×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

laxmi sunrise bank

नाकाबन्दीमा जनता रुवायो, ढुंगाखानीमा देश डुबायो, दुगड ग्रुपको युनाइटेड सिमेन्टका नाममा कर छलीको यस्तो धन्दा मौलायो !

  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौँ – केएल दुगड अर्थात ‘ठगी’ गरेको ठहर भएरपनि खुलेआम ठगी गरिरहेको कम्पनी । ठुलो व्यापारिक घराना, जसलाई न देशको कानुनले छुन्छ, न अख्तियारले । अदालतको आदेशलाई समेत च्यालेन्ज गर्ने उसलाई अरु कसले छुने र ? विगत लामो समयदेखि विभिन्न कुरा र समयमा देश र जनतालाई ठगी गरिरहेको कम्पनी के एल दुगड ग्रुप को उत्पादन युनाइटेड सिमेन्टले ठगीको अर्को रुप बजारमा ल्याएको छ ।   
यो पनि पढ्नुहोस् :

यसअघि चुनढुंगा तस्करीमा समेत सामेल भएको युनाइटेड सिमेन्टले १५ बोरा सिमेन्ट किन्दा एक बोरा सिमेन्ट सित्तैमा ल्याउने स्किम ल्याएको छ । शिवम् सिमेन्टले अघिल्लो दिन अर्थात असार १४ बाट सुरु गरेको २० बोरा सिमेन्टमा एक बोरा सिमेन्ट सित्तैमा पाउने योजनालाई पछ्याउँदै दोश्रो दिन युनाइटेड सिमेन्टले पनि यस्तै स्किमसहितको जानकारी सार्वजनिक गरेको छ । ‘युनाइटेड सिमेन्ट एक्स्ट्रा आयो’ नाम दिईएको यस स्किममा शिवम् कै ठगी आइडियालाई पछ्याउंदै युनाइटेडले पनि कर छली गर्ने बदनियत सहितको स्किम बजारमा ल्याएको छ । 

स्मरण रहोस् यो सिमेन्ट नाकाबन्दीका बेलामा तेल लुकाएर अदालतले नै दोषी ठहर गरेको केएल दुगड ग्रुपको उत्पादन हो ।
केएल दुगड समूहका नरेश दुगड वाफिया विपरित कुमारी बैंकमा संचालक रहेको यो समाचार छुट्यो कि !
शिवम् सिमेन्टबाट आयातित गरिएको युनाइटेड सिमेन्टको ठगीको यो धन्दा यस्तो छ :


यस्तो छ ‘ठगी’ को क्यालकुलेसन 
शिवम् सिमेन्टले जस्तै युनाइटेड सिमेन्ट उद्योगले पनि आफ्ना ग्राहकहरुलाई सकेसम्म बिल नदिन सिकाएको छ । अहिले नै पनि शिवम् सिमेन्ट वा युनाइटेड सिमेन्ट बेच्ने विभिन्न ट्रेडर्स हाउसहरुमा छापा मार्ने हो भने भ्याट बिल भनेर फ्रोफोमा इन्भोइस भिडाउने, बिल नै जारी नगर्ने र गरेपनि कम मूल्यको बिजक जारी गर्ने गरिएको जानकारहरुको दावी छ । 
शिवम् सिमेन्ट उद्योगका लेखा विभागका एक कर्मचारीले दिएको ठगीको क्यालकुलेसनको उदाहरण यस्तो छ । उनले युनाइटेड सिमेन्टले पनि सोहि आइडिया फलो गरेको बताएका छन्   :
‘क’ नामको कुनै एक ट्रेडर कम्पनीले सिमेन्ट बेच्छ : मानौं ‘क’ भन्ने उक्त कम्पनीले २० बोरा भन्दा कम सिमेन्ट दिएर १०० बोरा सिमेन्ट बेच्यो । ग्राहकसँग १०० बोराकै पैसा उठायो । ग्राहकलाई बिल दिएन । एउटा ठगी यहाँ भइनै हाल्यो । पछी फेक बिल काट्दा वा बिल बेच्दापनि वा करले ‘टाइट’ नै गरेका कारण सबैको बिल देखाउनुपरेको अवस्थामा उसले ९५ बोरा सिमेन्ट विक्री भएको बिल देखाउँछ । ५ बोरा सिमेन्ट नि:शुल्क दिएको उल्लेख गर्छ । र ग्राहकसँग ५ बोरा सिमेन्ट वापत उठाएको भ्याटको रकम आफ्नो खल्तीमा हाल्छ । 
यसो गर्दा सरसर्ती हेर्दा लेखामा कुनैपनि गल्ती देखिंदैन । करले छापा नै मार्यो भनेपनि उसले ग्राहकलाई नदिई विभिन्न निर्माण सेवालाई बेचेको वा आफु खुसी बिल कसैका नाममा काटेको देखाउँदा कर छलीनै कानुनत: जस्तो देखिन्छ । हजारौं बोरा सिमेन्ट बेच्ने विक्रेताले यसरी खुलेआम कानुनत: नै देखिने जसरी भ्याट छल्छन् । शिवम् सिमेन्ट बेच्दा यसरी फाइदा हुने भएपछि विक्रेताले पनि सकेसम्म शिवम् सिमेन्ट नै बेच्ने गर्छ । देश र जनता ठगिएपनि कम्पनी र विक्रेता दुबैलाई फाइदा हुन्छ ।

यस्तो ठगी सामान्य हो : लेखा विज्ञ 
हामीले शिवम् का कर्मचारीले दिएको जानकारीका बारेमा करमा अभ्यास गरिरहेका एक चार्टड एकाउन्टेन्टलाई सोधेका थियौं । उनले सिमेन्ट उद्योगले गर्ने गरेको यस्तो बदमासी लामो समयदेखि चलिरहेको दावी गरेका छन् । ‘यसरी कर छली गर्नु नौलो कुरा होइन । यस्ता खाले स्किम ल्याउन कतिपय सिमेन्ट उद्योगहरुलाई त करमा अभ्यास गर्नेहरुले नै आइडिया दिएका हुन्छन् ।’ उनले भने । उनका अनुसार शिवम्, युनाईटेड मात्र नभई अन्य सिमेन्टले पनि यसरी कर छल्ने गरेका छन् । ‘सिष्टममा कुन उद्योग चलेको छ र ? अहिलेपनि सिमेन्ट र डण्डी उद्योगमा छापा मार्ने हो भने अधिकांस चोखा छैनन् । ठेकेदार कम्पनीलाई बिल बेच्ने र प्रोफोमा इन्भोइसलाई भ्याट बिल भनेर ठगी गर्ने अधिकांस सिमेन्टका विक्रेता हुन् । जहाँसम्म शिवम् सिमेन्ट र युनाइटेड सिमेन्टको कुरा छ, उसले यो मामलामा ठगी गरीरहेको, र गर्ने कुरामा कुनै शंका नै छैन ।’

यसबारेमा हामीले युनाइटेड सिमेन्टमा सम्पर्क गरेका थियौं । तर मिडियासँग सिमेन्टका बारेमा बोल्ने युनाइटेड सिमेन्टका प्रतिनिधि माधव तिम्सिनाको मोबाइल निरन्तर अफ छ ।              

Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: