×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

laxmi sunrise bank

दाङका दुई उपमहानगरमा कांग्रेस-एमालेबीच कडा प्रतिष्पर्धा, २ पार्टी मतान्तर बढाउँदै

दाङ, १८ असार – दाङका दुई उपमहानगरपालिकाको मतगणना जारी छ । घोराहीमा खसेको मतको ५० प्रतिशत भन्दा बढी मत गणना हुदा शुरुदेखि नै अग्र स्थानमा रहेको नेकपा एमालेले आफ्नो अग्रतालाई कायमै राखेको छ ।
आइतबार दिउँसो सम्मको घोराही उपमहानगरपालिकामा एमालेका मेयर उमेदवार नरुलाल चौधरी र कांग्रेस उमेदवार भूपबहादुर डाँगीको मतअन्तर ४ हजार भन्दा बढी छ । एमाले उम्मेदवार चौधरी कांग्रेस उम्मेदवार डाँगी भन्दा ४ हजार ९२ बढी मतले अगाडी छन् । पछिल्लो मतपरिणाममा एमालेका मेयर उम्मेदवार चौधरीले १४ हजार ८ सय ७४ मत र कांग्रेस मेयर उम्मेदवार डाँगीले १० हजार ७ सय ८२ मत ल्याएका छन् । उपाध्याक्षमा एमाले उमेदवार सीता न्यौपाने कांग्रेस उम्मेदवार पुष्पा श्रेष्ठ भन्दा झण्डै तीन हजार मतले अगाडि छिन् । न्यौपानेले १३ हजार ९ सय ५ मत र श्रेष्ठले ११ हजार २७ मत प्राप्त गरेकी छन् । घोराही उपमहानगरपालिकामा ३५ हजार २ सय ५३ मत गणना भइसकेको छ ।
घोराही उपमहनागरपालिकामा ७८ हजार ४ सय २७ मतदाता रहेकोमा ५८ हजार ५ सय ३९ मत खसेको थियो । १९ वडा रहेको यस उपमहानगरमा अहिलेसम्म १३ वडाको मतगना सार्वजनिक भइसकेको छ । अहिलेसम्मको नतिजा हेर्दा वडागत रुपमा पनि एमालेले जितेको छ । एमालेले ८ वडा, काग्रेसले ४ वडा र माओवादीले केन्द्रले एउटा वडामा जितेको छ ।
यो उपमहानगरमा दल र स्वतन्त्र गरी ४ सय ४४ जना चुनावी मैदानमा छन् । महानगरको मेयर पदका लागि ९ जना र उपमेयरमा ८ जना प्रतिस्पर्धामा थिए । जसमा माओवादी केन्द्रका उम्मेदवार जीवन गौतमले ८ हजार २ सय ७३ र उपमेयरका उम्मेदवार सीता चौधरीले हजार ८ सय ६ सय ९० मत ल्याएका छन् । अन्य दल र स्वतन्त्र उम्मेदवारको मत अत्यन्त न्यून छ । मुख्य प्रतिपर्धामा कांग्रेस र एमाले नै छन् ।
साथै घोराही उपमहनगरपालिकामा जस्तै शुरुदेखि नै अग्र स्थानमा रहेको एमालेले अग्रतालाई कायमै राखेको छ । आइतबार दिउँसो १ बजेसम्म झण्डै २० हजार मत गणना भइसक्दा एमाले मेयरका उम्मेदवार घनश्याम पाण्डे र कांग्रेस मेयरका उम्मेदवार गेहेन्द्र गिरीबिच झण्डै २ हजार बढीको मतान्तर छ । उपमेयरमा पनि एमाले उम्मेदवार माया आचार्य नै अगाडि छिन् । पछिल्लो सार्वजनिक मतपरिणाम अनुसार एमाले उम्मेदवार पाण्डेले ६ हजार ७ सय २१ र कांग्रेस उम्मेदवार गिरीले ४ हजार ८ सय ९८ मत ल्याए । उपमेयरमा एमाले उम्मेदवार आचार्यले ६ हजार ६९ र कांग्रेस उम्मेदवार नेपालीले ५ हजार ३ सय ६७ मत प्राप्त गरे ।
१९ वडा रहेको तुल्सीपुरमा ७६ हजार ८ सय ९३ मतदाता रहेकोमा ५७ हजार ३ सय ६७ मत खसेको थियो । मतगणनाको सार्वजनिक परिणाममा पनि एमाले र कांग्रेस बिच प्रतिस्पर्धा नै छ । ५ वटा वडाको मतगणना भइसक्दा एमालेले ३ वडा र कांग्रेसले २ वडा जितेका छन् ।
यो उपमहानगरमा दल र स्वतन्त्र गरी मेयरका लागि ८ जना र उपमेयरका लागि ५ जना चुनावी मैदानमा छन् । माओवादी केन्दका मेयर उम्मेदवार शेशुराम भण्डारीले २ हजार ११ मत र उपमेयर सीता वलीले २ हजार २९ मत ल्याइन् । अन्य दल र स्वतन्त्र उम्मेदवारहरुको मत अत्यन्त न्यून रहेको छ । – काठमाडौँ टुडे 
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: