×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

laxmi sunrise bank

आचारसंहिता उल्लंघन गर्दै कर्मचारी भर्ना गरिएपछि अन्तरष्ट्रिय सम्मेलन केन्द्रभित्र बबाल

Related imageकाठमाडौँ । निर्वाचन आचारसंहिताको उलंघन गर्दै अन्तराष्ट्रिय सम्मेलन केन्द्रले ५ जना नयाँ कर्मचारी नियुक्त गरेको छ ।

शहरी विकास मन्त्रालय मातहातमा रहेको अन्तराष्ट्रिय सम्मेलन केन्द्रमा आचारसंहिता लागु भएका बेला आफ्ना मान्छेलाई जागिर खुवाउनकै लागि दरबन्दी थपेर नयाँ कर्मचारी भर्ना गरिएको हो ।

श्रोतकाअनुसार अर्जुननरसिंह केसी सहरी विकास मन्त्री हुँदा नै उनीहरु ५ जनालाई भर्ना गर्न खोजिएको थियो तर केसीले स्वीकृति नदिएपछि ति ५ जनाले सम्मेलन केन्द्रको जागिर खाने मौका पाएका थिएनन् ।

निर्वाचन आचारसंहिता लागु भइसकेपछि ३ जना बैशाखमा र २ जना असारमा गरि ५ जनालाई नियुक्त गरिएको छ । तर कर्मचारी नियुक्त गर्न वोर्ड समितिले भने सिफारिस गरेको छैन ।

सम्मेलनकेन्द्र कर्मचारी श्रोतका अनुसार आचारसंहिता उल्लंघन गरि नारायण श्रेष्ठ, बसन्त शर्मा, मनुमायाँ साक्य, ममिता श्रेष्ठ र मनोज कार्कीलाई करारमा नियुक्त गरिएको हो।

‘बैसाखदेखि काममा लागेका उनीहरुले तलब भत्ता नियमित बुझिरहेका छन् । विगतमा भने कर्मचारी नियुक्त भएको ३ महिना पछी मात्र थप भत्ता र सेवा सुबिधा दिने प्रचलन थियो. उनीहरुलाई भने काममा लागेको महिनादेखि नै सबै सेवा सुबिधा उपलब्ध गराइएको छ ।’ इमान्दार मिडियासँग सम्मेलन केन्द्रका एक कर्मचारीले भने ।

मन्त्री शाहले दिएका छैनन् स्वीकृति
अन्तराष्ट्रिय सम्मेलन केन्द्रमा नयाँ कर्मचारी भर्नाको लागि शहरी बिकास मन्त्री प्रभु साहले स्वीकृति दिएका छैनन् । अघिल्लो सरकारका मन्त्रि अर्जुननरसिंह केसीले पनि सम्मेलन केन्द्रमा तत्काल नयाँ कर्मचारी भर्ना अनावश्यक भएको र खर्च भार मात्र बढ्ने भन्दै स्वीकृति दिएका थिएनन् ।

श्रोतका अनुसार मन्त्रि साहले अनुसन्धानला लागी सम्मेलन केन्द्रको सबै कर्मचारी विवरण, मासिक खर्च विवरण, लगायत भौतिक सामाग्रीको विवरण समेत माग गरी अध्यन गरिरहेका छन् ।

नयाँ कर्मचारी भर्नाका लागी सम्मेलन केन्द्र बोर्ड बैठकले सिफारिस गरेर मन्त्रालय पठाइ मन्त्रीले स्वीकृति दिएपछि मात्र निर्णय लागु हुने व्यवस्था छ ।

बोर्डमा सहरी बिकाश मन्त्रालयको एक, भवन बिभागकको एक, उद्ध्योग बाणिज्य महासंघको एक, पर्यटन मन्त्रालयको एक, होटल एसोसिएसनको एक, महानगरपालिकाको एक र गृह मन्त्रालयबाट एक-एक जना प्रतिनिधि रहने ब्यवस्था छ ।

कर्मचारी भर्नामा पैसाको चलखेल हुनसक्ने आसंका
नयाँ कर्मचारी भर्ना प्रकरणमा यता सहरी बिकास मन्त्रालयलाइ पनि जानकारी नहुनु र बोर्ड समितिमा निर्णय नै नगरी बैसाखबाट कर्मचारी भर्ना गरी तलब खुवाइनुले कार्यकारी निर्देशक माथि पैसाको चलखेल भएको आसंका सम्मेलन केन्द्रका अन्य कर्मचारीहरुले गर्न थालेका छन् ।

आफ्नो नाम सार्बजनिक नगरिदिन अनुरोध गर्दै एक जना कर्मचारीले इमान्दार मिडियासंग भने – ‘बोर्ड समितिको बैठक असार ३० गते बसेर निर्णय गर्ने भनिएको छ। तर नयाँ कर्मचारीलाई भने बैसाखदेखि नियुक्ति गरेर तलब भत्ता खुवाउन सुरु गरिएको छ । यो अनियमितता नभएर के होला ? यसले पक्कै पनि हामीलाई ससंकित बनाएको छ । यो कर्मचारी नियुक्ति प्रकरणमा पक्कै पैसाको चलखेल भएकै हो ।’

भ्रमणको बहानामा कर्मचारीलाई भोट हाल्न पठाइयो
यस्तै अन्तराष्ट्रिय सम्मेलन केन्द्रले निर्वाचन आचारसंहिताको उल्लंघन गर्दै केही कर्मचारीलाई भ्रमणमा पठाएको छ । निर्वाचनको नजिकै कुनै पनि सरकारी कर्मचारीलाई सरुवा बढुवा गर्न तथा नयाँ नियुक्त गर्न पाइदैन ।

त्यस्तै आचारसंहिताको उल्लंघन गर्दै सरकारी कर्मचारीहरुलाई कुनै पनि प्रकारको भ्रमण वा बिदामा पठाउन पनि पाइदैन तर सम्मेलन केन्द्रका हाकिम आफूसहित ४ जना कर्मचारीको खर्च समेत सम्मेलन केन्द्रले व्यहोर्ने गरी भ्रमणमा गए ।

‘ उहाँहरुलाई सम्मेलन केन्द्रका कार्यकारी निर्देशकको मनोमानीमा अवलोकन भ्रमणको बहानामा दैनिक भत्ता समेत दिएर निर्वाचनमा भोट हाल्न पठाइएको हो ।’ ती कर्मचारीले इमान्दार मिडियासँग भने ।

सम्मेलन केन्द्रका कार्यकारी निर्देशक बोर्ड समितिका सदस्य सचिब रहने व्यवस्था छ । हाल कांग्रेस निकट कर्मचारी पुरुषोत्तम अमात्य कार्यकारी निर्देशक छन् ।

अत्यावश्यक कर्मचारी नियमानुसार नै भर्ना गरिएको छ : निर्देशक अमात्य
यता सम्मेलन केन्द्रका कार्यकारी निर्देशक पुरुषोत्तम अमात्यले ५ कर्मचारी भर्ना गरेको स्वीकार गर्दै कर्मचारी भर्ना नियमसंगत नै भएको बताएका छन् ।

‘केहि अत्यावश्यक कर्मचारी प्रक्रिया पुर्याएर नियमसंगत भर्ना गरिएकै हो ।’ अमात्यले इमान्दार मिडियासँग भने – ‘ यहाँ केहि कर्मचारी साथीहरुले आफ्ना मान्छे राख्न दबाब दिएका थिए । उहाहरुको भनेको नमानी नियमसंगत दरखास्त आव्हानबाटै भर्ना गरिएको हुनाले उनीहरुलाई यो कुरा मन परेन होला, त्यहि कुरालाई इष्यु बनाए हाेलान ।’

Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: