×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

laxmi sunrise bank

बहमूल्य कस्तुरीको ‘वीना’ सहित ३ पक्राउ !

  • मनोज आत्मीय / अर्थ सरोकार डटकम 
काठमाडौँ – बहमूल्य कस्तुरी बेच्दै गरेको अवस्थामा तीन युवा पक्राउ परेका छन् । विशेष सूचनाका आधारमा प्रहरीले कस्तुरीको बीना (मृगको नाइटोको वासना आउने भाग) बेच्दै गरेको अवस्थामा तीन युवा पक्राउ परेका हुन् । पक्राउ पर्नेमा नुवाकोट ओखरपौवा निवासी २३ बर्ष अजय लामा, काभ्रेको विष्णु लामा, र काभ्रेकै एक अर्का युवा छन् ।
अर्थ सरोकार डटकमलाई प्राप्त जानकारी अनुसार डीएसपी कृष्ण पल्ली मगर कमानमा खटिएको ५ जनाको टोलीले कस्तुरीको विना २ थान सहित ती युवाहरुलाई पक्राउ गरेको छ । काठमाडौँ जिल्ला, वडा नम्बर २८ स्थित होटल मिर्ची अगाडी उक्त बीना बेच्दै गरेको अवस्थामा प्रहरीले नीजहरुलाई पक्राउ परेको हो ।
यसबारेमा थप अनुसन्धान भइरहेको प्रहरीले बताएको छ ।
Hamro Parto AD
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: