×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

laxmi sunrise bank

काठमाडौँमा यसकारण हुँदैछ दैनिक ४ घण्टा लोडसेडिङ

काठमाडौँ । सडक विस्तार र मेलम्ची आयोजनाका कारण खम्बा सार्नुपर्ने भएकाले आज राजधानीका विभिन्न क्षेत्रमा विद्युतभार कटौति हुने भएको छ ।
प्राधिकरणका अनुसार सडक विस्तार र मेलम्ची खानेपानी आयोजनाको पाइप जडान कार्य गर्नुपर्ने भएकोले विद्युतभार कटौति गर्न लागिएको हो ।
चावहिल सव स्टेशनबाट वितरण गरिएको सुन्दरीजल फिडर अन्तर्गत गोपिकृष्ण हल, सरस्वतीनगर लगायतका क्षेत्रमा दैनिक दुईदेखि ३ घण्टा विद्युत कटौति हुनेछ ।
त्यस्तै बानेश्वर सव स्टेशनको क्षमता वृद्धि गर्ने कार्य जारी रहेका कारण धोवीखोला क्षेत्र, अन्तराष्ट्रिय सम्मेलन केन्द्र, संखमुल क्षेत्र, कानेश्वर, कोटेश्वर र इमाडोल क्षेत्रमा समेत फरक फरक समयमा दैनिक चार घण्टा विद्युत कटौति हुने छ ।
राजधानीका अन्य क्षेत्रमा पनि केही अवरोध आउन सक्नेछ । आजको नेपाल समाचारपत्रमा खबर छ ।
Hamro Parto AD
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: