×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

laxmi sunrise bank

गोपाल पराजुलीलाई प्रधानन्याधीश हुने बाटो खुल्यो

काठमाडौँ – संवैधानिक परिषदद्वारा सर्वोच्च अदालतको प्रधानन्यायाधीशमा सिफारिश कामु प्रधानन्यायाधीश गोपाल पराजुलीको संसदीय सुनुवाइ साउन १ गते हुने भएको छ ।
संसद् सचिवालय सिंहदरवारमा शुक्रवार बसेको समिति बैठकले पराजुलीलाई सुनुवाइका लागि साउन १ गते समितिमा बोलाउने निर्णय गरेको हो । पराजुलीविरुद्ध संसदीय सुनुवाइ समितिमा कुनैपनि उजुरी नपरेको समिति सदस्य माओवादी केन्द्रकी सांसद अनिता परियारले जानकारी दिइन् ।
संवैधानिक परिषद्को असार १५ गते बसेको बैठकले पराजुलीलाई सर्वसम्मतीले प्रधानन्यायाधीशमा सिफारिश गरेको थियो । सुनुवाइपछि राष्ट्रपतिले पराजुलीलाई प्रधानन्यायाधीशमा नियुक्त गर्नेछिन् । – काठमाडौँ टुडे 
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: