×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

laxmi sunrise bank

गृहमन्त्री जनार्दन शर्माले किन खाए यी इन्स्पेक्टरको जागिर ? खुल्यो यस्तो रहस्य

काठमाडौं । कर्मचारीसँग घुस लिएको अरोपमा इन्स्पेक्टर बन्धुराज खनाललाई गृह मन्त्रालयले सेवाबाट हटाएको छ । क्षेत्रीय प्रहरी कार्यालय हेटौंडामा कार्यरत रहँदा उनले बढुवा गरिदिने भन्दै सिपाहीहरुसँग पैसा असुलेका थिए ।
कर्मचारी प्रशासन शाखामा कार्यरत उनले तराईका विभिन्न जिल्लामा कार्यरत सिपाहीहरुसँग पैसा लिएका थिए । पैसा दिएर पनि बढुवा नभएपछि सिपाहीहरुले उनीविरुद्ध उजुरी गरेका थिए । मध्यक्षेत्रका तत्कालिन डिआइजी पशुपति उपाध्यायले पैसा खाएको थाहा पाएपछि उनीमाथि कारबाही प्रक्रिया अघि बढाएका थिए ।
प्रहरी प्रधान कार्यालयको प्रस्तावअनुसार खनाललाई भविष्यमा सरकारी सेवामा अयोग्य नहुने गरी गृहले हालै जागिरबाट हटाएको हो । खनालको जागिर अवधि करिब एक वर्ष मात्र बाँकी थियो ।
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: