×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

भारत – पाकिस्तान सिमानामा गोली हानाहान, ७ जनाको मृत्य

अर्थ सरोकार सम्बाददाता

प्रकाशित मिति : २५ असार २०७४, आईतवार

PRIME CA
laxmi sunrise bank

भारत – पाकिस्तान सिमानामा गोली हानाहान, ७ जनाको मृत्य

काठमाडौं । भारत र पाकिस्तानको सीमा क्षेत्रमा रहेको नियन्त्रण रेखामा गोली चल्दा ७ जनाको ज्यान गएको छ । गोली हानाहानमा सातजनाको ज्यान गएको सरकारी अधिकारीलाई उद्धृत गर्दै अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् ।
पाकिस्तानको चिडी कोट सेक्टरमा भएको गोली हानाहानमा एक महिलासहित चारजनाको ज्यान गएको पाकिस्तानी अधिकारीलाई उद्धृत गर्दै समाचार संस्था रोयटर्सले जनाएको छ । यस्तै शनिबार नै नकयाल सेक्टरमा भारतीय सेनाको गोली लागेर अर्की एक महिलाको पनि ज्यान गएको छ ।
यस्तै पाकिस्तानी सेनाले चलाएको गोली लागेर दुईजनाको ज्यान गएको भारतीय अधिकारीले बताएका छन् । एक वर्षअघि भारत प्रशासित काश्मिरमा हिज्जबुल मुजाहिदिनका कमाण्डर बुरहान बानीको प्रहरीको गोली लागेर ज्यान गएपछि काश्मिरमा तनाव भइरहेको छ । 
बानीको ज्यान गएको एक वर्ष पूरा भएकोमा काश्मिरमा हड्ताल भइरहेका बेला शनिबार नियन्त्रण रेखामा गोली चलेको हो ।
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: