×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

PRIME CA
laxmi sunrise bank

पेट्रोलियम पदार्थको मुल्य घटेको बेला किन बढाउन खोजिदैछ सवारीको भाडा ?

काठमडौं । अन्तर्राष्ट्रिय बजारमा पेट्रोलियम पदार्थको मुल्यमा भारी गिरावट आएपछि नेपालमा चालू महिनामा मात्र दुई पटक मुल्य घट्यो ।
तर सार्वजनिक सवारीको भाडादर भने घट्नुपर्नेमा उल्टो बढाउन लागिएको छ । यो हेर्दा सरकारी निकाय र बयवसायीको मिलेमतोमै भाडादर बृद्धि तयारी गरिएको हो । नेपाल आयल निगमले असार २ गते पेट्रोल डिजलमा डेढ रुपियाँको दरले घटाएको थियो भने असार १९ गते प्रतिलिटर दुई रुपियाँका दरले घटाएको थियो ।
तर यातायात ब्यवसायीहरु भने सार्वजनिक सवारीको भाडादर बृद्धि गर्ने दबावमा जुटेका छन् । भाडादर समायोजन नभएको चार वर्ष भएको भन्दै नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघले भाडादर वृद्धि गर्न लागेको हो । आगामी भाडादर समायोजन गरिँदा यातायातको भाडादर स्वतः वृद्धि हुने महासंघका अध्यक्ष डोलनाथ खनालले जानकारी दिए । 
भाडादर समायोजनको बहानामा यातायात व्यवस्था विभागले पनि भाडादर वृद्धि गर्न व्यवसायीहरूलाई अनौपचारिक ‘ग्रिन सिग्नल’ दिइसकेको छ ।
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: