×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

laxmi sunrise bank

एकता प्रस्ताव राखेका प्रचण्डलाई विप्लवले दिए यस्तो जवाफ, हेर्नुहोस् के भने विप्लवले प्रचण्डलाई ?

नेपाल कम्युनिस्ट पार्टीका महासचिव विप्लवले माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले राखेको एकताको प्रस्ताव खारेज गरेका छन् । अध्यक्ष प्रचण्डले केन्द्रीय सचिवालयको बैठकबाट नेकपा, क्रान्तिकारी माओवादीसहितका पार्टीसँग एकताको लागि प्रस्ताव गरेका थिए ।
प्रचण्डको प्रस्तावलाई नेकपाका महासचिव विप्लवले ठाडै खारेज गर्दै माओवादी केन्द्र दक्षिणपन्थी समूह भएको बताउँदै विघटन गर्नुपर्ने बताए । उनले माओवादी केन्द्रभित्र रहेका क्रान्तिकारी नेता–कार्यकर्ताहरुलाई नेकपामा प्रवेश गर्न आह्वान समेत गरे ।
विप्लवले स्थानीय तहको चुनाव कार्यनीति मात्र नभएर रणनीति भएको बताउँदै प्रतिक्रान्ति लादिएको बताए । उनले नेकपा र माओवादी केन्द्रका बीचमा आधारभूत रुपमै भिन्नता रहेका दाबी गरे ।
“यो चुनाव सामान्य कार्यनीति मात्र होइन, शान्तिप्रक्रिया असफल भएर र प्रतिक्रान्ति लादेको अवस्थाको चुनाव हो । शान्तिप्रक्रिया सहभागी दुईओटा शक्तिहरूमध्ये एउटाले नमानेको अवस्था शान्तिप्रक्रिया भाग्न हुन विश्वभरिको अनुभव छ तर नेपालमा पार्टी्भित्रका आत्मसमर्पणकारी दलाल र पार्टी बाहिर दलालको गठजोडका कारण शान्तिप्रक्रिया असफल भएको छ” विप्लवले भने ।
विप्लवले शान्तिप्रक्रिया असफल भएको बताउँदै अहिले पनि कुनै न कुनै प्रकारको जनयुद्धकै निरन्तरता जारी रहेको बताएका छन् । उनले स्थानीय तहको चुनावलाई २०५४ मा जनयुद्धभित्रको चुनाव जस्तै भएको बताए ।
अध्यक्ष प्रचण्डले राखेको सोलोडोलो एकताको पक्षमा आफ्नो पार्टी रहेको बताउँदै मसहासचिव विप्लवले दक्षिणपन्थी र क्रान्तिकारीबीच ध्रुबिकरण हुनुपर्ने बताए ।
Hamro Parto AD
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: