×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

laxmi sunrise bank

देउवा र दाहालको गोप्य बालुवाटार सहमति कमल थापाले थाहा पाएपछि बबाल…

काठमाडौं । आफ्नो आन्तरिक विवाद मिलाउन प्रधानमन्त्री शेरबहादुर देउवा र नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड राप्रपा नेपाललाई सरकार बाहिर राख्न सहमत भएका छन् ।
नेपाली कांग्रेस र नेकपा माओवादी केन्द्रभित्र मन्त्रीका आकांक्षी धेरै भएपछि राप्रपालाई दिने भनिएका चार मन्त्रालय दुई पार्टीले भागबन्डा गरेका छन् । माओवादी केन्द्रका अध्यक्ष दाहाल थाइल्याण्डबाट फर्केको दोस्रो दिन दुई नेताबीच बालुवाटारमा यस्तो सहमति भएको हो ।
राप्रपालाई चार मन्त्रालय नदिने सहमति देउवा र दाहालले गरेको राप्रपा अध्यक्ष कमल थापालाई प्रधानमन्त्री निकट स्रोतबाट जानकारी गराइएको छ । सरकारमा नलिने सहमति भएको थाहा पाएपछि थापाले राप्रपालाई सिध्याउन केही दल, पत्रकार, देशी विदेशी गिरोह लागेको पार्टी बैठकमा प्रतिवेदन दिए ।
देउवा सरकार गठन हुँदा नेपाली कांग्रेसले १२, माओवादी केन्द्रले ८ र राप्रपाले ४ र फोरम लोकतान्त्रिकले तीन मन्त्रालय पाउने सहमति भएको थियो । तर राप्रपाले संविधान संशोधनमा सरकारलाई साथ नदिएको आरोप लगाउँदै देउवा र दाहालले सरकार बाहिर राख्ने निर्णय गरेका छन् । राप्रपालाई दिने सहमति भएका चार मध्ये दुई मन्त्रालय कांग्रेस र माओवादीले भागबन्डा गरेका छन् ।
राप्रपालाई सरकारमा नल्याउने सहमति भएको फोरम लोकतान्त्रिकका अध्यक्ष तथा स्थानीय विकासमन्त्री बिजयकुमार गच्छदारले पनि सुचना पाए । त्यसपछि उनले चार मन्त्रालयको दावी गरिरहेका छन् ।
Hamro Parto AD
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: