×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

laxmi sunrise bank

भिबोर सोसाइटी बैंकका निक्षेपकर्ताको करोडौं रुपैयाँ डुब्यो ! सीइओलाई लाग्यो यस्तो गम्भीर आरोप !

  • अर्थ सरोकार सम्बाददाता 

काठमाडौँ – तत्कालीन एचएण्डबी डेभलोपमेन्ट बैंकको घोटाला काण्डमा परेका पीडितहरुले बैंकको प्रधान कार्यालयमा आएर नाराबाजी गर्न थालेपछी भिवोर सोसाइटी बैंकमा तनाव निम्तिएको छ । २०६९ सालमा एचएण्डबिको कुलेश्वर शाखामा भएको गुड फर पेमेण्ट प्रकरणमा रकम नपाएकाहरुले बैंक अगाडी आन्दोलन सुरु गरेपछि बैंकमा तनाव भएको हो ।
के भन्छन् आन्दोलनकारी ?
आन्दोलनका सहभागीहरुले दिएको जानकारी अनुसार तत्कालीन एचएण्डबी डेभलोपमेन्ट बैंकको कुलेश्वर शाखाका प्रमुख नीरज नेपाल तथा ऋणि मनोज चौरसिया लगायतको समूहले बैंकबाट १ अर्ब ५ करोड रुपैयाँ अपचलन गरेका थिए । ‘ बैंकमा भएको उक्त काण्डकै कारण अहिले दुइ जना जेलमा छन् । त्यसपछी हामीले आन्दोलन गर्यौं । हाम्रो आन्दोलनपछी बैंकले गुड फर पेमेण्ट चेक भएका व्यक्तिहरुलाई कुल रकमको ६० प्रतिशत रकम दियो । बाँकी ४० प्रतिशत रकम भने ठगी गर्ने व्यक्तिहरुबाट असुल भएपछि मात्रै दिने गरी सहमति समेत भएको थियो । तर उक्त रकम बैंकले उठाउन नसकेको भन्दै हाम्रो पैसा फसाउने काम भएको छ । हामी हाम्रो रकमको बाँकी भुक्तानी नपाएसम्म आन्दोलन गरिरहन्छौं । ‘ आन्दोलनका एक सहभागीले अर्थ सरोकार डटकमसँग भने ।
बैंक भन्छ, ‘पहिलाकै सहमतिअनुसार अगाडी बढ्ने हो, बैंकले केहि गर्न सक्दैन’
उक्त बैंकका कर्मचारीले गरेको ठगी प्रकरण अझैपनि सुल्झन सकेको छैन । यो प्रकरण भएको झन्डै ५ बर्ष बितिक्सकेको छ । बैंकले ब्याजसहित तिर्नुपर्ने करिब ४० करोड रुपैयाँ नतिरेर आफुहरुलाई फसाएको आन्दोलनकारीहरुको आरोप छ भने बैंकले भने यसअघि नै सहमति भएकाले बैंकले केहिपनि गर्न नसक्ने बताईरहेको छ । बैंकका सूचना अधिकारी तिलक पाण्डे यो प्रकरणमा यसअघिनै सहमति भएकोले अब बैंकले केहिपनि गर्न नसक्ने बताउंछन् । 
असक्षम देखियो नेतृत्व 
यता जनताको ठगी भएको पैसा ठगी गर्नेहरुसँग असुल उपर गर्न बैंकक्जो नेतृत्व असफल हुँदा जनताको करोडौं रुपैयाँ डुबेको छ । सहमतिका नाममा जनताको करोडौं रुपैयाँ उठाउनपनि नखोज्ने र आन्दोलनमा उत्रिएकाहरुलाईपनि थामथुम पार्ने बैंकको रबैयाले बैंकप्रतिको जनताको विश्वास घट्न सक्ने सम्भावना समेत देखिएको छ । केहि आन्दोलनकारीले त बैंकका हालका सीइओनै ठगहरुसँग मिलेर उक्त रकम मिलेर पच पार्ने धन्दामा लागेको आरोप लगाईरहेका छन् । बैंकका सीइओ झलक प्रसाद खनालले ठगहरुसँग मिलेर आफ्नो रकम पचाउन खोजेको भन्दै आन्दोलनकारीहरुले आफ्नो आद्नोलन जारी राख्ने बताएका छन् ।

`); var fisrc = $c.find('img:first').attr('src'); $('.entry-content img[src="'+ fisrc +'"]').hide();
Hamro Parto AD
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: