×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

laxmi sunrise bank

एआईजीद्वयमाथी अख्तिायारमा उजुरी

काठमाडौं । सशस्त्र प्रहरी बलका एआईजी पुष्पराम केसी, डीआईजी नगेन्द्र थापा, तत्कालिन खरिद अधिकृत एसएसपी चिरनजिबी अधिकारी, प्रबन्धका डिएसपी पूर्ण साउदको मिलोमतोमा करोडौं घोटला भएको भन्दै अख्तियार दुरूप्रयोग अनुसन्धान आयोगमा उजुरी परेको छ । 
विपत् व्यवस्थापनलाई आवश्यक पर्ने सामनहरू खरिद गर्दा व्यापक भ्रष्टाचार भएको भन्दै आयोगमा उजुरी परेको हो । हालसालै पर्शुराम खतिवडाबाट खरिद गरिएको मोटरबोटको ईन्जिन नै नचल्ने, सोलार काम नलाग्ने र कम मूल्यका लाईफ ज्याकेटहरूलाई बजार मूल्य भन्दा १० गुणा मंहगोमा खरिद गरी व्यापक भ्रष्टाचार भएको उजुरीमा उल्लेख छ । बिपत् व्यवस्थापन जस्तो जोखिम कार्यको बन्दोबस्तीको सामनमा समेत ठूलो कमिशनको खेल भएको हो ।  जनप्रहार साप्ताहिकमा खबर छ ।
  
एआईजी केसी, डीआईजी थापा, एसएसपी अधिकारी र डीएसपी साउदको मिलोमतोमा कुनै सामन नै नहेरी चेकजाँच समेत नगरी प्राबिधकलाई समेत सामन हेर्न नदिए हस्ताक्षर गराएको स्रोतको दाबी छ । समान खरिद गर्नु अगाडी टेण्डर आह्वान नगर्ने हो भने प्राबिधिकको सहमती लिन आवश्यक थियो तर त्यो पनि नगरी खरिद समूहले कमिशनको लोभमा मनपरी तरीकाले सामन खरिद गरेको आरोप समेत छ । 
प्रशासन शाखामा बसेर अकुत सम्पत्ती थुपारेका एसएसपी अधिकारी त्यहि पैसाकै आडमा एक नम्बरमा डीआईजी बढुवा भएको चर्चा यतिखेर हलचोकमा चलेको छ । एआईजी केसी र डिआईजी थापालाई समेत संगठनमा विवादास्पद प्रहरी अधिकृतको रूपमा गणना गर्ने गरिन्छ । 
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: