैसा राख भन्नु सामान्य भएको टिप्पणी गरे । उनले सुरुका दिनहरुमा वित्तीय संस्थाहरुबीचको अस्वस्थ प्रतिस्पर्धा भएको स्वीकार्दै खाता खोल्नको लागि सर्वसाधारणलाई तानातान गर्दा आफूहरुलाई पनि धेरै अमयार्दित भएजस्तो लागेर सुझाव दिएको स्मरण गरे । उनले भने, ‘बेला–बेलामा गुनासाहरु आएपछि हामीले अनुगमन गरेर वित्तीय संस्थाका कर्मचारीहरुलाई सुझाव दिँदै आएका छौँ ।
पहिलेको तुलनामा अहिले निकै कम छ । सर्वसाधारणले आफूले जम्मा गर्न चाहेको बैंकमा खाता खोलेर जम्मा गर्नु पाउनु उसको अधिकारको कुरा भएको उनले बताए । तर यसरी सबै मिलेर खाता खोल्न दबाब दिनुचाहिँ सही नभएकोले आफूले यस विषयमा थप अनुगमन गरेर समस्या सुल्झाउने बताए ।
विमानस्थल निर्माणका लागि कचरिहवा, दुर्गा कलोनी, धरमपूर, बैरिहवा, लहटरवा, कोमरवा, बेथरी, हाटीबनगाई, सिरुवा लगायतका १३ स्थानका करिब १४ सय जग्गाधनीहरुको पाँच सय बिघा क्षेत्रफल अधिग्रहण हुँदै छ, जसमा बाटोले छोएको जग्गामा १ लाख ३२ हजार देखि ४ लाख ५९ हजार प्रतिधूर र बाटोले नछोएको क्षेत्रमा १२ लाखदेखि २४ लाखसम्म प्रतिकठ्ठा मूल्य तोकिएको हुँदा भैरहवामा स्थापना भएका बैंक तथा वित्तीय संस्थाका शाखाहरुकोे वार्षिक टार्गेट पनि क्रस भएर उचित मूल्यांकनमा संस्थाका प्रबन्धकहरु पर्ने हुँदा सर्वसाधारणलाई टर्चर दिएर आफ्नो बैंकमा खाता खोलाउने प्रतिस्पर्धा भएको हो । यसरी ‘टर्चर’ दिएर खाता खोलाउने प्रक्रियाको अन्त्य गरेर आफूखुसी सर्वसाधारणलाई वित्तीय संस्था रोज्ने अधिकारको सुनिश्चित हुनुपर्ने जग्गाधनीहरुको भनाइ छ । 
Hamro Parto AD
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: